पर्यटन

घान्द्रुक पर्यटन महोत्सवमा आगन्तुक पाहुनालाई होटल आवासमा २० प्रतिशत छुट

पोखरा २३, माघ, कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा फागुन पहिलो साता हुने घान्द्रुक पर्यटन महोत्सवमा आगन्तुक पाहुनालाई होटल आवासमा २० प्रतिशत छुट हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएकोघान्द्रुक पर्यटन व्यवस्थापन समितिले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले महोत्सव आगामी फागुन ७ देखि सुरु हुने बताए । मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल,… पुरा पढौ

पोखरामा हुने भनेको विराट महायज्ञ अन्यौलमा, पर्यटन व्यवसायीको समेत ध्यानाकर्षण

दीननाथ बराल,पोखरा २३, माघ, पोखरामा हुने भनिएको विराट महायज्ञ अन्यौलमा परेको छ । मानव सेवा फाउण्डेसन, नेपालको आयोजनामा आउदो वैशाख दोश्रो साता देखि जेठको तेश्रो सातासम्म पोखराको वाराहीघाँट क्षेत्रको खेल मैदानमा हुने भनिएको उक्त विराट महायज्ञ हाल अन्यौल भएको छ । आयोजकले केन्द्रबाट नेपाल ट्रस मार्फत र वडाको सिफारिसमा उक्त कार्यक्रमको तय गरिरहदा यस बिषयमा भने पोखराका मेयर धनराज आचार्यले लामो समय पर्यटकीय क्षेत्रमा उक्त कार्यक्रम गर्न नहुने भन्दै कुनै अनुमति निदएकोले उक्त कार्यक्रम सो क्षेत्रमा नगर्न चेतावनी दिदै आउनु… पुरा पढौ

होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी बसन्त गौतम सम्मानीत

पोखरा, १८ माघ, होटल कार्यकारी क्लब पोखराले पोखराका होटल व्यवसायी बसन्त गौतम सम्मान गरेको छ । क्लबको ११ औं वार्षिक साधारण सभामा गौतमलाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै गौतमलाई सम्मान गरेको हो । गौतमलाई होटल संघका संस्थापक अध्यक्ष हरीध्वज तुलाचन, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे ।… पुरा पढौ

पुम्दिकोटमा धार्मिक महोत्सव हुने तयारी

पोखरा ८, माघ, पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । महोत्सव आगामी फाल्गुन ९ गतेदेखी १५ गतेसम्म चल्नेछ । यस अघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । पर्यटकीय राजधानी… पुरा पढौ

सिक्लेसको पर्यटन प्रबद्र्धन गर्न सिक्लेस माघे संक्रान्ति मेला हुने, आगन्तुक पाहुनालाई होमस्टे तथा होटलमा छुट

दीननाथ बराल, पोखरा २८, पुष, कास्कीको पर्यटकीय गाँउ सिक्लेसमा आउँदो माघ १ गते देखि सिक्लेस माघे संक्रान्ति मेला हुने भएको छ । सिक्लेस युवा क्लबको आयोजनामा गाँउ पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त मेला माघ ४ गतेसम्म हुने भएको आइतबार(आज) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । गुरुङ समुदायको कला, संस्कृति, परम्पराको संरक्षण गर्दै खेलकुद क्षेत्रको समेत प्रबद्र्धन गर्न उक्त मेला आयोजना गरिएकोे क्लबका अध्यक्ष भोलामान गुरुङले बताउनु भयो । ‘ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस माघे संक्रान्ति मेला’ मूल नारा… पुरा पढौ

पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

पोखरा, २६ पुष, पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइ सकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका हुन् । शुक्रबार देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका सञ्चाल तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यसअवधिमा स्काई… पुरा पढौ

पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

पोखरा, २४ पुस, तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनामा ५३ प्रजातिका जलपंछी फेला परेका छन् । टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र २३ गते विभिन्न १२ वटा टोलीमा विभाजित भई गरिएको गणनामा ५३ प्रजाति अभिलेख गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिनुुभयो । सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको… पुरा पढौ

फागुन ३ मा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागि हुन खेलाडीहरुको नाम दर्ता गर्न सुरु, साप्ताहिक/मासिक दौड हुने

दीननाथ बराल,पोखरा २३, पुष, नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा आउँदो फागुन ३ गते १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०८१ हुने भएको छ । उक्त प्रतियोगितामा सहभागि हुनको लागि खेलाडीहरुको नाम दर्ता गर्न सुरु गरिएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको हो । यसपालीको म्याराथन सहितको विभिन्न इभेण्टको दौड प्रतियोगिता सहित रन फर फनमा गरी १० हजार जना धावक सहभागि गराउने लक्ष्य राखिएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताउनु… पुरा पढौ

पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच सम्झौता पत्रमा हस्ताक्षर

पोखरा, २३ पुस, प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । पाटा नेपाल नेपालले परिषद् सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालाहरू सँगको सहकार्यमा गर्न लागेको एक्स्पोका सन्दर्भमा पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र पोखरा पर्यटन… पुरा पढौ

सवा २६ लाख लागतमा कविता पार्क बनाउँदै लुम्ले

नेपालको एक मात्र कविता गाउँ कास्कीको लुम्लेमा कविता पार्क बन्ने भएको छ । समाजसेवी चिनबहादुर केसीले दान गरेको चार आना दुई पैसा एक दाम जग्गामा समितिले उक्त पार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन लागेको हो । कविता गाउँका प्रणेता विनोद गौचनको ११ औं स्मृति सभाका वक्ताले समिति अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढेको जानकारी गराएका हुन् । कविता गाउँ लुम्ले समितिका अध्यक्ष भरत देवकोटाले कविता पार्क प्रस्तावना २०८१ प्रस्तुत गर्दै विनोद गौचनको प्रतिमासहितको कविता पार्क निर्माणमा २६ लाख… पुरा पढौ