पर्यटन

अन्नपूर्ण गाउँपालिकालाई पुनः पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि

दीननाथ बराल,पोखरा २२, वैशाख, कास्की जिल्ला तेस्रो अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि गत बर्षको विजेता अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालाको भलिवल टे«निङ सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँ पालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्नपूर्णले २५–१५, २५–१६ र २५–१९ को सोझो सेटमा माछापुच्छ«े माथि जित हासिल गरी उपाधि सहित १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ त्यस्तै उपविजेता माछापुच्छ्रेले नगद रु ६० हजारका साथमा ट्रफी… पुरा पढौ

‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ पोखरामा हुने

‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ पोखरामा हुने भएको छ । गण्डकी प्रदेश पौडी संघको आयोजनामा उक्त प्रतियोगिता यहि बैशाख २९ गते शनिबार फेवातालमा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुष र महिलातर्फ ५०० मिटर एर्व पर्यटक तर्फ (स्विम फर फन) समावेश गरिएको संघ गण्डकीका अध्यक्ष आनन्द कुंवरले जानकारी गराउनु भयो । प्रतियोगितामा महिला र पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई जनही नगद रु १० हजार, ८ हजार र ५ हजारका साथमा मेडल… पुरा पढौ

उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यहीं वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । जसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् । ज्योत्सनिका मरासिनी (क्रिकेट) १३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी । स्याङ्जा जन्मिएकी मरासिनीले २०७७ सालमा दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय… पुरा पढौ

खजुरे ब्रो ः कमेडी जनरामा एक सामाजिक कथा

बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ । विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार महेश त्रिपाठीले ‘खजुरे ब्रो’ सामाजिक कथामा आधारित सिनेमा भएको जानकारी गराए । उनका अनुसार सिनेमामा सामाजिक विषयवस्तुलाई रमाइलो तवरले प्रस्तुत गरिएको छ । सिनेमाको आफ्नो भूमिकालाई लिएर उनी आशावादी छन् । आइरहेका नेपाली सिनेमाभन्दा केही फरक भएकाले पनि सिनेमा दर्शकलाई मन पर्ने विश्वास त्रिपाठीलाई छ । सिनेमाका मूख्य पात्र… पुरा पढौ

खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता शुक्रबार देखि पोखरामा हुने

दीननाथ बराल,पोखरा २०, वैशाख, खेलकुदको शहर पोखरामा पहिलो पटक खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भोलि (शुक्रबार) देखि उक्त प्रतियोगिता नेपालमै पहिलो पटक हुने भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा १२ जिल्लाका करिब २ सय जना कर्मचारी, जनप्रतिनिधि सहित खेलाडीहरुको सहभागिता हुने भएको संघका सचिव फडिन्द्र तिमिल्सिनाले बताउनु भयो । जुनियर देखि भेट्रान्स सम्मका ६ वटा विधामा हुने प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र खुल्ला पुरुष तर्फको प्रतियोगिता हुने… पुरा पढौ

नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिकाः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहेको बताउनुभएको छ । उहाँले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस जगतलाई थप प्रेरणा र हौसला मिलोस् भन्ने कामना पनि गर्नुभयो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई पोखरामा सम्बोधन गर्दै उहाँले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । ‘नेपाली पत्रकारले… पुरा पढौ

डढेलोले पुर्‍याएको क्षतिप्रति मुख्यमन्त्री अधिकारी चिन्तित, सचेत रहन आग्रह

विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ। हालसम्म प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागी सकेको तथ्यांक प्राप्त भएको छ। यसका कारण कैयौं जङ्गली जीवजन्तुको मृत्यु भएको र बास स्थान मासिएको तथा मानव समेत घाइते भएका विवरणहरू समेत प्राप्त भएका छन्। यो क्रम निरन्तर जारी रहेमा वातावरणीय प्रदुषण बढ्नुका साथै मानव बस्ती समेत जोखिममा पर्ने र वायुप्रदुषणको स्तर अत्याधिक बढ्दै जाने देखिन्छ। यसरी… पुरा पढौ

सोमबारदेखि पोखरामा नियमित समय तालिकामा हवाई उडान हुने

दीननाथ बराल, पोखरा १६, वैशाख, सम्भवत सोमबारदेखि पोखरामा नियमित समय तालिका अनुसारकै हवाई उडान हुने भएको छ । केही दिन देखि पोखराको हवाई उडान प्रभावित हुदै आएको सन्र्दभमा अब भने सोमबार देखि नियमित स्याडुलमै हवाई उडान हुने भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । आज (आइतबार) दिउँसो देखि पोखराको हवाई उडान पुनः संचालनमा आएको छ । पर्यटनको राजधानि पोखराको शनिबार करिब ३५ वटा हवाई उडान प्रभावित भए पनि आइतबार भने दिउँसो १ः०० बजे पछि भिजिबिलिटी पुगेसंगै हवाई उडान सुरु… पुरा पढौ

पोखरामा भएको खुल्ला दुआथलन च्याम्पियनसिपमा नेपालका खेलाडीको वर्चश्व

पोखरामा भएको खुल्ला दुआथलन च्याम्पियनसिपमा नेपालका खेलाडीको वर्चश्व कायम गर्नु भएको छ । नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा पर्यटनको राजधानि तथा खेलकुदको शहर पोखरामा खुल्ला दुआथलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुकै वर्चश्व कायम गर्नु भएको हो । पोखरामा आइतबार सम्पन्न भएको खुल्ला दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिला तर्फ मञ्जुकुमारी खड्काले उपाधि जित्नु भएको छ । पोखराको लेकसाइडमा भएको साढे सात किमी सडक दौड र २० किमी साइक्लिङको निर्धारित दूरी उपाधि विजेता… पुरा पढौ

पोखराको आकासमा तुवाँलो, हवाई उडान प्रभावित

दीननाथ बराल,पोखरा १५, वैशाख, हिजो आज पोखरा क्षेत्रको आकाशमा बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ हवाई उडान गर्न नसक्ने गरी उडान प्रभावित भएको छ । केही दिन देखि हवाई उडान प्रभावित हुदै आएको सन्दर्भमा शनिबार भने पोखरा क्षेत्रको हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ । शनिबार पोखरा काठमाण्डौं, भैरहवा पोखरा, भरतपुर पोखरा, पोखरा नेपालगन्जका सबै जसो उडानहरु रद्ध भएको एयरलायन्स कम्पनीहरुले जनाएका छन्। शनिबार मात्र बुद्ध एयर, यति एयरलायन्स, श्री एयरलायन्स गरी करिब ३५ वटा हवाई उडानहरु प्रभावित भएको… पुरा पढौ