एसियाडमा आर्चरीको उत्कृष्ट सुरुवात

-


     पोखरा क्लिक     
     असाेज १४ गते २०८० मा प्रकाशित


पोखरा १४, असोज

चाइनामा जारी एसियाडमा नेपाली आर्चरी खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्न सुरु गरेका छन्। आर्चरी खेलको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका हुन्।

तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिला तर्फ इमायुङ राई र मन्जु बजगाईंले छनौट चरण पार गर्न सफल भएका हुन् । चारैले व्यक्तिगत इभेण्टमा प्रतिस्पर्धा गरेका हुन्।

पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर ल्याउदा सोही इभेण्टमा महिला तर्फ मन्जुंले ५ सय ६ अंक ल्याउन सफल भइन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको चिनबाट योगेन्द्र शेरचनले एटुजेडलाई बताए ।

व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णकङ्कमा पुरुषतर्फ ५२ वर्षीया योगेन्द्रले ६ सय २२ अंक तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरिन् । उनीहरुले पोखरामा करिब २ महिना जसो बन्द प्रशिक्षण गरेको प्रशिक्षक बसन्त थकालीले बताए ।

 



This will close in 20 seconds