खेलकुद

तपाईहरु ढुक्क हुनुहोस २०२७ मा विश्व कपका केही खेल पोखरामा हुन्छःमन्त्री—चौधरी

दीननाथ बराल, पोखरा १९, मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सन् २०२७ मा विश्व कप क्रिकेटका केही खेल पोखरामा हुने दाबी गर्नु भएको छ । सन् २०२७ मा यू–१९ महिना वल्र्ड कप क्रिकेट प्रतियोगिता नेपाल र बंगलादेशमा हुने भए पनि केही खेलको लागि पोखरामा संचालनको लागि पोखरा क्रिकेट मैदानमा आवश्यक भौतिक संरचना निर्माण गर्न सरकार तयार रहेको बताउदै केही खेल पोखरामा हुने उहाँले दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=ZU1jqyf37Hc बुधबार पोखराका पत्रकारसंग कुराकानी गर्दै मन्त्री चौधरीले अब… पुरा पढौ

पोखरामा १८ औं प्याब्सन स्पोट्र्स मिट सुरु, खेलकुदको पूर्वाधारमा राज्यले अब लगानी बढाउछः मन्त्री चौधरी

पोखरा १९, मंसिर, पोखरामा १८ औं सस्करणको प्याब्सन स्पोर्टस मिट २०८१ सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन एथलेटिक्स छात्रा सिनियर कक्षा ११–१२ तर्फ ८०० मिटर दौडमा प्रतिभा माविकी मेनुका अधिकारीले २ मिनेट ५१.३६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् । टप्स माविकी सविना खातुन मियाँले ३ मिनेट ८.६४ सेकेण्डमा उक्त दुरी पार गरी दोस्रो र डायमण्डकी सुष्मा सापकोटाले ३ मिनेट २१.५२ सेकेण्डमा उक्त दुरी पार गरी तेस्रो भएकी छन् । यस्तै छात्र सिनियर… पुरा पढौ

शनिबार देखि भण्डारढिकमा आदर्श कप फुटवल हुने, प्रति टिकट १५ रुपैया लेखनाथ पत्रकारलाई सहयोग

दीननाथ बराल, पोखरा १९, मंसिर, पोखराको भण्डारढिकमा आउँदो शनिबार देखि २५ औं सस्करणको आदर्श कप फुटवल प्रतियोगिता २०८१ सुरु हुने भएको छ । मंसिर २२ गते (शनिबार) हुने उद्घाटन खेलमा आयोजकः आर्दश युवा क्लव र एन्फा तनहुँ बिच हुने तयारी गरिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कोडिभले प्रभावित भई ६ बर्ष पछि हुन लागेको उक्त प्रतियोगितामा तीन विभागिय सहित ८ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष पदम गुरुङले बताउनु भयो । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५… पुरा पढौ

पोखरा आइटिएफ जे३० जुनियर टेनिस ः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा

पोखरा १९, मंसिर, जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स÷ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका हुन् । तेस्रो दिनको खेलबाट ब्वाइजतर्फ नेपाली खेलाडी आरभ सम्राट हाडाले हाफ्नो जितको लयलाई कायम गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् । आारभले भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका हुन् ।… पुरा पढौ

फागुन अन्तिम साता दशौं राष्ट्रिय खेलकुदको मिति घोषणा गछौंः मन्त्री चौधरी (भिडियो सहित)

दीननाथ बराल,पोखरा १९, मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति केही दिनमा बन्ने परिषदको बैठकले तोक्ने बताउनु भएको छ । आगामी फागुन महिनाको अन्तिम सातामा उक्त प्रतियोगिता हुने गरी निर्णय गर्ने तयारी भएको उहाँले खुलसा गर्नु भयो । आज (बुधबार) पोखरा रंगशालाको अवलोकन पश्चात विभिन्न खेल संघहरुसंग सक्षिप्त कुराकानी गर्दै मन्त्री चौधरीले पत्रकारसंग कुराकानी गर्दै विश्व कप क्रिकेटको लागि बजेट अभावले गर्दा कुनै खेलहरु प्रभावित नहुने बताउनु भयो… पुरा पढौ

पोखरा आइटिएफ वल्र्ड टेनिस टुर जे३० टेनिस ः दोस्रो दिन पहिलो चरणका खेल जारी

पोखरा१८, मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० अन्तर्गत पहिलो सर्किटका खेलहरु दोस्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिता अन्तर्गत दोस्रो दिन गल्र्स÷ब्वाइज सिंगल्स जारी रहेका छन् भने गल्र्स÷ब्वाइज डबल्सतर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगिताको दोस्रो दिन ब्वाइज सिंगल्सतर्फ पहिलो राउन्डको दोस्रो दिनको खेलमा प्रनव मानन्धर (नेपाल)ले श्रीकर धोनी (भारत) लाई ६–१, ७–५ ले पराजित गरे । त्यसै गरी हैनुओ गुओ (चीन) ले यश्विन दहिया (भारत) लाई २–६, ६–१, ६–१ ले पराजित गर्दा, हान्बो… पुरा पढौ

तेह्रौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा १७, मंसिर, रबि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को उत्पादन बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोनजामा आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने तेह्रौं संस्करणकोे पोखरा महोत्सवलाई बेटरले मुख्य प्रायोजकको रुपमा रहेर साथ दिने भएको हो । पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले महोत्सवको मुख्य प्रायोजकको सम्झौता… पुरा पढौ

स्वर्गीय प्रदीपको सम्झनामा खुला बास्केटबल प्रतियोगिता हुँदैं

पोखरा, १७ मंसिर, कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका १० रामघाटस्थित पुन समाजको कोर्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार खुला पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।यस्तै उपविजतो बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र… पुरा पढौ

पोखरा आइटिएफ वल्र्ड टेनिस टुर जे३० प्रतियोगिता सुरू,पोखरामा खेल पर्यटनको अथाह सम्भावना छः मेयर आचार्य

पोखरा १७, मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबार देखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू भएको छ । प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा ३५ खेल सम्पन्न भएको संघले जनाएको छ । प्रतियोगिताका विश्व नं १ बरियता जापनका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतिय… पुरा पढौ

गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता गर्दै, विजेताले एक लाख पाउने

पोखरा १७, मंसिर, गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रंगशालामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए । सोमबारदेखि टिम दर्ता खुला गरिएको सुवेदीले बताए । दर्ता शुल्क २५ सय तोकिएको छ ।उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता… पुरा पढौ