समाज

केशर मेडिस्पा पाचौँ वर्षमा

पोखरा, २९ असोज पोखरा महानगरपालिका वडा न.५ प्रस्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको पाचौँ वार्षिकोत्सव मनाएको छ । २०७५ साल असोज २४ गते धटस्थापनाकै दिनमा केशर मेडिस्पाले आफ्नो सेवा सुभारम्भ गरेको हो । घरमै चिकित्सकीय सेवा दिने र कपाल उमार्ने, चायापोतो, डंडीफोर ,फेसियल, रिङ्कल,लेजर प्रबिधिबाट टाटु हटाउने,कोठी हटाउने लगायतका उपचारका लागी डा. सुरेन्द्र सापकोटाले सञ्चालनमा ल्याउनुभएको हो । केशर मेडिस्पाका प्रबन्ध निर्देशन डा.सुरेन्द्र सापकोटाले जुन पहिचानका साथ पाचौं वार्षिकोत्सब मनायौ यो सफलताको श्रेय स्थापनाकाल देखी निरन्तर सेवामा रहनुहुने सम्पुर्ण कर्मचारी एव… पुरा पढौ

पोखरामा पुनः तोरीपानीबाट प्याराग्लाईडिङ उडान भएसंगै पाइलट र व्यवसायी उत्साही, स्थानिय आमा समुह तथा क्लवद्धारा स्वागत

दीननाथ बराल पोखरा २८ ,असोज पोखरामा पुनः तोरीपानी बाहकोटबाट प्याराग्लाईडिङ उडान भएसंगै प्याराग्लाईडिङ पाइलट र व्यवसायी उत्साही हुनु भएको छ । संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडानको अनुमति प्राप्त भएसंगै घटस्थापनाको दिन (आईतबार) देखि तोरीपानीबाट उडान भएसंगै पाइलट एवं व्यवसायीहरु निकै उत्साहित हुनु भएको हो । पोखरामा विगत साँढे ९ महिना देखि स्थान्तरण भएको साहसिक खेल प्याराग्लाईडिङ अन्ततः पहिलाको स्थान तोरीपानी बाहकोटबाट उडान सुरु भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल बहादुर भट्टराईले बताउनु भयो ।… पुरा पढौ

पोखरा २२ (पुम्दी—भुम्दी) मा ३ दिनसम्म चलेको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ४४ जना लाभान्वित

दीननाथ बराल पोखरा २८, असोज पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालको आयोजनामा पोखरा २२ (पुम्दी—भुम्दी) आइतार सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ४४ जना लाभान्वित हुनु भएको छ ।  पोखरा महानगरपालिका वडा नम्बर २२ को कार्यालय र स्वास्थ्य कार्यालयको समन्वयमा तीन दीनसम्म चलेको स्वास्थ्य शिविरमा १० विधामा २ हजार ५ सय ९६  सेवा उपलब्ध गराएको नेलम्बो नेपालले जनाएको छ । उक्त शिविरमा जनरल सेवा ५ सय ७०, हाडजोर्नी तथा नसा ३ सय ९८, स्त्रीरोग परिक्षण सेवा १ सय ९०,… पुरा पढौ

पाल्पाली समाजको शुभकामना आदानप्रदान

पोखरा, २८ असोज पाल्पाली समाज पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दसैं, तिहार, नेपाल संवत्, छठ पर्व अवसरमा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, पाल्पा हाउस प्रालि र पाल्पा कोलोनी प्रालिसँगको संयुक्त आयोजनामा न्यूरोडस्थित पाल्पा हाउसमा आइतबार सो कार्यक्रम भएको हो । प्रमुख अतिथि समाजका सल्लाहकार एवं शिवशक्ति क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले पाल्पाली समाज पोखराका गतिविधिको प्रशंसा गर्दै चाडपर्व अवसरमा सुखशान्ति र समृद्धिको कामना गरे । समाजका संरक्षक एवं सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समाज पछिल्लो समय बृहत् हुँदै गएको बताए । समाजका… पुरा पढौ

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

दीननाथ बराल पोखरा, २८ असोज पोखराको विन्ध्यवासिनी मन्दिरमा विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० सुरु भएकोे छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा वडा दशैं पर्वको अवसरमा आज (घटस्थापना) देखि उक्त महोत्सव सुरु भएको हो । नवमीसम्म चल्ने उक्त महोत्सवको एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै पोखराको धार्मिक तिर्थ स्थलको रुपमा रहेको उक्त मन्दिरले यस क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । भारतिय पर्यटकहरुको आकषर्णको केन्द्र बनाउन मुक्तिनाथ मन्दिर जाने पर्यटकहरुलाई समेत आकषर्ण गर्न… पुरा पढौ

आइतबार पोखरामा दूई गीत लोकापर्ण

पोखरा २८ असोज आइतबार पोखरामा दूई गीत लोकापर्ण भएका छन् । विनोद वानियाँको संगीत र राजाराम पौडेलले रचना गरेका ‘साना बाबु नानी हामी’ र ‘हामी गीत गाउँछौं’ गीत जोजिजु म्युजिकल जर्नी २०८० कार्यक्रमको आयोजना गरेर लोकापर्ण गरिएको हो । जोजिजू म्युजिक सेन्टरको प्रस्तुतीमा निर्माण भएका दुवै गीत कवि एवं संस्कृतीकर्मी तीर्थ श्रेष्ठले लोकापर्ण गरेका हुन् । पत्रकार समेत रहेका पौडेलको रचना र गायक समेत रहेका वानियाँको संगीत रहेको ‘साना बाबु नानी हामी’ बोलको बाल गीतमा आवाज उत्पेरणा जोजिजूको रहेको छ… पुरा पढौ

दशैँ,तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशत सम्म छुट

पोखरा २८, असोज नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा… पुरा पढौ

मंसिरमा पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने

पोखरा २८, असोज पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने भएको छ । बैदाम तामाङ सेवा समाज र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई गुम्बा राप्ने (प्राण प्रचिष्ठा) —२०८० नाम दिइएको छ । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म हुने उक्त पूजा कार्यक्रममा धर्मगुरु ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छ । विश्व शान्ति पूजामा प्रज्ञा पारामिता र त्रिपिटक काग्युर पाठ वाचन हुने जानकारी गराइएको छ । १०८ जना लामा गुरुबाट लगातार ८… पुरा पढौ

होमस्टे महासंघ नेपालको अध्यक्षमा प्रेमशंकर मर्दिनिया उपाध्यक्षमा प्रकाशचन्द्र गुरुङ्ग

जीवन बराल असोज २८ पोखरा । देशभरका होमस्टेहरुको छाता संगठन होमस्टे (घरबास) महासंघ नेपालको चौथो अधिवेशनबाट अध्यक्षमा प्रेमशंकर मर्दिनिया सर्वसम्मत चयन भएका छन् ।असोज २६ र २७ गते चितवनको माडीमा भएको अधिवेशनले आगामी ४ बर्षका लागि मर्दिनियालाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । उनी नवलपरासीमा रहेको अमलटारी होमस्टेका अध्यक्षसमेत हुन् । ५१ सदस्यीय केन्द्रीय समितिमा ६ जना उपाध्यक्ष, १ महासचिव, १ जना सचीव, १ जना कोषाध्यक्ष र ४१ जना सदस्य चयन गरिएको छ । उपाध्यक्षहरुमा बाबुराजा महर्जन, धनिश्वर… पुरा पढौ

पोखरामा दीप प्रज्वलन

पोखरा २८, असोज ईजराईलमा ज्यान गुमाएका नेपालीहरुको स्मृतिमा पोखरामा दीप प्रज्वलन गरिएको छ । ईजराईलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीहरुको स्मृतिमा पोखराको पृथ्बीचोक, बगर, महेन्द्रपुल लगायतका स्थानमा दीप प्रज्वलन गरिएको हो । हमासको आक्रमणमा परेर ईजराईलमा काम गर्न गएका १० जना नेपालीको ज्यान गएको थियो । अन्य केहि घाइते भएको नेपाल सरकारले जनाएको छ । घाईते मध्ये केहि स्वदेश फर्किसकेका छन् भने गम्भीर घाईते केहिको ईजराईलमै उपचार भइरहेको छ । नेपाल सरकारले केहि दिनअघि विमान चार्टर गरेर ईजराईलमा रहेका… पुरा पढौ

This will close in 20 seconds