डि.एन.बी.
असोज १५ ,पोखरा
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भई रहेको बताउनु भयो । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीकोे पोखरामा सुरु भएको प्रथम ऐतिहासिक अधिबेशनको सोमबार उद्घाटन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताउनु भएको हो ।
एमाले नेतृत्वमा लगातार ३ बर्ष सरकार चलाउदा उच्च आर्थिक बृद्धिदर भएको दाबी गर्दै नेता पोखरेलले जब अदालतको फौसलाबाट सरकार परिवर्तन भयो त्यहाँबाट मुलुक अवैधानिक बाटोमा लागेको आरोप लगाउनु भयो । मुलुक चौतर्फी संकटमा परेको उहाँको भनाई थियो । उहाँले भन्नु भयो “अहिले व्यापार व्यवसाय गर्नेहरुले ठप्प भएको अनुभूती गर्न थाल्नु भएको छ, संकटनमा परेका व्यवसायीहरुले आत्महत्या समेत गर्नुपरेकोे सुन्नु परेको छ, आर्थिक कृयाकलाको अभावमा व्यवसाय ठप्प भएका छन्, बजारमा सटरहरु, उद्योग धन्दा कर कारखानाहरु बन्द भई रहेका छन्। ” श्रमिकहरु बेरोजगार भई रहेको उल्लेख गर्दै उहाँले अहिलेको यो सरकारको कारण देशमा आर्थिक संकट आएको दाबी गर्नु भयो । अवैधानिक ढंगबाट राज्य सक्तालाई प्रयोग गरी केही व्यवसायीहरुले रातरात अबौं कमाएको महासचिव पोखरेलको भनाई थियो । सक्ताको नजिक भएका व्यापारीहरुको कारण अपेक्षाकृत राजश्व समेत उठेन नसकेको उहाँको भनाई थियो । सक्तासंग नजिक रहेका कुनै व्यवसायीले एक बर्षमा ४० अर्ब को सम्पक्ति बृद्धि भएको दाबी गर्दै महासचिव पोखरेलले गठबन्धन दलाल अवैध अर्थतन्त्रलाई प्रोत्साहन गर्ने सरकार भएको आरोप लगाउनु भयो ।
अध्यारो कोठामा बजेट बनेको दलाल नोकरसाहको पक्षमा सरकारले काम भएको प्रचण्ड र शेर बहादुरको तष्करतन्त्रको पक्षमा काम गरेको उहाँको आरोप थियो । एयरपोर्टमा सुन समातिदा सक्ता पक्षका अनुहारमा मलिन हुने गरेको बताउदै महासचिव पोखरेलले हरेक घटनालाई छानविन गर्न माग गर्दै राम्रोसंग छानविन भएमा सक्ता पक्षका नेताहरु नै जेल जाने उहाँको दाबी थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुदा नयाँ आशाको संचार भएको दाबी गर्दै महासचिव पोखरेलले नयाँ सरकार गठन भएसंगै देशको अर्थतन्त्र खस्कदै गएको जिकिर गर्नु भयो । मंगलबारसम्म चल्ने उक्त अधिवेसनमा करिब ९ सय जना प्रतिनिधि सहभागी भएका हुनु भएको अधिबेशन प्रचार प्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उप सचिब रश्मि आचार्यले जनाउनु भयो । प्रदेश अध्यक्ष नबराज शर्माको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।
प्रतिकुल मौसमका कारण एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा सहभागि हुन सक्नु भएन । यस अघि पोखराका विभिन्न ठाँउबाट र्याली प्रर्दशन गरीएको एमाले नेता मीना गुरुङले बताउनु भयो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । पानी परेका कारण सहभागिहरु छाता तथा र्याङकोट समेत ओढेर सहभागि हुनु भएको थियो ।