पोखरा १६, असोज
बझाङ केन्द्रविन्दु भएर आज दुई पटक गएको भूकम्पको धक्काका कारण ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशको बझाङमा केन्द्रबिन्दु भएर दिउसो दुई पटक गएको भूकम्पबाट घर तथा संरचना भत्कँदा ७ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिएका छन् । उनीहरु सामान्य घाइते भएको उनको भनाई थियो । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए । पाण्डेका अनुसार भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र घाइतेको अवस्था समान्य रहेको छ ।