पर्यटन

आउदो बर्षको लागि १८ खर्ब ३० अर्बको बजेट (पूर्ण पाठ सहित)

नेपाल सरकारले आउदो बर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव०) २०८१÷०८२ का लागि उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । प्रस्तुत गरिएको बजेटको पूर्ण पाठ । अर्थमन्त्री वर्षमान पुनले  आर्थिक वर्ष २०८१/८२ को प्रस्तुत बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्न यस सम्मानित सदनमा उपस्थित भएको छु। सर्वप्रथम सत्रौं गणतन्त्र दिवसको… पुरा पढौ

रेवान पोखराले आयोजना गरेको स्वास्थ्य शिविरबाट माछापुच्छे« गाउँपालिका सैतीघट्टाका ५ सय जना लाभान्वित

रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले आयोजना गरेको स्वास्थ्य शिविरबाट कास्कीको माछापुच्छे« गाउँपालिका सैतीघट्टाका करिब ५ सय जना लाभान्वित भएका छन् । माछापुच्छे« गाउँपालिका ९ सैतीघट्टाको गोरीशंकर मनिलाल माविमा मंगलबार भएको स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । उक्त कार्यक्रममा औषधी पनि उपलब्ध गराइएको थियो । स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको… पुरा पढौ

पञ्चासेमा प्रदेश प्रमुख, प्रचार प्रसार गर्न सुझाव

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो । पोखरा महानगरपालिका वडा नंंं. २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गर्नुभएको थियो । पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीले पोखरा महानगरपालिका वडा नंं.… पुरा पढौ

विरही र सिग्देल पुरस्कृत

पोखरा, १२ जेठ नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ । महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा। रामवरण यादवले सम्मान गरेका हुन् । विरही ४४ वर्षदेखि पत्रकारितामा छन् । पूर्व सांसद समेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएमा महासंघ कास्कीले पुरस्कार… पुरा पढौ

नेपालमा पठन संस्कृतिको विकास नै छैनः संस्थापक राष्ट्रपति डा.यादव, पत्रकार महासंघ कास्कीमा पुस्तकालय स्थापना

दीननाथ बराल,पोखरा, ११ जेठ, नेपाल पत्रकार महासंघ कास्की शाखाले डिजिटल पुस्तकालय संचालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतको सहयोगबाट हालै निर्माण भएको उक्त पुस्तकालय शुक्रबारबाट संचालनमा आएको हो ।नेपालका संस्थापक राष्ट्रपति डा.रामवरण यादवले शुक्रबार उक्त पुस्तकालयको उद्घाटन गर्दै नेपालमा पठन संस्कृतिको विकास गर्नु पर्ने बताउनु भयो । डिजिटल सिस्टमले गर्दा हिजोआज पुस्तकहरु पढ्ने अध्ययन गर्नु भन्दा पनि डिजिटल माध्यमबाट आवश्यक परेका वेलमा खोजी गर्ने प्रवृत्तिले गर्दा पठन संस्कृतिको विकास हुन नसकेको उहाँले दाबी गर्नु भएको हो ।… पुरा पढौ

पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन । ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समुह मध्ये १० वटा समुह अन्तिम प्रस्तुतीका लागि… पुरा पढौ

गण्डकी प्रदेश सरकारले ५५ दिनमा ६१.ं०५ प्रतिशत बजेट खर्च गर्न सक्ला त !

दीननाथ बराल, कोभिड पछि आर्थिक मन्दिले देशको अर्थतन्त्र सुस्ताको अबस्थामा सरकारी बजेट समेत कम खर्च हुँदा यसले आर्थिक चलायमान कम हुने गरेको अर्थ विज्ञहरुले बताउदै आउनु भएको छ । देशमा संघिय सरकारको नयाँ मोडल आएसंगै प्रदेशमा आर्थिक विकास र समृद्धि गर्न थप मद्धत पुग्ने र नजिकको सरकारसंग जनताले धेरै राहत पाउने आशा गरे पनि हालसम्म प्रदेश सरकारले समयमै बजेट खर्च गर्न नसक्दा यसबाट जनताले धेरै राहात पाउन नसकेको बताइन्छ । गण्डकी प्रदेश सरकारको कुरा गर्दा ३ सय ६५ दिनमा ३२… पुरा पढौ

पश्चिमाञ्चल माध्यमिक विद्यालयमा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु हुने

दीननाथ बराल,पोखरा ८, जेठ, पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्र देखि सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु हुने भएको छ । पोखरामा सौन्दर्य तथा केश कलाको प्रवल सम्भावना भएकोले नेपाल सरकारकै पाठ्यक्रम अनुसारको व्यवहारिक शिक्षा दिने उद्धेश्यले आउँदो शैक्षिक सत्रको प्लस टुमा उक्त कोर्ष सुरु हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा ४, गैह्रापाटनस्थित पश्चिमाञ्चल मा.वि. ले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको… पुरा पढौ

वाईवाई यु–१९ क्रिकेट पोखरामा सुरु विन्ध्यवासिनी र बाराहीको जित

टिम विन्ध्यवासिनी र बाराहीले यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा विजय सुरुवात गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई नौ विकेट र दोस्रो खेलमा बाराहीले टिम अकलालाई सात विकेटले पराजित गरेको हो । २५ ओभरमा खेलाईएको प्रतियोगिताको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २५ ओभर खेल्दै नौ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।… पुरा पढौ

सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दुःख तथा हैरानी दिने ७ जना पोखरामा पक्राउ

पोखरामा केही युवाहरुले पर्यटक तथा सर्वसाधारणलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागी झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषध जन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरुलाई दुख हैरानी दिदै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. ९ स्थित पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई अनावश्यक हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न भएका ७ जना व्यक्तिहरुलाई पक्राउ गरी… पुरा पढौ