खेलकुद

पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साथ

फाल्गुन १६, पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । ‘मन्त्रीज्यूले प्रदेश सरकारले विगतमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन्छ, तपाईँहरु ढुक्क हुनुहोस् भनेर भन्नुभयो, अब हामी थप तयारीमा जुट्छौं र अवार्डलाई भव्य बनाउँछौ’ अध्यक्ष… पुरा पढौ

पूर्व खेलाडीहरु सम्मानित

देशका लागि रगत पसिना बगाएका र आफ्नो समयका चर्चित खेलाडीहरु आज आईतबार राजधानीमा सम्मानित भएका छन् ।भेट्रान खेलाडीहरुको छाता संगठन नेपाल मास्टर्स एथलिट एशोसियसनले आफ्नो समयमा खेलकुद विकासमा बिशिष्ट योगदान पु¥याएका र राष्ट्रका लागि रगत पसिना बगाएका पूर्व खेल ब्यक्तित्वहरुलाई सम्मान गरेको हो । आज बागबजारस्थित आराधना कम्प्लेक्समा भएको कार्यक्रममा पूर्व खेलाडी एवं सम्मानित ब्यक्तित्वहरुमा टेबल टेनिसका खेलाडी कवि केशरी बस्नेत र वाई।पी। लोहनी, फुटवलका डा। खगेन्द्र बहादुर श्रेष्ठ, श्याम के।सी।, खेलकुद फोटो पत्रकार समेत रहेका श्याम चित्रकार र बिश्व… पुरा पढौ

सबलाइम माविको २८ औं वार्षिकोत्सव

पोखरा, १३, फागुन पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकरात्मक कुरा र जीवनोपयोगी सिप घरमै सिकाउन अभिभावकले समय छुट्याउन अपरीहार्य रहेको बताए । आचार्यले पढाइसँगै सिकाइ आवश्यक रहेकोले समयसमयमा अभिभावक र शिक्षक बिच अन्तरक्रिया गरी विद्यार्थी आफैले अध्ययनसँगै अभ्यास र अनुसन्धान गरी अब्बल बन्न कोसिस गर्नुपर्ने बताए । गुणस्तरीय तथा… पुरा पढौ

पोखरामा फागुन १८ र १९ स्क्वास प्रतियोगिता

पोखरा, १३ फागुन आगामी १८ र १९ फागुनमा तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिता–२०८० हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा दुई दिन प्रतियोगिता हुने भएको हो । स्क्वास राकेट एसोसिएसन, कास्कीसँग छलफलपछि चार वटा विधामा प्रतियोगिता हुने तय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । खुला, महिला, ४५ माथि भेट्रान्स र प्रारम्भकर्ता (बिगिनर) गरेर चार विधामा प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा… पुरा पढौ

विद्यालयस्तरीय क्रिकेटः सगरमाथा र अंमरसिंहको जित

पोखरा १२, फागुन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सगरमाथा माध्यमिक विद्यालय र अंमरसिंह माध्यमिक विद्यालय विजयी भएका छन् । बि–बग इभेन्ट्सको आयोजनामा र एक्स्पर्ट एजुकेसन एण्ड भिजा पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन शनिबार सगरमाथाले कुमुदिनी होम्स माध्यमिक विद्यालय र अमरसिंह माविले एसओएस हर्मन माइनर विद्यालय गण्डकीलाई पराजित गरेका हुन् । पहिलो खेलमा सगरमाथाले कुमुदिनी होम्सलाई २१८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । सगरमाथाले दिएको दिएको ३०२ रनको विजयी लक्ष्य कुमुदिनी होम्स निर्धारित २० ओभरमा… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन सम्पन्न,सञ्जीवको टिमलाई प्रो एमको उपाधि

पोखरा,फाल्गुन १२ सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो(एमको उपाधि प्रोफेसनल सञ्जीब बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार(६९ को हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीबले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे । प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर… पुरा पढौ

‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक बिमोचन

पोखरा, ११ फागुुन रविन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आज पुस्तकको विमोचन गर्नुुभयो । पोखराका बरिष्ठ शिक्षाशसेवी स्व.ऋषिकेशव पराजुुली पोखराको पृथ्वी नारायण क्याम्पस, राष्ट्रिय मा.वि., कन्या स्कुल, नबिन मा.वि. र पोखरा बृद्धाश्रमका संस्थापक रहनुुभएको थियो । कार्यक्रममा प्राज्ञ सरुभक्तले निस्वार्थ कर्मयोगिहरू कहिल्यै नहार्ने बताउँदै गण्डकी प्रदेशमा शिक्षा, समाजसेवा र लोकतन्त्रका लागि… पुरा पढौ

मदरल्यान्ड र गण्डकी बोर्डिङ विजयी

पोखरा ११, फागुन, पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र गण्डकी बोर्डिङ स्कुल विजयी भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदरल्यान्डले हिमालयन मावि र गण्डकीले कास्की मोडनाइजलाई पराजित गरेका हुन् । पहिलो खेलमा हिमालयनले दिएको १३० रनको विजयी लक्ष्य मदरल्यान्डले १६ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । मदरल्यान्डका लागि किरण पौडेलले अविजित ५८ रन बनाए । प्रज्वल बानियाले २७ रनको योगदान दिए । बलिङमा हिमालयनका सफल थापा र नसिर भण्डारीले… पुरा पढौ

पत्रकार रन्जितद्वारा मञ्चको अक्षकोषका लागि रकम हस्तान्त्रण

पोखरा ११, फागुन नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेशल अवार्ड सहित प्राप्त गरेको पचास हजार नगद सहितको पुरस्कारबाट प्राप्त रकम मध्यबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षकोषमा… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन,रेकर्ड स्कोरमा भुवनलाई करियरको‌ ११ औं उपाधि

पोखरा,फाल्गुन ११ पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन। ५४ होलको प्रतियोगिता १०(अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो। भुवनले सन २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९(अन्डरको रेकर्ड तोडेका हुन। यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो। हिजो उनले ७(अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए। पोखरास्थित पार(६९ को हिमालयन… पुरा पढौ