खेलकुद

गण्डकी पारा खेलकुदका सम्पूर्ण इभेन्टहरु सम्पन्न

गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पूर्ण इभेन्टहरु शनिबार पोखरा रंगशालमा सम्पन्न भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा महिला पुरुष दृष्टिबिहिन क्रिकेट, बहिरा पुरुष भलिबल, ह्विलचयर पुरुष बास्केटबल, ह्विल चियर टेबुल टेनिस, बहिरा महिला व्याडमिन्टन र बहुअपङ्गता बोसियाका खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगिता अन्तर्गत ह्विलचियर बास्केटबल पुरुषतर्फ हरियो खर्क अस्पताल बिजेता बनेको छ भने उपविजेता नवलपुर ह्विलचियर टिम र तेस्रो स्थान पोखरा महानगर पालिका ह्विलचियर टिम बनेको छ । बिजेता टिमले बिजेता, उपबिजेता र तेस्रो स्थान… पुरा पढौ

लेकसाइडलाई कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

पोखरा, ९ चैत पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पोखराको बाराहीघाटमा सम्पन्न पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि लेकसाइड पहेंलोले जितेको छ । बाराहीघाटस्थित खेलमैदानमा आज भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहेंलोले उपाधि जितेको हो । खेलको निर्धारित समय गोलरहित भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा लेकसाइड पहेंलोका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार बिफल बनाउँदै उपाधि चुमाए । उनै बस्नेत प्रतियोगिताको उत्कृष्ट गोल रक्षक… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई साहसको साथ

काठमाण्डौं ९, चैत नेपालमा दुई दशकदेखि खेल पोशाक तथा सामाग्री उत्पादक साहस स्पोर्टस्ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०र्’ लाई सफल पार्न साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले सहयोग गर्दै साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएकोे हो । साहसले अवार्ड… पुरा पढौ

पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव मनाउने तयारी

पोखरा ९, चैत पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव २०८० मनाउने तयारी गरिएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १७ वर्ष देखी आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सव आयोजना गर्दै आइरहेको सन्दर्भमा आइतवार होली पुर्णिमाको अवसरमा होली महोत्सव २०८० आयोजना गर्ने तयारी गरेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयो । रंगै रंगको पर्व, मिलनको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको… पुरा पढौ

गण्डकी प्रदेश टेबुल टेनिस संघको अध्यक्षमा जोशी

पोखरा ९, चैत गण्डकी प्रदेश टेबुल टेनिस संघ तदर्थ समितिको अध्यक्षमा उत्तम जोशी चय भएका छन् । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा शुक्रबार सम्पन्न भेलाबाट जोशी अध्यक्षमा चयन भएका हुन् । सम्पन्न भेलाले संघको उपाध्यक्षमा भूपेन्द्रराज कोइराला ९तनहुँ० र विशाल थापा ९नवलपुर०, सचिवमा अनुप श्रेष्ठ ९स्याङजा० र कोषाध्यक्षमा ज्योती गुरुङ ९कास्की० चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा प्रकाश पौडेल ९बागलुङ०, शिवप्रसाद न्यौपाने ९नवलपुर०, क्षितिज गुरुङ ९मनाङ०, कविराज श्रेष्ठ ९तनहुँ०, सुरेश… पुरा पढौ

बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने

दीननाथ बराल,पोखराको बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने भएको छ । राष्ट्रिय स्तरको उक्त प्रतियोगिता यही चैत्र ११ र १२ गते बेगनास तालमा हुने तयारी गरिएको छ भने विजेतालाई २ लाख पुरस्कारको व्यबस्था गरिएको हो । प्रतियोगितामा पाँच सय मिटरमा दोश्रो हुनेले एक लाख ५० हजार र तेश्रो हुने टिमले ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठक

पोखरा ८, चैत, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिशीले खेलकुद भित्र बजेटमा देखिएका समस्याहरु समाधान गर्न आफू प्रयत्नशिल रहने जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठकलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका मन्त्री जिशीले सरकार आफ्नो उद्धेश्य प्राप्तीका लागि अघि बढिरहेको जनाउँदै भने–“हाम्रा मागहरु असिमित छन् । बजेट न्यून छ । तर हामी न्यून बजेटबाटै प्रतिफल प्राप्त गर्नुछ ।” प्रशिक्षकहरु बिना खेलकुदको विकास सम्भव नभएको उल्लेख… पुरा पढौ

गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा धोज कुमार गुरुङ निर्वाचित

पोखरा ८, चैत, गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा धोज कुमार गुरुङ सर्बसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङ सहित १५ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुने भने यस अघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षमा समेत रहिसकेका छन् । यसै गरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता

पोखरा, ८ चैत्र, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै महत्वपूर्ण सुझाब समेत दिएका छन् । छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य एवं खेलकुदकर्मी तथा समाजसेवी महेश गुरुङले निरन्तर रुपमा आयोजना भैरहेको यो कार्यक्रमलाई भव्य बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । निरन्तर अवार्ड कार्यक्रमलाई सहयोग… पुरा पढौ

गण्डकी पारा खेलकुदमा विभिन्न इभेन्टहरु सम्पन्न

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बुधबार पहिलो दिन विभिन्न इभेन्टहरु सम्पन्न भएका छन् । पोखरा रंगशालामा पहिलो दिन मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता र अटिजम अपाङ्गता गरी तीन विभिन्न खेलका इभेन्टहरु सम्पन्न भएका हुन् । यस अघि उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । मनोसामाजिक अपाङ्गता म्युजिकल चियर प्रतियोगितामा विपना तामाङ्ग प्रथम, मनिशा भुसाल द्वितिय, सुजिता परियार तृतिय र ऋतु मजाकोटी चौथो भएकी छन् । बिजेताहरुले क्रमश नगद रु ५ हजार,… पुरा पढौ