खेलकुद

जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ ः दोस्रो दिन रोमाञ्चपूर्ण, नेपाली खेलाडीले बनाए बलियो पकड

पोखरा २५, मंसिर, पोखरामा जारी जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत दोस्रो दिनका खेलहरु समेत निकै रोमाञ्चपूर्ण रुपमा सकिएका छन् । नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी रहँदा सहभागि खेलाडीहरुको उत्साहपूर्ण खेलले स्थानिय दर्शक समेत निकै उत्साहित बने । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको ब्वाइज सिंगल्समा प्रणव मानन्धरले भारतका आर्यन कङ्करवाललाई ६–२, ६–२ को सहज जित निकाल्दै राउन्ड अफ १६ मा स्थान सुरक्षित गरेका छन् । त्यसै गरी पहिलो पटक आइटिएफ जे३० मा सहभागि रहेका स्पन्दन उदासले भारतका… पुरा पढौ

आर्दश कपमा बुधबार आयोजक आदर्श युवा क्लव र कास्की ११ पहिलो सेमिफाइनलमा भिड्ने

पोखरा २५ मंसिर, पोखराको भण्डारढिकमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आर्दश कपमा भोलि (बुधबार) आयोजक आदर्श युवा क्लव र कास्की ११ बिच पहिलो सेमिफाइनल खेलमा भिड्ने भएका छन् । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो । मंगलवार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटवल संघले सेमिफाईनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ५५… पुरा पढौ

प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता पोखरामा सुरु, खेलकुदलाई प्रथामिकता दिन्छौंः अध्यक्ष केसी

पोखरा २५, मंसिर पोखरामा आज देखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा आजदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका ९सेतो०ले कास्कीको अन्नपूर्ण गाउँपालिका ९कालो०लाई ५०–२२ ले पराजित ग¥यो । यस्तै दोस्रो खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिका ९सेतो०ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ९सेतो०लाई ४६–४२ अङ्कले पराजित ग¥यो । यस्तै तेस्रो खेलमा… पुरा पढौ

२६ औं संस्करणको पोखरा सडक महोत्सव २०८१ पौष १३ देखि हुने

दीननाथ बराल, पोखरा २४, मंसिर, रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ बर्षको अवसरमा संचालन हुने २६ औं संस्करणको पोखरा सडक महोत्सव २०८१ आउँदो पौष १३ देखि हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पौष १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ किलोमिटर क्षेत्रमा उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा विगत २५ वर्ष… पुरा पढौ

रंगशालामा हुने प्रथम अन्नपूर्ण अध्यक्ष कपको तयारी पूरा,उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्ने

पोखरा, २४ मंसिर, पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबार (भोलि) देखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । उनका अनुसार यही २५ गतेदेखि २९ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्नेछन् । उनले पुरुषतर्फ कुल १२ टिमको सहभागिता… पुरा पढौ

एन प्याव्सन स्पोर्टस् मिट जारी, छात्रा वास्केटबल ज्ञानज्योति, दश जोड दुइ ग्यालेक्सी, क्रिकेट कास्की मोडनाइज्ड र छात्रा फुटबलमा हेम्जा विजयी

पोखरा २४, मंसिर, एन प्याव्सन कास्कीले आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ । छात्रा वास्केटबल तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम त्रिवेणी पब्लिक द्धितीय, तथा कास्की मोडनाइज्ड र साइनिङ स्टार तेस्रा भएका छन् । त्यसैगरी दश जोड दुई तर्फ न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कुल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी दोस्रा तथा गोर्खा इंगलिस वोर्डिङ स्कुल र त्रिवेणी पब्लिक तेस्रा भएका छन् । छात्रा सेभेन ए साईड फुटबल प्रतियोगितामा हेम्जा बोर्डिङ स्कुल विजयी भएको छ । सोमबार भएको… पुरा पढौ

आर्दश कपमा कास्की ११ सेमिफाइनलमा

पोखरा, २४ मंसिर, लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ (कास्की ११) विजयी भएको छ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गरी सेमिफाइनलमा प्रबेश गरेको हो । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले समान एक, एक गोल गरेका थिए । खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड हाफको ७६ औं… पुरा पढौ

आइटिएफ जे३० पोखरा सर्किट–२ सुरू, नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

पोखरा २४, मंसिर, आइटिएफ जे३० वल्र्ड टुर पोखरा सर्किट–२ आजबाट सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सर्किट १ सकिएको दुई दिन लगतै सर्किट २ सुरू भएको हो । सर्किट२ मेन ड्रको पहिलो दिन नेपाली खेलाडीहरु तिव्र प्रतिस्पर्धामा उत्रिदैं उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपाली खेलाडी आयुष्मान हजुर घलेले उत्कृष्ट प्रदर्शन गर्दै भारतका अद्वित तिवारीलाई ६–४, ६–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । त्यसै आरव सम्राट हाडाले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै भारतका… पुरा पढौ

बगर भाईखलकको अध्यक्षमा ईश्वरमान गुरुङ

पोखरा २३, मंसिर, पोखराको प्रतिष्ठित बगर भाईखलकको सातौं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले ईश्वरमान गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बगर भाईखलकको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले गुरुङको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो । संस्थाको उपाध्यक्षमा यम बहादुर गुरुङ, महासचिवमा मानकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा ओमकार गिरी चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा विजया गुरुङ, धनकुमार गुरुङ (सन्तोष), ईश्वर गुरुङ (चन्द्र), राज कुमार गुरुङ, अमित… पुरा पढौ

एपिएफ आर्दश कप फुटवलको सेमिफाइनलमा

दीननाथ बराल,पोखरा २३ मंसिर, सशस्त्र प्रहरी बल (एपिएफ) गण्डकी मुख्यालयको टोली २५ औं संस्करणको आर्दश कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखराको सैनिकबस्ती भण्डारढिक खेल मैदानमा आइतबार भएको खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीको सिद्धिदल गण पश्चिम पृतना हेड क्वाटरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो । एपिएफको जितमा नवराज मगर, रन्जित चौधरी प्रविन स्याङताङले एक÷एक गोलको योगदान दिदा आर्मीका मदन लिम्बुले ईन्जुरी समयमा शान्त्वना एक गोल गर्नु भएको थियो ।… पुरा पढौ