पोखरामा पुनः तोरीपानीबाट प्याराग्लाईडिङ उडान भएसंगै पाइलट र व्यवसायी उत्साही, स्थानिय आमा समुह तथा क्लवद्धारा स्वागत

-


     पोखरा क्लिक     
     असाेज २८ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा २८ ,असोज

पोखरामा पुनः तोरीपानी बाहकोटबाट प्याराग्लाईडिङ उडान भएसंगै प्याराग्लाईडिङ पाइलट र व्यवसायी उत्साही हुनु भएको छ । संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडानको अनुमति प्राप्त भएसंगै घटस्थापनाको दिन (आईतबार) देखि तोरीपानीबाट उडान भएसंगै पाइलट एवं व्यवसायीहरु निकै उत्साहित हुनु भएको हो ।

पोखरामा विगत साँढे ९ महिना देखि स्थान्तरण भएको साहसिक खेल प्याराग्लाईडिङ अन्ततः पहिलाको स्थान तोरीपानी बाहकोटबाट उडान सुरु भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल बहादुर भट्टराईले बताउनु भयो । पोखरा अन्तरास्ट्रिय विमानस्थलको कारण देखाउदै पोखरा १८ को तोरीपानीबाट पोखरा २४ को मान्द्रेढुंगाबाट स्थान्तरण भई संचालन गरिएको प्याराग्लाईडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट आज (आइतबार) देखि सुरु भएको हो ।

घटस्थापनाको दीन देखि पुरानै स्थान तोरीपानीबाट प्याराग्लाईडिङको उडान भर्ने (टेकअफ गर्ने) भए पछि प्याराग्लाईडिङ पाइलट, पर्यटकहरुलाई स्थानिय आमा समुह, तोरीपानी युथ क्लव लगायतका संघ संस्थाहरुले फुलमाला, खादा तथा अविर लगार स्वागत गर्नु भएको थियो । आफ्नो गाँउको पहिचान सहित गाउँबाटै प्याराग्लाईडिङ उडान हुने हुँदा आफ्नो गाँउको साहसिक खेलले पर्यटन प्रबद्र्धन हुने स्थानिय पर्यटन व्यवसायी प्रेम बहादुर तिमिल्सिनाले बताउनु भयो । आफ्नो क्षेत्रबाट साँढे ९ महिनामा स्थान्तरण भएको प्याराग्लाईडिङ पुनः उडान गर्न अनुमती पाएसंगै आइबतारदेखि सुरु भएकोमा आफुहरु निकै हर्सित भएको तोरीपानी युथ क्लवका अध्यक्ष बसन्त बहादुर तिमिल्सिनाले एटुजेडलाई बताउनु भयो ।

पोखरामा फष्टाउदै आएको साहसिक खेल प्याराग्लाईडिङ स्थान्तरण भएसंगै हिजोआज करिब ५ गुणाले खस्केको व्यवसायीहरु बताउनु हुन्छ । पोखरा अन्तरास्ट्रिय विमानस्थल संचालन हुनु पूर्व पोखराबाट दैनिक जसो ५ सय आन्तरिक तथा बाह्यि पर्यटकहरुले प्याराग्लाईडिङ गर्र्दै आए पनि हाल स्थान्तरण भएसंगै हिजोआज भने पहिलो तुलानमा ५ गुणाले ह्वात्तै घटेर १ सय जनाको हाराहारीमा पुगेको एक प्याराग्लाईडिङ पाइलट रेवतीरमण पहारीले बताउनु भयो । नाका महासिचव खेमराज आचार्यले हाल पोखरा क्षेत्रमा ६२ वटा प्याराग्लाईडिङ कम्पनी रहेको उल्लेख गर्दै १० जना महिला सहित ३ सय ९९ जना प्याराग्लाईडिङ पाईलटहरू रहेको बताउनु भयो ।