पोखरा, २९ असोज
पोखरा महानगरपालिका वडा न.५ प्रस्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको पाचौँ वार्षिकोत्सव मनाएको छ ।
२०७५ साल असोज २४ गते धटस्थापनाकै दिनमा केशर मेडिस्पाले आफ्नो सेवा सुभारम्भ गरेको हो । घरमै चिकित्सकीय सेवा दिने र कपाल उमार्ने, चायापोतो, डंडीफोर ,फेसियल, रिङ्कल,लेजर प्रबिधिबाट टाटु हटाउने,कोठी हटाउने लगायतका उपचारका लागी डा. सुरेन्द्र सापकोटाले सञ्चालनमा ल्याउनुभएको हो ।
केशर मेडिस्पाका प्रबन्ध निर्देशन डा.सुरेन्द्र सापकोटाले जुन पहिचानका साथ पाचौं वार्षिकोत्सब मनायौ यो सफलताको श्रेय स्थापनाकाल देखी निरन्तर सेवामा रहनुहुने सम्पुर्ण कर्मचारी एव सुभचिन्तहरुमा रहने बताउनु भयो । बिशेष अथिति डा. सुनिल कार्की ,हेल्थ एट होमका डा.आरती सापकोटा ,डा. चन्दन श्रेष्ठ साथै लायन्स क्लबअफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठ लगायतले बिजय दशमी , तिहार साथै छठ् पर्वको सुभकामनाका साथै मेडिस्पा पा.लिको निरन्तर सफलताको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका बिच “ इम्प्लोय अफदि मन्थ“ बाट सुरज सुनवारलाई सम्मान, आर.एन संगीत थापा, लेजेष्टिक म्यानेजर सुरेन्द्र राज कोईरालालाई बिधाई गरिएको छ ।
मेडिस्पाका प्रबन्ध निर्देशक डा.शुरोन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मेडिस्पाका प्रोमोटर राजेन्द्र सापकोटाले, सञ्चालन रेडियो हेमजाका स्टेशन म्यनेजर निराजन अधिकारीले गर्नुभएको थियो ।