समाज

पोखरा जगदम्बा ट्राभल्सले पोखरा काठमाण्डौं रुटमा पुनः २ वटा बस थप गर्यो, पोखरा देखि विराटनगरसम्म स्तरीय बस सेवा सुरु (भिडियो)

दीननाथ बराल,पोखरा १८, असोज, यातयात क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको पोखरा जगदम्बा ट्राभल्सले पोखरा काठमाण्डौंमा थप दुई र पोखरा देखि काकडभिट्टासम्म दुई वटा अत्याधुनिक सेवा सुविधा भएका बस सेवा संचालनमा ल्याएको छ । नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा काठमाण्डौं सहित पोखरा देखि पुर्व तर्फ धरान, बिराटनगर हुदै काकडभिट्टासम्मको लागि अत्याधुनिक सेवा सुविधा भएका बस सेवा संचालनमा ल्याएको पोखरा जगदम्बा ट्राभल्स प्रा.लि.का प्रोपाइटर युवा व्यवसायी केशव प्रसाद अधिकारीले बताउनु भयो । विगत २५ बर्ष अगाडीदेखि सेवा प्रदान गर्दै आएको कम्पनीले… पुरा पढौ

शोभाकर बरालद्वारा लिखित पौराणिक आदर्श नारीहरू लोकार्पण

पोखरा, १८ असोज शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ ।स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवम् लिलावती अध्ययन प्रतिष्ठान, पोखरा–२२ को संयोजनमा आज पुम्दीभुम्दीस्थित सक्रिय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को भवनमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का विखर्ची, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुुर्गाबहादुर शाह‘बाबा’, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल लगायतले पुस्तकको लोकार्पण गर्नुुभएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम्… पुरा पढौ

‘एमेच्युअर फुटबल’मा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन

पोखरा, १८ असोज, पोखरा महानगरपालिका १५ नयाँगाउँमा सम्पन्न विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगितामा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन बनेको छ । गोर्खाज बुटक्याम्पको खेलमैदानमा आज भएको फाइनल खेलमा चाउथे एफसीलाई२–१ गोल अन्तरले पराजित गर्दै ब्यूटी स्टुडियो च्याम्पियन बनेको हो । कार्यक्रम संयोजक रोमन मगरका अनुसार ब्यूटी स्टुडियोको जीतमा अंकित गुरुङ र युनिक तामाङले समान १ गोल गरे भने चाउँथेका लागि सुजन गुरुङले सान्त्वना १ गोल फर्काए । च्याम्पियन बनेको ब्यूटी स्टुडियोले नगद रु ६० हजार, शिल्ड तथा प्रमाणपत्र… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त

पोखरा १८, असोज, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैंरविजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्नुभएको छ… पुरा पढौ

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू

पोखरा १८, असोज, मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हट एअर बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । कम्पनीले… पुरा पढौ

पोखरा सौराहमा अत्याधुनिक सुबिधा भएको बस सेवा सुरु

पोखरा १७, असोज, दशैं पर्वको अवसरमा पोखरा देखि सौराहासम्म सोफा एसी बस सञ्चालनमा आएको छ । अत्याधुनिक सुविधा भएको उक्त बस पोखराको पर्यटन बसपार्कबाट बिहान ७ः३० बजे र सौराहाबाट विहान ७ः०० छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनु भयो । सुबिधा युक्त २५ सिट भएको उक्त बस असोज १७ गते घटनस्थापनाका दिन देखी बस सेवा सञ्चालन भएको उहाँले जनाउनु भयो । यात्रुको सुविधालाई मध्यनजर गर्दै थप सुविधा सम्पन्न बस पोखरा–नारायणगढ रुटमा संचालन गरिएको अध्यक्ष केसीले जनाउनु भयो… पुरा पढौ

गण्डकी प्रदेश सरकारले बाढी पहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

पोखरा १७, असोज, गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ ।‘विपद्का कारण काठमाडौँ उपत्यका सहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो, यो… पुरा पढौ

अमरसिंहमा खुल्यो ‘दोकान घर’

पोखरा, १७ असोज, पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ ।युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् ।उक्त दोकान घरको उद्घाटन आज (बुधबार) पोखरा महानगरपालिका–१२ का वडासदस्य तथा युवा नेता शान्तबहादुर थापाले गरे । सो अवसरमा बोल्दै थापाले व्यवसायीक सफलताको कामना गरे । उनले अमरसिंहबाट सञ्चालनमा रहेपनि उक्त दोकान घरले सारा पोखरेलीलाई नै सेवा दिने विश्वास व्यक्त गरे । यस्तै पोखरा १२ का मेलमिलाप समितिका संयोजक तथा कुँडहरचोक टोल विकास… पुरा पढौ

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा, असोज १७ गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई कवि तथा गीतकार रमेश श्रेष्ठ, हरिदेवी कोइराला र संस्थाका अध्यक्ष शीतल गिरीले सम्मान गरे । लमजुङमा जन्मेर पचासको दशकको सुरुदेखि नै पोखरालाई कर्मथलो बनाएर साहित्यिक क्षेत्रमा क्रियाशील सरूको प्रकाशन यात्रा २०४९ मा गीतबाटै भएको थियो । आफ्नो पहिलो… पुरा पढौ

इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

पोखरा १७, असोज, गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो । गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष राई र निरा थापा मगरको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई एस टु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । गीत निरा थापा मगरकोको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समय बिष्ट सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई… पुरा पढौ

This will close in 20 seconds