समाज

फोटो पत्रकार अक्षयकोषमा पत्रकार गंगाधर पराजुलीको सहयोग

पोखरा, २३ चैत, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार गंगाधर पराजुलीले आर्थिक सहयोग गरेका छन् । पत्रकार पराजुलीले अक्षयकोषमा नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । नेपाल सरकार अन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष पराजुलीले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।सहयोग प्राप्त भएपछि एनपिजेए कास्की… पुरा पढौ

होटल पौवाको १०औँ वार्षिकोत्सवमा ‘पौवा उत्सव’ आयोजना गरिने

पोखरा, नेपाली हस्पिटालिटीलाई ब्रान्डका रूपमा स्थापित गर्दै आएको होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित ‘पौवा उत्सव’ मनाउने भएको छ। कम्पनीले चैत्र २५ गते ‘पौवा दिवस’ मनाउने औपचारिक कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ। वार्षिकोत्सवको पूर्वसन्ध्यामा, चैत्र २४ गते बिहान ९ः०० बजे पोखरास्थित पौवा पोखरा प्रा.लि.को रूपा हलमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा होटलको आगामी योजना, उपलब्धि तथा नेपाली आतिथ्य क्षेत्रको विकासबारे छलफल गरिने जनाइएको छ। त्यसैगरी, वार्षिकोत्सवको अवसर पारेर चैत्र २६, २७ र २८ गते ‘पौवा… पुरा पढौ

‘फिस्टेल युनिभर्सिटी फेयर २०२६ सम्पन्न

पोखरा, पोखरा १७ तल्लो बिरौटा, कास्कीमा रहेको फिस्टेल एकेडेमी स्कुलले ‘फिस्टेल युनिभर्सिटी फेयर २०२६’ सम्पन्न गरेको छ ।शनिवार विद्यालयमा आयोजना भएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूले उच्च शिक्षा अध्ययनका लागि एकै ठाउँबाट विविध जानकारी प्राप्त गरे । ‘घर त्यो हो, जहाँ भविष्य छ’ भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रमले उच्च शिक्षाका लागि नेपालमा रहेको सम्भाव्यतालाई उजागर गर्ने काम ग¥यो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डीन प्रा।डा।बालचन्द्र लुइँटेलले नेपाली विश्वविद्यालयमा विद्यार्थी घट्नुको कारण राज्यको अव्यवस्था र विश्वमा आइरहेको फरक सोँच हो भन्दै विश्वविद्यालयका… पुरा पढौ

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

पोखरा , नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् । संघका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सो नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिका वाँकी सदस्य तथा सल्लाहकारहरु अब बस्ने कार्यसमिति बैठकले चयन गर्ने लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथकले जानकारी… पुरा पढौ

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न

पोखरा , इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न भएको छ । पोखरा इभेन्ट सेन्टरमा भएको भव्य कन्भेन्सनबाट आगामी लायन वर्षका २०२६र२७ लागि डिष्ट्रिक्ट गभर्नरमा प्रजापती बास्तोला, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा कुश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन् । कन्भेन्सनमा उपस्थित प्रमुख अतिथि इन्टरनेसनल डाइरेक्टर पंकज मेहता र विशेष अतिथिका रुपमा उपस्थित पाष्ट इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गरेको कार्यको प्रशंसा गर्दै मेम्बरसिप ग्रोथमा अझ ध्यान दिन आग्रह गरे… पुरा पढौ

गुरुङ लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ

पोखरा, २३ चैत, गुरुङ (तमू) लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरा–१८ स्थित पाल ङाघ्युर साङङ छ्योलिङ गुम्बामा आइतबार भएको गुरुङ ९तमू० लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको प्रथम अधिवेशनबाट लामा गुप्ती गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा लामा प्रेमकाजी गुरुङ, उपाध्यक्षमा लामा अशोक गुरुङ, महासचिवमा लामा सन्तोष गुरुङ, सचिवमा लामा मिलन गुरुङ, कोषाध्यक्षमा लामा शेरब गुरुङ र सहकोषाध्यक्षमा लामा अमृत गुरुङ… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पोखरा, दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् । वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल… पुरा पढौ

भव्य तयारीसहित ‘पोखरा स्पोर्टस अवार्ड’ ः समावेशी र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’लाई भव्य, सभ्य र थप प्रभावकारी बनाउने उद्देश्यसहित कास्की जिल्ला तथा गण्डकी प्रदेशका विभिन्न खेल संघसंग छलफल गरेको छ । आगामी बैशाख १८ गते पोखरामा हुने दशौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई खेलाडीमैत्री, पारदर्शी र समावेशी बनाउने लक्ष्यसहित सुझाव संकलन गर्न मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको होे । पौडेलले खेल क्षेत्रको वास्तविक अवस्था बुझ्दै अवार्डलाई अझ व्यवस्थित बनाइने स्पष्ट पारे । छलफलमा सहभागी संघका प्रतिनिधिहरूले… पुरा पढौ

वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन

पोखरा, २३ चैत, पोखरा वडा नं। १५ का सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् । वडा सदस्य भण्डारीको एकल अगुवाईमा आयोजित कार्यक्रममा १५१ युनिट रक्त संकलन गर्न सफल बनेका छन् । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको व्यवस्थापन भण्डारी स्वयं आजीवन सदस्य रहेको संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले गरेको थियो । पोखराका वडा अध्यक्षहरू र मातापिताले संयुक्त रुपमा रक्तदाताहरूलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । , पोखरा १२ का अध्यक्ष सन्तोष… पुरा पढौ

पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने

चैत २३, पोखरा, यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं। २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ । प्रतियोगिता विशेषगरी डर्ट बाइक ९अफ–रोड मोटरसाइकल० प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र… पुरा पढौ