देश तथा समाज पत्रिका

केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश बिरुद्ध आयोजक एकेडेमी प्रतिष्प्रर्धा गर्ने

दीननाथ बराल पोखरा ६, मंसिर केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० भोलि(विहिबार) देखि पोखरामा सुरु हुने भएको छ । यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको मदन भडारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनु भयो । विहिबार हुने उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भडारी स्पोट्र्स एकेडेमी (रातो) टिम बिच प्रतिष्प्रर्धा हुने भएको छ । बिहिबार बिहान ११ः०० बजे उक्त प्रतियोगिताको उद्घाटन एकेडेमीका परिकल्पनाकार, संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने… पुरा पढौ

चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा मावि

पोखरा, मंसिर ६ प्रविधि, सिकाई र अनुभव आदानप्रदान गर्ने उद्देश्य सहित पोखराको अग्रणी शैक्षिक संस्था प्रतिभा माविले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा जोड दिएको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विभिन्न मुलुकका शैक्षिक संस्थासँग विद्यालयले सहकार्य थालेको हो । केहीदिन अघि मात्र जापानको एभरेस्ट इन्टरनेशनल स्कुलसँग सांस्कृतिक अनुभव, प्रविधि, सिकाई र सफलताका कथा आदानप्रदान गर्ने उद्देश्य सहित सम्झौता गरेको प्रतिभा माविले चिनियाँ शिक्षण संस्थासँग पनि सहकार्य थालेको हो । त्यसका लागि चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीलाई बुधबार विद्यालयमा स्वागत गर्दै… पुरा पढौ

चित्राको मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज

पोखरा ६, मंसिर पाँच वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा लगानी गर्दै आएका सन्तोष अधिकारी अभिनय मार्फत आउने भएका छन् । आमा, घर लगायतका सिनेमामा निर्माताको भूमिकामा काम गरिसकेका अधिकारी अभिनित सिनेमा “चित्रा” आगामी पौष २७ गते रिलिज हुँदैछ । सिनेमाको छायाँकन सकेर सम्पादनको काम भइरहेको अधिकारीले जानकारी गराएका छन् । चित्रा बाबुछोरीको कथा हो । पछिल्लो समय राजनीतिक विषयवस्तु नेपाली सिनेमामा हाबी भइरहँदा पारिवारिक विषयवस्तु समेटिएको चित्रा दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी देखिन्छ । एक्सन, ड्रामा र सामाजिक कथामा आधारित सिनेमा… पुरा पढौ

पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा

पोखरा ६, र्मसिर पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले उक्त धारणा राखेका हुन् । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा मङ्सिर ४ र ५ गते पोखरामा आयोजित संगोष्ठीमा… पुरा पढौ

विश्व मत्स्य दिवस ः फेवातालमा १२ हजार माछाका भुरा छाडियो

पोखरा, ६ मङ्सिर विश्व मत्स्य दिवसका अवसरमा मंगलबार पोखराको पर्यटकीय गन्तव्य समेत रहेको फेवातालमा माछाका भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र मिर्मि स्याङ्जाले फेवातालमा स्थानीय जात नैनी, सहर लगायतका ६० ग्राम तौल माथिका १२ हजार माछाका भुरा छाडेको हो । फेवातालको प्राकृतिक सन्तुलन कामय गर्न र मुख्यगरी जलारी समुदायको आयआर्जनमा सघाउ पु¥याउदै उद्धेश्यले तालमा भुरा छाडिएको मत्स्य विकास केन्द्रका प्रमुख रविनसन अधिकारीले बताउनुभयो । वातावरण र जैविक विविधताको संरक्षण गर्दे दिगो रुपमा मत्स्य क्रियाकलापलाई प्राथमिकतामा राखेर केन्द्रले काम गर्दै… पुरा पढौ

पोखराको होटलमा एक महिला मृत अबस्थामा भेटियो

दीननाथ बराल पोखरा ६, मंसिर पोखराको होटलमा एक महिला मृत अबस्थामा भेटिएकी छन्। पोखरा ८ नागढुङ्गाको शिला रेष्टुरेण्टमा बिगत २ बर्ष अगाडि देखि काम गर्दै आएकी ३८ बर्षीया सुकु बि.क.को नागढुङ्गाकै युनिक होटलमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । होटलकी साहुनीले तनहुँ भिमाद घर भई की हाल पोखरा बस्दै आएकी बि.क. होटलको रुममा अचेत अबस्थामा देखे पछि मंगलबार नै चरक मेमोरियल अस्पतालमा पुर्याए लगत्तै बेलुका ७ः२० बजे चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत्यु घोषणा गरेको अस्पताल श्रोतले जनाएको छ ।… पुरा पढौ

ज्यान मार्ने धम्कीले सम्पर्क विहिन भएको भन्दै फेसवुक मार्फत सम्पर्कमा आए ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज सहकारीका अध्यक्ष नेपाली

दीननाथ बराल पोखरा ५, मंसिर घरै घरका धनि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आफुलाई ज्यान मार्ने धम्कीका कारण सम्पर्क विहिन भएको फेसबुक मार्फत जानकारी गराउदै अब छिट्टै शहकारीको बचत कर्ताहरुको हिसाव मिलान गर्ने बताएका छन्। ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष समेत रहेका नेपालीले आफ्नो बुर्तिवाङ, पोखरा र काठमाण्डौंमा मात्र १८ वटा घर सहितको जग्गा भएको दाबी गर्दै शेयरका बचतकर्ताहरुको अब उपयुक्त वातावरण भए लगत्तै हिसाव मिलान गर्ने बताएका हुन्। इमेज सहकारीमा १० हजार ऋण भएकाहरुले १० लाख माग्दै… पुरा पढौ

विहिबार देखि पोखरामा केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

दीननाथ बराल पोखरा ५, मंसिर पोखरा रंगशालामा यही मंसिर ७ अर्थात विहिबार देखि केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा विहिबार देखि सुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १२ टिम सहभागि हुने भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । सात प्रदेशका सात टिम, विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आमी क्लव, शसस्त्र… पुरा पढौ

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

दीननाथ बराल पोखरा ४, मंसिर पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं.२९ पटनेरी स्थित खेतमा पानी लैजाने क्रममा माछा मार्ने उद्धेश्यले करेण्ट समेत जोडेकोले करेन्ट लागेर मुस्ताङ जोमसोम घर भएका हाल पटनेरी बस्दै आएका ं.४६ बर्षका भीमलाल सुनार र उनकी श्रीमती ४६ बर्षकी सावित्री सुनारको मृत्यु भएको कास्की प्रहरीले एटुजेडलाई जनाएको छ । आज(सोमबार) दिउसो करिब ४ः०० बजे स्थानियले करेण्ट लागेर दुई जना घाइते भएको अबस्थामा प्रहरीलाई खबर गरे पश्चात इलाका… पुरा पढौ

स्याङ्जाका ढकाल कृष्ण भिरमा मृत अबस्थामा भेटिए

धादिङ ४, मंसिर स्याङ्जाको चापाकोट नगरपालिका ७ वडा स्थायी घर भएका हाल काठमाडौ ंबस्दै आएका कलाकार तथा संचारकर्मी प्रकाश ढकालको मृत्यु भएको छ । शुक्रबार देखि सम्पर्क बिहिन भएका ढकाल आइतबार धादिङ जिल्लाको रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्ण भिर मुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राती बसमा काठमाडौ फर्किदै गरेका ढकाल उक्त स्थानमा मृत अवस्थामा भेटिनु घटना रहस्यमय भएकोले प्रहरीले अनुसन्धान गर्न थालेको छ । ढकालको घटनाको बिषयमा सत्यतथ्य छानबिन गर्न उनका आफन्तले जोडदार माग गरेका… पुरा पढौ