समाज

पोखरामा माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु ः खेलाडी राष्ट्रका गहना–मन्त्री थापा

पुष ११,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले एक समारोहका बिच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री थापाले पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको भन्दै यो खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले यसअघि ५ लाख रुपैयाँ… पुरा पढौ

मलेसियालाई तीन विधामा उपाधी

काठमाण्डौं ११, पुष, काठमाण्डौमा भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा मलेसियाले तीन विधामा उपाधी हात पारेको छ । मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युगल तर्फको उपाधी उचालेको हो । पुरुष युगल तर्फ मलेसियाका लाउ यी शेङ्ग र ली यी बो को जोडीले भारतका च्यानित जोशी र मायांक रानाको जोडीलाई २१–१४, २१–२३, २१–१७ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएका हुन् । यस्तै महिला युगल तर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाईल्याण्डका कोडचापोर्न चाईचाना र… पुरा पढौ

पोखरा १५ मा माघ २ गतेदेखि बृहत् खेलकुद महोत्सव, दर्जन खेलमा २ हजार खेलाडी प्रतिष्पर्धा गर्ने

पोखरा ११, पुष, पोखरा वडा नं। १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या… पुरा पढौ

भूपी काव्य पुरस्कारद्वारा असफल गौतम पुरस्कृत

थकाली सेवा समिति पोखराले नेपाली साहित्यका विराट प्रतिभा भूपी शेरचनको ८९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । समितिले हरेक दुई वर्षमा अर्पण गर्दै आएको भूपी काव्य पुरस्कार यो वर्ष साहित्यकार असफल गौतमलाई अर्पण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि समितिका सल्लाहकार हरिध्वज तुलाचन र अध्यक्ष तेजेन्द्र तुलाचनले नगद ५० हजारसहित उनलाई उक्त सम्मान अर्पण गरे । सोही समारोह बीच साहित्यकार रवीन्द्र माकाजूद्वारा लिखित ‘थकाली प्रतिभाहरू’ पुस्तकसमेत लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि तुलाचनले भूपी आफ्नै मेहनत र साधनाले महान्… पुरा पढौ

पोखरामा अञ्जान एकल साँझ

अनेसास पोर्चुगल च्याप्टरका महासचिव कवि तथा गलजकार एन.बी. अञ्जानको अञ्जान एकल साँझमा पोखरेली वाङ्मयप्रेमी रमेका छन् । भूपी जयन्तीको अवसरमा गणेशबाबु अधिकारीको रेचा उपन्यास परिचर्चा र शुलभ घिमिरेको गजल गायनसहित सम्पन्न एकल गजल गुञ्जनमा पोखरेली वाङ्मयसेवीले भरपुर मनोरञ्जन लिएका हुन् । विविध कार्यक्रमसहित सन्दर्भको चाँजोपाँजो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिले मिलाएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले पछिल्लो पुस्ताका प्रतिभाको प्रस्तुतिबाट ग्रहणयोग्य धेरै कुरा सिक्नुपर्ने बताए । अतिथि… पुरा पढौ

क्यानका महानिर्देशक अधिकारीद्धारा पोखरेलीलाई कालिदास नवन्न आग्रह (भिडियो सहित), पोखराबाट चार्टर्ड फ्लाईट बढाउन क्यानको सुझाव

दीननाथ बराल,पोखरा १०, पुष, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई.प्रदिप अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालन गर्ने बिषयमा पोखरेलीलाई कालिदास नवन्न आग्रह गर्नु भएको छ । नाट्टा गण्डकीले बुधबार पोखराको टिका रिसोर्टमा आयोजना गरेको पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शिघ्र संचालन सम्बन्धमा आयोजित छलफल कार्यक्रममा वोल्दै उनले पोखरा विमानस्थल निर्माण भई नेपाल सरकारलाई हस्तान्तरण भई सकेको बिषयमा अनावश्यक तर्क कुर्तक नगर्न सुभाव दिदै कालिदास नवन्न पोखरेलीलाई आग्रह गर्नु भएको हो । https://www.youtube.com/watch?v=3myHIXnH6cU नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको ४÷४ गरी… पुरा पढौ

बीवाईडीको एमपीभी एम ६ पोखरामा सार्वजनिक, १ सय जना ग्राहकलाई चावी हस्तान्तरण

दीननाथ बराल, पोखरा १०, पुष, बहुचर्चीत विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले पर्यटनको राजधानी पोखरामा एमपीभी एम ६ गाडी सार्वजनिक गरेको छ । पोखराको पाँमे फाँटमा सुरु भएको बिवाईडी वेलुन महोत्सवको अवसरमा उक्त गाडकीको सार्वजनिक गरिएको हो । उक्त कम्पनीले देश भरका ग्राहकहरुलाई पोखरामा भेला गराई एक सातामा बुकिङ भएका १ सय वटा गाडी समेत ग्राहकहरुलाई चावी हस्तान्तरण गरेको छ । पोखरामा उक्त गाडीको मंगलबार र्याली समेत प्रर्दशनी गरिएको थियो । पोखराको बेलुन महोत्सव स्थल फेवाफाँट देखि खपैदी, लेकसाइड,न्यूरोड, महेन्द्रपुल, पृथ्बीचोक,… पुरा पढौ

प्रतिभा माविमा कक्षा प्रतिनिधिका लागि प्रशिक्षण

पोखरा, पुस १०, पालिखेचोकस्थित प्रतिभा माविले कक्षा प्रतिनिधिका लागि एकदिने नेतृत्व विकास तालिम दिएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये १ सय ६० जना कक्षा प्रतिनिधि (सिआर)का लागि यो कार्यक्रम आयोजना गरिएको हो । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थी मध्ये हरेक कक्षाबाट ४ जनाका दरले कक्षा प्रतिनिधि चयन गरिएको छ । तिनै विद्यार्थीका लागि नेतृत्व विकास तालिम दिइएको हो । ‘विद्यार्थीमा अन्तरनिहीन क्षमता विकास गर्नका… पुरा पढौ

रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

पोखरा, पुस १०, रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने भएको छ । यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने तयारीमा रहेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरीे जानकारी दिइएको छ । रोटरी डिस्ट्रीकले समेत नेपाल भरिनै भिआइए परिक्षण… पुरा पढौ

नेपालको यात्रा एक कास्यमा सिमित

काठमाण्डौं, १०, पुष, काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा नेपालको यात्रा एक कास्यमा सिमित हुँदै समाप्त भएको छ । आज सम्पन्न मिक्स युगल तर्फको सेमिफाईनलमा खेलमा नेपालका नम्बर एक खेलाडी द्वय प्रिन्स दाहाल र रसिला महर्जन थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडी संग २१–१५, २१–१७ ले पराजित भए पश्चात नेपाल एक कास्यमा खुम्चिन गएको हो । यस अघि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका… पुरा पढौ

This will close in 20 seconds