खेलकुद

तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ्ग सम्मान

पोखरा ८, मंसिर, तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले बिश्व तेक्वान्दो महासंघको मुख्यालय कुकिवानबाट आउटस्टयान्डिङ्ग सम्मान प्राप्त गरेका छन् । कुकिवानद्वारा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा यहि नोभेम्बर ११ देखि २१ सम्म आयोजना गरेको ११५ औं तेश्रो श्रेणी अन्तराष्ट्रिय तेक्वान्दो मास्टर कोर्स २०२४ मा सहभागीता जनाएका अधिकारीलाई सहभागीहरु मध्येबाट सर्वोत्कृष्ट प्रदर्शन गरेको भन्दै आउटस्टान्डिङ्ग प्रशंसा–पत्र र बेल्टद्वारा सम्मान गरिएको हो । युएईलाइ कर्मक्षेत्र बनाएर तेक्वान्दोको विकास र विस्तारमा लगनशिल भएका प्रशिक्षक अधिकारीलाई बिश्व तेक्वान्दो एकेडेमीका निर्देशक सन ली किमले प्रशंसापत्र र तीन… पुरा पढौ

राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र,छात्रा भलिवल प्रतियोगिता सुरु

पोखरा ८, मंसिर, पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै वडाअध्यक्ष साहारा प्रधानले पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मंसिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको… पुरा पढौ

मंसिर ११ देखि सुरु हुने १७ औं हिसान कास्की स्पोट्र्स मिटमा ४ हजार खेलाडी सहभागि हुने

पोखरा ७, मंसिर पोखरामा यही मंसिर ११ देखि सुरु हुने १७ औं संस्करणको हिसान कास्की स्पोट्र्स मिटमा करिब ४ हजार खेलाडी सहभागि हुने भएका छन्। पोखरा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १७ औं संस्करणको हिसान स्पोर्टस मिटमा कक्षा ११ र १२ सहित विश्वबिद्यालयका करिब ४ हजार जना खेलाडीहरु प्रत्यक्ष रुपमा सहभागि हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गाइएको हो । शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुप आयोजना… पुरा पढौ

अल्फा बोर्डिङमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलले लामाचौर गोस्ते घाट खेल मैदानमा एक विशेष कार्यक्रमका बिच शुक्रबारका दिन वार्षिक खेलकुद कार्यक्रम समापन समारोह सम्पन्न गरेको छ । वार्षिक खेलकुद कार्यक्रमको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले अल्फा बोर्डिङ स्कुलले शैक्षिक कार्यक्रमको साथसाथै खेलकुद क्षेत्रमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । साथै हरेक वर्ष विद्यालयले प्रदेश तथा… पुरा पढौ

छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी

मंंसिर ७,   कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विदाका खेलहरु सम्पन्न भएको छ । शुक्रवार भएको पहिलो खेल सटफुट छात्र तर्फ भुमेश्वर मा.विका  सुमन मिजार प्रथम, शुक्लागण्डकीका  रुपक दर्लामी  द्धितिय र  निश्पक्ष मा.विका  अमन थापा तृतिय भएका छन् । सटपुट छात्रा तर्फ उदय मा.वि की मनिषा बि.क प्रथम, महेन्द्र मा.वि की ऐलिना परियार द्धितिय र शुक्लागण्डकी एलिना… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा स्पोट्स मिट जारी

पोखरा ७, मंसिर पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोट्स मिट २०८१ अन्र्तगत शुक्रबार विभिन्न प्रतियोगिताको फाइनल चरण सम्पन्न भएको छ । जुनियर तर्फको बास्केटवल प्रतियोगितामा ब्लू समुह प्रथम हुँदा रेड समुह दोश्रो भयो । त्यसै गरी जुनियर भलिवल प्रतियोगितामा भने रेड समुह प्रथम हुँदा ब्लू समुह दोश्रो भयो । सिनियर भलिवल तर्फ ग्रिन समुह प्रथम हुँदा रेड समुह दोश्रो भयो । छात्रा प्लस टु तर्फको डोरी तान्ने प्रतियोगितामा कक्ष ११ को विज्ञान समुह प्रथम, कक्षा १२… पुरा पढौ

पोखराको स्टेप बाई स्टेपमा खेलकुद प्रतियोगिता सुरु

पोखरा ६, मंसिर, पोखरा मासवार स्थित स्टेप बाइ स्टेप माविमा यस बर्षको बार्षिक खेलकुद प्रतियोगिता २०८१ सुरु भएको छ । बुधबार बिद्यालयमा आयोजित एक समारोहका बिच विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दीपक गिरी र विद्यालयका कोअर्डिनेटर सूर्यप्रसाद लम्सालले ब्यानरमा हस्ताक्षर गरी बेलुन उडाएर ३ दिने खेलकुद प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । सिनियर छात्र फुटबलमा मार्कोनी हाउस प्रथम भएको थियो भने ग्यालिलियो हाउस द्वितीय भएको थियो । जुनियर छात्र फुटबलमा न्युटन हाउस प्रथम,आइन्सटाइन हाउस द्वितीय, भयो भने छात्रा फुटबलमा… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट सुरु मेसी, रोनाल्डो, सन्दीप लामिछाने, सावित्रा जस्ता प्रतिभा पोखरामा पनि जन्मन सक्छनः सांसद गुरुङ

दीननाथ बरालपोखरा ५, मंसिर, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट २०८१ सुरु भएको छ । तीन दीनसम्म संचालन हुने उक्त स्पोटर्स मिटको आज (बुधबार) एक समारोहका बिच सांसद मन बहादुर गुरुङले उद्घाटन गर्दै बिद्यालयले शिक्षासंगै खेलाडी उत्पादनको लागि विभिन्न खेलकुद गतिविधि गर्नूपर्नेमा जोड दिनु भयो । उहाँले हरेक व्यक्तिसंग विभिन्न क्षमता हुने हुदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न बिद्यार्थीहरुमा आग्रह गर्नु भयो । सांसद गुरुङले नेपालका सन्दिप लामिछाने, सावित्रा भण्डारी देखि विदेशी खेलाडी मेसी, रोनाल्डो जस्ता… पुरा पढौ

खेलकुदमा देखिएको अन्यौल हटाउन प्रदेश खेलकुद परिषद गण्डकीको माग, दशौं खेलकुदको तत्काल मिति तोक्न सदस्य सचिव शर्माको आग्रह

दीननाथ बरालपोखरा ४, मंसिर, खेलकुद क्षेत्रमा देखिको अन्यौल हटाउन प्रदेश खेलकुद परिषद गण्डकीले माग गरेको छ । आज भन्दा दुई बर्ष अघि गण्डकी प्रदेशको राजधानि पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन संगै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति २०८१ म्ंसिर २ देखि ९ गतेको मिति घोषणा गरे पनि हालसम्म राष्ट्रिय खेलकुद परिषदले यसका बिषयमा मौन रहेकोले खेलकुद क्षत्रमा भएको अन्यौल अन्त्य गर्न परिषदले माग गरेको हो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यथासिघ्र घोषणा गर्न यूवा तथा… पुरा पढौ

पोखरामा मंसिरको पहिलो साता शिव फोर्टी प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने

पोखरा ४, मंसिर, मंसिरको पहिलो साता पोखरामा पहिलोपटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ ।चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गरी आगामी मंसिरको ७ र ८ गते पोखरामा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टीमले नगद ५० हजार ट्रफी र मेडल, दोश्रो हुनेले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिव भट्टराइले जानकारी दिए । भट्टराइका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १५ सय र ट्रफी र बेष्ट कीपरलाई नगद १… पुरा पढौ