खेलकुद

बनौंलाई पुन युनाइटेड बास्केटबल प्रतियोगिताको उपाधि

पोखरा, २६ फागुन पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वतको बनौं बास्केटबल टिम च्याम्पियन बनेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौंले उपाधि रक्षा गरेको हो । उपाधि जितेको बनौंले १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको मर्दीखोलाले द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पायो ।महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ… पुरा पढौ

यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीलाई

पोखरामा पहिलो पटक आयोजना गरिएको यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीले जितेको छ । शनिबार पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानमा भएको फाईनल खेलमा लेकसाईडको ब्लु स्प्यारो एकेडेमीलाई १(० गोलले पराजित गर्दै संगम एकेडेमीले उपाधिसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्यो । नियोङ गुरुङको निर्णायक गोलमा सगमले उपाधि जित्न सफल बन्यो । पोखरा महानगरपालिका वडा नं १३ को आयोजना, संगम क्लबको सहयोग तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा भएको यु १३ फुटबल प्रतियोगितामा कास्कीका विभिन्न १२ वटा… पुरा पढौ

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका महिला सम्मानित

पोखरा २५, फागुन अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरेको छ । महिलाहरुलाई उत्साह थप्न, शसक्तिकरणको जगलाई बलियो बनाउन र महिलाको क्षेत्रमा लगानी गरि समाजलाई समविकासको अवधारणामा गुडाउनका लागी विभिन्न क्षेत्रका महिलाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्न सम्मान गरेको हो । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय को उत्कृष्ट महिला सहयोग कार्यक्रम अन्र्तगत गण्डकीका विभिन्न जिल्लावाट विभिन्न विधामा सम्मानित प्रतिभाहरुलाई सम्मान गरेको हो । पत्रकारिता क्षेत्रवाट सम्मानित हुनुभएकोमा कास्कीका क्रियाशिल पत्रकार दुर्गा अधिकारी, राधिका कर्णेल,… पुरा पढौ

पुन युनाइटेड बास्केटबल प्रतियोगितामा मर्दीखोला र बनौ फाइनल प्रवेश

पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ मर्दीखोला र बनौ बास्केटबल टिम फाइनल प्रवेश गरेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मर्दीखोलाले पर्वत बास्केटबल टिमलाई ५३–४५ स्कोरले हराउँदै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले स्वाँतलाई ६४–५१ स्कोरले पराजित गर्दै फाइनलमा मर्दीखोलासँगको भेट पक्का गरेको क्लब सदस्य राजेन्द्र पुनले जानकारी दिए । महिलातर्फ अन्नपूर्ण गाउँपालिका र अमिचि क्याफे फाइनल पुगेको छ । अन्नपूर्णले पृथ्वीनारायण क्याम्पसलाई १२–४ को… पुरा पढौ

पुन युनाइटेड बास्केटबल प्रतियोगितामा दोस्रो दिन ७ खेल

पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगिता दोस्रो दिन ७ खेल भएका छन् । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भेट्रान्सतर्फ १ र पुरुषतर्फ ६ खेल भएको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । भेट्रान्सतर्फको खेलमा सात गाउँ पुन मगर समाजले रामबजारलाई पराजित गरेको उनले बताए । पुरुषतर्फको खेलमा खेलमा सात गाउँ पुन मगर समाजलाई गलेश्वर बास्केटबल क्बलले हरायो । दोस्रो खेलमा आयोजक पुन युनाइटेड क्लबलाई रामबजारले पारजित ग¥यो । बुधबारको खेलमा मर्दीखोलाको २ टिम अघि… पुरा पढौ

गण्डकी प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई प्रदेश सरकारबाट मासिक ५ हजार सहित सम्मान

दीननाथ बराल, गण्डकी प्रदेश सरकारले ओलम्पिक खेलमा सहभागी प्रदेशका ९ जना ओलम्पियनहरुलाई मासिक भक्ता ५ हजार सहित सम्मान गरेको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मासिक ५ हजारका दरले (वार्षिक ६० हजार) सहित कार्यालयमै प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज… पुरा पढौ

गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्यिनलाई बुधबार मासिक भत्ता दिने

दीननाथ बराल गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्यिनहरुलाई भोलि (बुधबार) मासिक भत्ता वितरण गर्न सुरु गर्ने भएको छ । प्रदेश सरकारले घोषणा गरेको उक्त रकम बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै प्रदेशका ओलम्पियनहरु मसिक भक्ता वापतको रकम हस्तान्तरण गर्ने भएको हो । ओलम्पिकमा सहभागी भएका प्रदेश भित्रका खेलाडीहरुलाई सरकारले मासिक ५ हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषणा सहित बजेटमा समेत उल्लेख गर्नु भएको थियो । गण्डकीबाट स्विमिङ, जुडो, एथलेटिक्स र सुटिङमा गरी ७ जना खेलाडी ओलम्पिकमा सहभागी हुनु भएको… पुरा पढौ

रामघाटमा बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन भेट्रान्सतर्फ चार खेल

पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले उद्घाटन गरेका हुन् । ५ दिनसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटनपछि उपाध्यक्ष गुरुङले खेलाडी उत्पादनमा प्रतियोगिताको भूमिका उत्कृष्ट रहने बताए । प्रतियोगिताले बास्केटबल खेलको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो । उनले आगामी दिनमासमेत प्रतियोगितालाई निरन्तरता दिन सुझाव… पुरा पढौ

पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा हुने, चर्चीत हाँस्यकलाकारको उपस्थिति हुने

दीननाथ बराल, पोखरामा भोली (सोमबार) महाकमेडी विथ महाजात्रा हुने भएको छ । महाकमेडी विथ महाजात्रा साँझ सभागृह हलमा आयोजना गरिने तयारी गरिएको निर्देशक विशाल भण्डारीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त कार्यक्रममा चर्चीत हाँस्यकलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले जनाउनु भयो । दर्शकहरुलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका… पुरा पढौ

बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि परिषदले तोक्यो जिम्मेवारी

प्रदेश खेलकुद परिषद गण्डकीले बागमती प्रदेशमा पहिलो पटक सञ्चालन हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरे संगै जिम्मेवारी समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजनामा यहि फागुन ३० देखि चैत्र ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिम्मेवारी तोकेको हो । परिषदको सोमबार सम्पन्न कार्यकारी समितिको बैठकले परिषदका सदस्यहरुलाई विभिन्न ९ खेलका लागि संयोजकको जिम्मेबारी दिएको हो । परिाषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ… पुरा पढौ