पोखरा असोज १६ ।
बझाङमा फेरि भूकम्पको कडा धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६ .३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङका जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको बताइएको छ । यस अघि ‘दिउँसो २ बजेर ४० मिनेटमा तलकोट आसपास केन्द्र भएर ५ दशमलब ३ रेक्टरको भूकम्प गएको थियो ।क्षतिको थप विवरण भने आउन बाँकी छ ।