समाज

बाजेको सेकुवामा रिभाइभलको लाइभ कन्सर्ट

१४ पौष, पोखरा, पोखरा स्थित नेपालको चेन रेष्टुरेण्ट बाजेको सेकुवा रेष्टुरेण्टमा रिभाइभल ब्याण्डको लाइभ कन्र्सट हुने भएको छ । अंग्रेजी नयाँ बर्ष सन् २०२५ को पुर्व सन्ध्या डिसेम्बर ३१ तारिख अर्थात पौष १६ गते कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा पोखराको रिभाइभल व्याण्डले ३ घण्टा सांगितिक प्रस्तुती दिनेछन् । अतिथी गायकका रुपमा भुमी ढुंगानाको प्रस्तुती रहनेछ । रेष्टुराले हरेक बर्ष पर्व विशेषमा लाइभ कार्यक्रमहरु गर्दै आइरहेको छ । नयाँ बर्षमा रेष्टुराले आफ्ना ग्राहकहरुसंग खुसी एवम शुभकामना साट्नका लागि कार्यक्रम आयोजना… पुरा पढौ

सामाजिक विकास कार्यालय तनहुँको भवन उद्घाटन, सेवा प्रवाह चुस्तदुरुस्त बनाई मन्त्री थापाको निर्देशन

पोखरा १४, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले कार्यालयमा सेवा… पुरा पढौ

जुनियर एकल तर्फको उपाधी सूर्यक्ष र पारुललाई

पोखरा १४, पुष, काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को एकल तर्फको उपाधी पुरुष एकल तर्फ सूर्यक्ष रावत र महिला तर्फ पारुल चौधरीले हात पारेका छन् । भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पुरुष एकल तर्फ सूर्यक्षले अंश नेगीलाई २१–१७, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन् । यस्तै महिला तर्फ चौधरीले मेधावी नागरलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएकी हुन् । पुरुष तर्फ साई प्रसाद तिगला र बिश्वजित चौधरी तथा महिला तर्फ ईशिता नेगी… पुरा पढौ

पोखरामा डिसेम्बर ३१ मा पाँच जना चर्चित कलाकारले प्रस्तुति दिँदै

पोखरा, १४ पुस, पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन पाँच जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन् । ‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको बसुन्धरा पार्करकोमागाने पार्कमा डिसेम्बर ३१ ९पुस १६०मा कार्यक्रम हुन लागेको हो । प्रचार नेपाल र स्पेक्स–१४ को आयोजना र आर्बिटरी इभेन्टससँगको सहकार्यमा कार्यक्रम हुने भएको हो । पुस १३ देखि १७ सम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेबान०पोखराले २६ औं संस्करणको… पुरा पढौ

पोखरामा आज देखि ड्रागन वोर्ट फेष्टिभलको रौनक, पर्यटन मन्त्री पाण्डेले उद्घाटन गर्ने तयारी

दीननाथ बराल,पोखरा १४, पुष, सुन्दर नगरी पोखरामा आज (आइतबार) देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ को सुरु हुदैछ । भोलि (सोमबार) सम्म पोखराको फेवातालमा हुने उक्त फेष्टिभलको आज एक समारोहका बिच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नु हुने भएको छ । उक्त कार्यक्रममा नेपाल स्थित चिनिया राजदुत छेन सोङ सहितका अन्य अतिथिहरुको सहभागिता हुने भएको पोखरा महानगरपालिकाका व्यवसायी प्रबद्र्धन केन्द्रका महाशाखा प्रमुख नवराज अधिकारीले पोखराक्लिकलाई बताउनु भयो ।मुख्य आकर्षणको रुपमा रहेको ड्रागन बोट… पुरा पढौ

लोककवि अलि मियाँको स्मृतिमा पोखरामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरा, १४ पुस, लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माछापोखरी फुटबल मैदानमा माघ १३ देखि प्रतियोगिता हुन लागेको हो । समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । दुइ वर्षको अन्तरालमा प्रतियोगितामा गर्ने उदेश्य भए पनि विविध कारणले गत वर्ष प्रतियोगिता आयोजना गर्न नसकिएको अलिमियाँले बताए । तेस्रो संस्करणको प्रतियोगिता २०७८ मा सम्पन्न भएको थियो… पुरा पढौ

पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्छुः मन्त्री गुरुङ(भिडियो सहित) ,पोखरा सडक महोत्सव सुरु

दीननाथ बराल,पोखरा, १२ पुष, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्ने बताउनु भएको छ । रेवान पोखराको आयोजनामा पोखरामा आज (शनिबार) देखि सुरु भएको २६ औँ संस्करणको पोखरा सडक महोत्सव २०८१ को उद्घाटन गर्दै मन्त्री गुरुङले पर्यटनको राजधानि पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको सम्भावना भएकोले त्यसको केन्द्र बनाउन पहल गर्दै आएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=4KX0D6f2gvc यस अभियानलाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यक भएको बताउदै यसमा… पुरा पढौ

मुलुक भत्कानबाट बचाउदै ट्याकमा ल्याएका छौं मन्त्री गुरुङ

पोखरा १३, पुष, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकलाई भत्कानबाट बचाउदै हाल ट्याकमा ल्याएको बताउनु भएको छ । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–१ टुसेमा हालै निर्माण भएको नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज (शनिबार) उद्घाटन गर्दै उहाँले मुलुक भत्कान लागेको अबस्थाबाट हाल ट्याकमा ल्याएको बताउनु भएको हो । मुलुकमा अझै केही समय सन्तुलन राखेर काम गर्नुपर्ने बताउदै मन्त्री गुरुङले राजश्व केही बृद्धि देखि पुंजिगत खर्च बढ्न थालेको जनाउनु भयो । पुंजिगत खर्च नभई देशमा रोजगार… पुरा पढौ

कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता

पोखरा १३, पुष, कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा जुनियर सिटीजन्स एकेडेमीकी सापेक्षा सुवेदीले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा गोगन माविकी सुजाता पौडेलले द्धितीय स्थान हाँसिल गरिन् भने डायमण्ड माविकी योग्यता ढुङ्गानाले तृतीय स्थान हाँसिल गरिन् । यसै गरी त्रिभुवन शान्ति माविकी सुजाता सापकोटाले चौथो स्थान हाँसिल गरेका संयोजक सुन्दर ढकालले वताएका छन् । विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समारोहमा पुरस्कारद्वारा… पुरा पढौ

सडक महोत्सवमा विनोद कायस्थ सम्मानित

पोखरा १३, पुष, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष एवं कास्की जिल्ला टेनिस संघका सस्थापक अध्यक्ष विनोद कायस्थ सम्मानित हुनु भएको छ । रेवान पोखराले टेनिस खेलको माध्यमबाट पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्पूर्ण योगदान दिएको भन्दै कायस्थालाई सम्मान गरिएको हो । २६ औं पोखरा सडक महोत्सवको उद्घाटन समारोहमा नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उहाँलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो । कायस्थकैै नेतृत्वमा अन्य खेलकुदकर्मी तथा व्यवसायीक प्रतिष्ठानले हातेमालो गरेपछि अहिले… पुरा पढौ

This will close in 20 seconds