पोखरा, असोज १८
गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा संचालित प्रदेशस्तरीय तेस्रो डान परिक्षामा छ जना खेलाडीहरु ग्रेडिङ पास गर्न सफल भएका छन् । बिहिबार भएको सो कार्यक्रमको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष विष्णु गौतमले खेलाडीको सिप र ज्ञानलाई राष्ट्रले सम्मुचित रुपमा प्रयोग गर्न सके मात्र खेलाडीहरुमा खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने बताउनुभयो ।
प्रदेशका महासचिव रमेश पौडेलले तेक्वान्दो खेल नेपालका लागि सबै भन्दा बढी पदक ल्याउन सक्ने खेल भएकाले खेलाडीहरुले खेलमा नै भविष्य देखेर खेलेमा मात्र सफलता पाउने बताउनुभयो । तेक्वान्दो संघ कास्कीका अध्यक्ष कुमार गुरुङले तेस्रो डान उत्कृष्ट खेल भएकाले खेलाडीहरुले परिस्कृत र परिमार्जित गरी व्यवसाहिक रुपमा अगाडि बढ्न आग्रह गर्नुभयो ।
कास्कीका दिप्सिना गुरुङ र सुजन गुरुङ साथै नवलपुरका कखेलाडीमा समिर बानिया, मनिस महतो, सुलभ तामाङ र सुचित पाण्डेले तेस्रो डानको उपाधि लिन सफल भएको परिक्षा संचालक समेत रहनुभएका प्रशिक्षक बलराम लामाले जानकारी दिनुभयो ।