गण्डकीको कृषि मन्त्रीमा बेदबहादुर

-


     पोखरा क्लिक     
     माघ ११ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशको कृषि मन्त्रीमा कास्कीका बेदबहादुर गुरुङ नियुक्त हुनुभएको छ । गुरुङले मंगलबार साँझ कृषि तथा जलस्रोत मन्त्रालयको पदवहाली गर्नुभयो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनियताको शपथ लिएपछि उहाँले मालेपाटन स्थित मन्त्रालयमा पुगेर पदवाली गर्नुभएको हो । यसअघि भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारण मन्त्रालय रहेकामा हाल नाम परिर्वतन गरी कृषि तथा जलस्रोत मन्त्रालय बनाइएको छ ।

विसं २०७४ मा पहिलो पटक गण्डकीको कृषि मन्त्री माओवादीका लेखबहादुर थापामगरले जिम्मेवारी पाउनुभएको थियो । त्यसपछि बनेको कृष्णचन्द्र नेपाली पोखरेल सरकारको कृषि मन्त्री माओवादीकै चन्द्रबहादुर बुढा हुनुभयो ।