समाज

चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् मुख्यमन्त्री पाण्डे

पोखरा १४, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् । ‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने… पुरा पढौ

मन्त्री केसीले भने ः नयाँ भवन अपाङ्गमैत्री बनाउन ध्यान रहन्छ

पोखरा, १४ असोज, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीलाई सात बुँदे माग बुझाएको छ । सोमबार मन्त्रालयको प्राङ्गणमा भएको भेटमा टोलीले मन्त्री केसीलाई अपाङ्गता भएका व्यक्तिको हकमा गरिनुपर्ने कामबारे विभिन्न सात वटा माग राखेको हो । प्रदेशभित्र निर्माण हुने भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने, अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय पहुँचयुक्त हुनुपर्ने, नगर तथा प्रदेशस्तरमा पहुँचयुक्त सार्वजनिक यातायात सञ्चालन… पुरा पढौ

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ असोज, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०÷८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा ९३० को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी… पुरा पढौ

दसैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट पाइने

पोखरा १४, असोज नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक… पुरा पढौ

प्रिमियमर स्मार्ट इभीनामी ः द बिग पोखरामा सार्वजनिक

काठमाडौं, १४ असोज, नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आफ्नो प्रिमियमर स्मार्ट इभीनामीलाई सार्वजनिक गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराई, पोखरा पोखरा बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामीपोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामीइभी सार्वजनिक गर्नु भएको हो । सेग्मेन्टमै सबै भन्दा लक्जरियस र इन्टेलिजेन्ट नामीइभीले पोखराको… पुरा पढौ

शिशुवामा युआरएलको शिविर, पौने ४ सयको जाँच

पोखरा, १२ असोज, आउँदै गरेका नेपालीका चाडपर्व दसैं, तिहार लगायतको सन्दर्भमा पोखराको शिशुवामा युआरएल फाउन्डेसनले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । युआरएल शिशुवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ सय ७५ जनाले सेवा लिएका छन् । शिविरमा थाइराइड, बाथरोग र रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचको शुल्कमा आधा छुट दिइएको थियो । कार्यक्रमाम वरिष्ठ फिजिसियन डा राजेन्द्र पौडेल नसर्ने रोगहरु बढ्दै गएको जनाउँदै सचेतना र स्वास्थ्य सजगता जरुरी भएकोमा जोड दिए… पुरा पढौ

पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान स्वजागरण कार्यक्रम

पोखरा १३, असोज, पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो । कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक

पोखरा १३, असोज, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए । त्यसै… पुरा पढौ

राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माण कार्यलाई प्रथामिकता दिने गण्डकी प्रदेश सरकारको प्रतिवद्धता

दीननाथ बराल, पोखरा १३, असोज, गण्डकी प्रदेश सरकारले राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माणको कामलाई उच्च प्रथामिकता दिने भएको छ । गण्डकी प्रदेशको संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता सार्वजनिक गर्न आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कुरा बताउनु भएको हो । उहाँले आगामी एक बर्षमा संयुक्त सरकारले आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासीको सोचलाई मुर्त रुप दिन ५९ बुंदे साझा संकल्प र नीतिगत प्रतिवद्धत्ता व्यक्त गर्नु भएको… पुरा पढौ

अन्नपुर्ण गाँउपालिकामा ३९१ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

पोखरा १३, असोज, विश्व मुटु दिवशका अवशर पारेर स्वस्थ मुटु नेपाल, अन्नपुर्ण गाउँपालिका ,टाईगर ग्रुप अफ पोखरा नेपाल,चरक मेमोरीयलहस्पिटल प्रा। लि।, को आयोजनामा कास्कीको अन्नपुर्ण गाँउपालिकामा ३९१ जनाको निस्शुल्क स्वास्थ्य परिक्षण तथा जन चेतनामुलक कार्यक्रम भयो । आइतवार कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडा स्वास्थ्य चौकीमा निस्शुल्क मुटु रोगीहरुको स्वास्थ्य परिक्षण सहित १७१ जनाको ईको, २५० जनाको ईसिजी र २९१ जनालाई नि शुल्क अ‍ौंषधि बितरण गरेका थिए ।उक्त कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीले मुटुरोग विशेषज्ञ डा सुर्य देवकोटालाई… पुरा पढौ

This will close in 20 seconds