
पोखरा,
उत्प्रेरणा साङ्गीतिक मन्चको प्रस्तुति र सप्तरङ्गी सास्कृतिक प्रतिस्ठान नेपालको दोस्रो सास्कृतिक शृङ्खला अन्तर्गत ३५ औं नारायण गोपाल स्मृति दिबस कार्यक्रम शुक्रबार जोजिजु म्युजिक स्कुल रानीपौवामा सप्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन गर्दै अग्रज साहित्यकार, सस्कृतिकर्मी एबम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका सदस्य सचिब तिर्थ श्रेष्ठपोखरामा हुने यस्ता सांगितीक कार्यक्रमले पोखरा क्षेत्रको संगित क्षेत्रको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।

नारायण गोपाल बहु आयमिक ब्यक्ती भएको बाद्यबादक को साथै गीत गायन सङ्गीत ,शब्द चयन गर्ने उनको अद्दितिय क्षमताले गर्दा उनको गीतहरु सदाबहा रहेको श्रेष्ठले उल्लेख गरे । आज को पुस्ताले पनि रियालिटीसो हरुमा उहाँको गीतहरु गाएको देख्दा सुन्दा सङ्गीत क्षेत्रमा नारायण गोपालको योगदान महत्त्व पुर्ण रहेको उहाँको भनाई छ । यस किसिमको कार्यक्रम पुन्य तिथिकै दिनमा पोखरा पनि भएकोमा खुशी व्यक्त गर्दै आयोजक जोजिजु म्युजिक स्कुल र सप्तरङ्गी सास्कृतिक प्रतिस्ठानलाई धन्यवाद दिदै कार्यक्रमको निरन्तरता दिन आग्रह गर्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विभिन्न साहित्य सङ्गीत संघ सस्था प्रतिनिधित्व गर्दै कलाकारहरुले नारायण गोपालका गीत सङ्गीत प्रस्तुति गरिएको थियो । यति धेरै माया दिई भोइलिन सानु जोजिजु, कसरी म भुले उत्प्रेम जोजिजु , तिम्रो मन मा बाल गायिका उत्प्रेरणा जोजिजु र बिनित जोजिजु, यो मुटु लाई पशुपति गुप्ता , उदास मेरो जिबन कथामा लक्ष्मी गिरी, मान्छेको मायामा नबराज बराल र पिङ्गला भट्ट , तिमिलाइ म के भनु मा फिरोज गोपाल बज्राचार्य , म त लालीगुराश भएछु मा रोम तमाङ्ग, मेरो आखा लाई राख्ने मा बिष्णु थापा ,आज भोलि दुख्दैन मा कोमन गुरुङ , केहि मिठो बात गर मा सुमन भण्डारी, बिरताको चिनो मा राजन बराल ले गायन प्रस्तुति दिएको थिए । त्यसै गरी बाध्यबादकहरुमा हार्मोनियम पप्पु थापा मगर , तबला मिलन गिरी , किबोर्ड पाण्डव गुरुङ, प्याड ड्रम कृष्ण सेन्चुरी र गीतारमा उत्प्रेम जोजिजुले साथ दिएका थिए ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिस्ठानका पुर्ब कुलपति एबम वरिष्ठ लोक गायक पदम राज ढकालले पोखरामा सङ्गीतको गतिविधि मार्फत अग्रज श्रस्टाको सम्मान तथा सम्झनामा भएको कार्यक्रम सफल भएकोमा आयोजक सस्था र कलाकारहरुलाइ धन्यवाद दिदै यसलाई निरन्तरता दिन सुझाव दिए । सप्तरङ्गी सास्कृतिक प्रतिस्ठान नेपालको अध्यक्ष एबम सङ्गीतकार प्रशिक्षक नबराज बरालको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य सँयोजक एबम जोजिजु म्युजिक सेन्टर म्युजिक स्कुलका संचालक गायक सङ्गीतकर्मी बिनित जोजिजुले गरेको थिए भने कार्यक्रम संचालन म्युजिक स्कुल ब्यबस्थापक एबम सप्तरङ्गीका सचिब सानू जोजिजुले गरेकी थिइन् ।



