समाज

पोखरामा भोलि विहान ४ः३० देखि नै हवाई उडान हुने

पोखरा १६, असोज पोखरामा भोलि विहान (विहिबार ) देखि ४ः३० देखि नै हवाई उडान हुने भएको छ । नेपालीहरुको महान चार्ड बडा दशैं पर्व नजिकीदै गर्दा हवाई यात्रामा यात्रुको माग र चाप बढेकोले भोलि देखि पोखरा देखि काठमाण्डौंको हवाई उठान विहान ४ः३० बजे देखि गर्न सकिने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम भोलि घटस्थापना… पुरा पढौ

‘एमेच्युअर फुटबल’मा बिहीबारदेखि क्वाटरफाइनलका खेल

पोखरा, १६ असोज पोखरा महानगरपालिका १५ नयाँगाउँमा जारी विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता आज प्रिक्वाटरका ९ खेल सम्पन्न भएका छन् । कार्यक्रम संयोजक विकास गुरुङका अनुसार आज भएको पहिलो खेलमा खाल्टे एफसीले रानीपौवा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्याे । यस्तै अर्काे खेलमा एके हाउसले गण्डकी प्रदेश टिमलाई ४–३ गोल अन्तरले हरायो । तेसो खेलमा चाउँथे एफसीले सेभेन ट एटलाई ३–२ गोलअन्तरले पराजित गर्याे । चौथों खेलमा ग्रुप म्यासअपले नयाँगाउँ ब्रदर्शलाई १–० को फराकिलो गोल अन्तरले पराजित… पुरा पढौ

पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्ष

पोखरा, १६ असोज जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ । जिल्ला प्रशाशन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो । वडा प्रहरी कार्यालय वगर र अस्थायी ट्राफिक पोष्ट वगरको निगरानिमा रहने उक्त यात्रु सहायता कक्ष चाड पर्वलाई लक्षित गरेर राखिएको हो । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज… पुरा पढौ

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा अक्षयकोष तथा खाद्यान्न सहयोग

पोखरा, १६ असोज पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा एक लाख एक हजार १११ रुपैयाँ नगद एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ । विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुु¥याउने उद्देश्यका साथ पोखरा – १६ निवाशी धनबहादुर थापाले एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीलाई खाद्यान्न तथा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुुभएको हो ।\ सहयोग हस्तान्तरण गर्दै समाजसेवी थापाले गुरुकुल संस्कृत विद्यालयको दीर्घकालीन सञ्चालनमा केही न केही सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ सहयोग गरेको बताउनुुभयो… पुरा पढौ

ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

पोखरा,१५ असोज राष्ट्रिय समाचार समिति९रासस०का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रु ५० हजार र सम्मानपत्रबाट पौडेललाई पुरस्कृत गर्नुभयो । पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पौडेलले पु¥याउनुभएको योगदानको कदर गर्दै पौडेललाई छनोट समितिको सिफारिस अनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापक समेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनुभयो ।पोखराका शैक्षिक एवम सामाजिक… पुरा पढौ

नयाँगाउँमा ‘एमेच्युअर फुटबल’ सुरु,

पोखरा, १५ असोज, पोखरा महानगरपालिका १५ नयाँगाउँमा आजदेखि विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित फुटबल प्रतियोगिता आजदेखि सुरु भएको हो । सो प्रतियोगिताको उद्घाटन खेलमा दिव्यज्योती युवा क्लबले जित निकालेको छ । कफि धिंलाई २–० गोल अन्तरले पराजित गर्दै दिव्यज्योती दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक विकास गुरुङले जानकारी दिए । उनका अनुसार दिव्य ज्योतीको जीतमा मन्जित… पुरा पढौ

पोखरामा सुरु भयो एमएडब्लु वृद्धि‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरा, १५ असोज, दिपल, सेरेस र नामीइभीको नेपालीवितरक एमएडब्लु वृद्धिले पोखरामा‘एक्सचेन्जतथा टेस्ट ड्राइभ क्याम्प’सुरु गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मासोमबारबाट सुरु ‘एक्सचेन्जतथा टेस्ट ड्राइभ क्याम्प’बुधबारसम्म चल्नेछ । एमएडब्लु वृद्धिको ‘एक्सचेन्जइभेन्ट’को अवधिमाग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमाजारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्ययानि७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामीइभीमा७किलोवाटको चार्जर पाउनुहुनेछ । ग्राहकले हरेक… पुरा पढौ

गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे कार्ययोजना

पोखरा १४, असोज. गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित तीन कालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्गकालीन योजना सार्वजनिक गरेका हुन् । ६ पृष्ठमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन… पुरा पढौ

धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरमा घटस्थापना देखि नवदुर्गा महोत्सव हुने

दीननाथ बराल, पोखरा १४, असोज, धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८१ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा घटस्थापना (असोज १७ गते) देखि नवमीसम्म (असोज २५ गते) सम्म उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । उक्त महोत्सवको उद्घाटनको अवसरमा पोखरामा बृहत शोभा यात्रा निकालिने भएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनु भयो । नेपालका विभिन्न चार्ड पर्वहरुमा विभिन्न… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि परिषदको ध्यानाकषर्ण

पोखरा १४, असोज, प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि संघिय सरकारको यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ९राखेप०मा ध्यानाकषर्ण गराएको छ । परिषदको सोमबार बसेको कार्यकारी समितिसहितको बैठकले ध्यानाकषर्ण गराउने निर्णय गरेको हो । सो बारे जानकारी गराउँदै परिषदका सदस्य सचिब श्रीधर शर्माले कर्णाली प्रदेशमा मंसिर २ गते सुरु हुने भनिएको दशौं राष्ट्रिय खेलकुदमा देखिएको अन्यौलताले समग्र खेलकुद क्षेत्र प्रभावित भएकोले ध्यानाकषर्ण गराउने निर्णय भएको बताए । उनले भने–“अहिले समग्र… पुरा पढौ

This will close in 20 seconds