समाज

हचुवाका भरमा थियो पर्यटक संख्या, अब साउनदेखि पोखरामा तथ्याङ्क संकलन हुने !

दीननाथ बराल,पोखरा, १९ असार, अहिलेसम्म पोखरामा हचुवाका भरमा पर्यटक सङख्या सार्वजनिक गर्दै आए पनि अब भने आउँदो आर्थिक बर्षकोे साउन महिनाबाटै पर्यटकको तथ्याङक संकलन गरिने भएको छ । गण्डकी प्रदेश सरकारले विभिन्न निकायसंगको सहकार्यमा पोखरा आउने पर्यटकको तथ्याङक संकलन गर्ने भएको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले पोखराक्लिकलाई बताउनु भयो । पोखरालाई पर्यटनको राजधानि घोषणा भएको १६ महिना पछि यहाँ आउने विदेशी पर्यटकहरुको तथ्याङक राख्न आवश्यक भएकोले त्यसको सम्पूर्ण व्यबस्थापन गर्ने भएको उहाँले जनाउनु भयो । गण्डकी… पुरा पढौ

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

पोखरा, पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा– ८ फिर्के स्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो । विदाई कार्यक्रममा शुक्रबार प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले सिप र ज्ञान हाँसिल गरेका विद्यार्थीहरुको पहिलो रोजाई स्वदेश नै हुनुपर्ने बताए । देशमा दक्ष जनशक्तिको खाँचो रहेका बताएका उनले… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा भिड्ने

पोखरा २०, असार, पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा भिड्ने भएकाछन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै दुबै टिम फाइनलमा भिड्ने भएका हुन् । स्याङ्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । स्याङ्जाले फाइनलमा कास्कीको सामना गर्नेछ । शुक्रबार लिगचरणका खेलहरु सम्पन्न भएसँगै कास्की समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन् । कास्कीले ३ खेलमा अपराजित रहँदै कुल ६ अंकका… पुरा पढौ

पृथ्वीचोक बसपार्कका लागि छुट्टाइएको पूरै जग्गामा बसपार्क बनाउँछौँ ः महानगर प्रमुख आचार्य

पोखरा,२० असार, पोखराको पृथ्वीचोकमा सुविधा सम्पन्न बसपार्क निर्माणको योजना पाँच दशक अघिको हो । बसपार्कका लागि जमिन अधिग्रहण गरिएको लामो समय व्यतित हुँदासम्म बसपार्क बन्न सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको जमिन समेत खुम्चिदै गएको छ । सुविधा सम्पन्न बसपार्क कहिले बन्छ भनेर पोखरेलीले महानगरसँग सँधै प्रश्न गर्ने गरेका छन्। पोखरा महानगर प्रमुख धनराज आचार्यले बसपार्कका लागि अधिग्रहण गरिएको पूरै क्षेत्रमा बसपार्क बनाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले बसपार्कको १ सय ४८ रोपनी क्षेत्रफलमै बसपार्क बनाउने महानगरको योजना सुनाउनुभयो… पुरा पढौ

खेलपत्रकारका लागि क्षमता अभिवृद्धि तालिम

पोखरा, २० असार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । शुक्रबार भएको तालिममा गण्डकी प्रदेशमा रहेका विशेषगरि खेल क्षेत्रमा रुची राखेका क्रियाशिल पत्रकारहरुलाई भलिवल, एथ्लेटिक्स र क्रिकेट सम्वन्धि प्रशिक्षण गराइएको हो । खेलका नीति, नियम तथा मापदण्डका बारेमा बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको छ । तालिममा सहभागि पत्रकारले खेलका टेक्निकल नियमका विषयमा केन्द्रीत रहेका थिए । समाचार लेख्दा… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आधुनिक हवाइ इन्धन डिपो निर्माण , साउन दोश्रो साता देखि सेवा सुरु हुने

दीननाथ बराल, पोखरा, १९ असार, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आधुनिक हवाइ इन्धन डिपो निर्माण गरिएको छ । पहिलो पटक शतप्रतिशत नेपाली सीप र पुँजी प्रयोग गरी उक्त डिपो करिब ७५ करोड रुपैयाँ लागतमा (भ्याटबाहेक) उक्त परियोजना निर्माण कार्य सम्पन्न भएको नेपाल आयाल निगमले बिहीबार डिपोमै आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । यस परियोजनाले अब पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई सहज, सुरक्षित र सस्तो इन्धन आपूर्तिको लागि सहज हुने भएको परियोजना प्रमुख प्रदिप कुमार यादवले बताउनु भयो ।… पुरा पढौ

माछापुच्छेमा खानेपानी टंकीको शिलान्यास

पोखरा, १९ असार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छे मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखर्रााको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन एवं जर्मनीको म्यूनिच इन्टरनेश्नल स्कुलको सहयोगमा निमार्ण हुन लागेको खानेपानी टंकीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बुधबार शिलान्यास गरेका हुन् । लियो क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कमल भण्डारीका अनुसार निमार्ण हुन लागेको टंकी १० हजार लिटर क्षमताको रहने र निमार्ण लागत दुई लाख ५० हजार देखी दुई लाख… पुरा पढौ

पोखरा–५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

पोखरा, असार १९, पोखरा महानगरपालिका वडा नं। ५ को नवनिर्मित भवन आज (बिहीबार) एक समारोहबीच नगरप्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो। १६ हजार ३४२ वर्गफुट क्षेत्रफलमा बनेको चारतले यो भवनमा प्रशासन, लेखा, पुस्तकालय, सभाहल, तालिम कक्ष र अपांगमैत्री संरचना रहेको पाखरा ५ का वडा अध्यउक्ष बिष्णुप्साद बरालले बताउनु भयो । ७ करोड २६ लाखको अनुमानित लागतमा बन्ने भनिएको भवन ४ करोड ८४ लाखमा सम्झौता भई निर्माण सम्पन्न गरिएको उहाँले उल्लेख गर्नु भयो। २०७९ माघ २३ मा सम्झौता भएको यो परियोजना २०७९… पुरा पढौ

टी २० महिला क्रिकेट कास्कीले नवलपुरलाई हरायो, पर्वत र स्याङजाले अंक बाड्यो

पोखरा पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनी ७ र वर्षा सुनार… पुरा पढौ

सीप मै समृद्धिः गण्डकीमा आव २०८१ र ०८२ मा ७८७ लिए सीपमूलक तालिम

पोखरा, गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आव २०८१ र ०८२ मा ३८ वटा तालिम सञ्चालन भइसकेका छन्, जसमा ७८७ जना सहभागी भएको जानकारी गराइएको छ । पछिल्लो ३ महिनामा मात्रै २०४ जना सहभागी १० वटा तालिम पूरा गरी अब व्यवसायिक यात्राको सुरुवातमा छन् ।सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आयोजित समापन कार्यक्रममा सहभागी हुँदै आगामी वर्षमा १४… पुरा पढौ