देश तथा समाज पत्रिका

पोखराको प्याराग्लाइडिङ उडानमा भारी छुट, हाल दैनिक १५० उडान हुदै, आलोपालो सिस्टम हटेसंगै जोखिम बढ्यो

दीननाथ बराल, पोखरा, ७ भदौ, पोखरामा केही महिनाअघिसम्म ८ हजारमा हुँदै आएको साहसिक खेल प्याराग्लाइडिङ उडानको मूल्य हाल ह्वात्तै घटेको छ । आलोपालो प्रणाली हटाएर उडान खुला गरिएपछि केही कम्पनी तथा पाइलटलाई तत्काल फाइदा पुगे पनि समग्र व्यवसायमा असर पर्नुका साथै उडान सुरक्षामा समेत जोखिम बढ्न सक्ने व्यवसायीहरुको भनाई रहेको छ । हाल ३७.५ प्रतिशतले उडान शुल्क घटेसंगै ५ हजारमा प्याराग्लाईडिङ उडान हुने भएको कम्पनीहरुले पोखरााक्लिकलाई बताउनु भयो । करिब २१ महिनासम्म नाको आलोपालो प्रणालीमार्फत उडान सञ्चालन हुँदा दुर्घटनाको अवस्था… पुरा पढौ

बिपद ब्यवस्थापनका लागि अन्नपूर्ण गाउँपालिकालाई तमु धिं नेपालले ३ लाख सहयोग

पोखरा, ७ भदौ, कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाद्वारा शुरु गरिएको बिपद ब्यवस्थापन कोष खातामा तमु धिं नेपालले ३ लाख रुपैया सहयोग गरेको छ ।अबिरल बर्षाको कारण मोदीखोलामा पटक पटक बाढिपहिरोले कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा ८,९,१० र ११ प्रवेश गर्ने सडक बिरेठाँटीदेखी नै बन्द भइ उक्त क्षेत्र अत्यन्त प्रभावित भएकाले तत्काल सडक संचालनको पहलका लागि गाँउपालिकाले बिपद ब्यवस्थापन कोष खाता मार्फत सहयोगको आव्हान गरिएकोले तमु धिं नेपालले आइतबार आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो। तमु धिं नेपालले स्थापना गरेको आकस्मिक… पुरा पढौ

चरा हेर्न पदयात्रा, ३ घण्टामै ६३ प्रजातिका चरा अभिलेख !

पोखरा, ७ भदौ, पोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पन्छी समाजका ३२ सदस्य सहभागी थिए । धम्पुसबाट शनिबार बिहानै सुरु भएको कार्यक्रममा करिब ३ घन्टाको अवधिमा ६३ प्रजातिका चरा अभिलेख गरिएको छ । यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा प्रत्यक्ष अवलोकन तथा पहिचान गर्दै सहभागीले चराको बासस्थान, व्यवहार र संरक्षणका विषयमा समेत ज्ञान आदानप्रदान गरे । हाइकमा गएकाहरु आइतबार पोखरा फर्किएका… पुरा पढौ

फिस्टेल मोडेल युनाइटेड नेसन्स FMUN 3.0  सम्पन्नः पोखरामा ८ सय बढी विद्यार्थीबीच विश्वव्यापी मुद्दामा बहस

पोखरा, पोखराको प्रतिष्ठित फिस्टेल एकेडेमी आइबी वल्ड स्कुलको आयोजनामा तीन दिनसम्म सञ्चालिन फिस्टेल मोडेल युनाइटेड नेसन्स ३.० FMUN 3.0  कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (undp) गण्डकी—लुम्बिनीका प्रमुख सुदीप अर्यालले यस प्रकारका अभ्यासले विद्यार्थीहरूको तार्किक क्षमता र सिकाइलाई प्रष्ट रूपमा राख्ने सीपको विकास गर्ने बताए । “संसारको सबैभन्दा सुन्दर ठाउँ यही हो जहाँ हामी छौँ र हामीले यो सुन्दर ठाउँलाई अझै सुन्दर बनाउन अग्रसर हुनुपर्छ,“ अर्यालले आफ्नो सम्बोधनका… पुरा पढौ

प्रथम पिसिएम कप जुनियर राष्ट्रिय टेनिसको समापन सोमबार

गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा जारि प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत १८ वर्ष मुनिको पुरुषतर्फ सन्दिप विक र शास्वत बज्राचार्य उपाधीका लागि भिड्ने भएका छन् । पोखरा रंगाशालाको टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा सन्दिपले सुरेन्द्र विकलाई ७–६, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, शास्वतले अभिषेक विकलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिममा स्थान सुरक्षित बनाए । १४ वर्ष मुनि आर्यषराज पौडेल र… पुरा पढौ

पोखरा ट्रेड मलमा रहेको जिजी पोखराको उद्घाटन, तीजलाई लक्षित गर्दै चिनियाँ ब्रान्डका फेसनेबल पहिरनमा २५ प्रतिशत छुट

पोखरा,पोखरामा महिलाहरूका लागि आधुनिक, आकर्षक तथा फरक शैलीका पहिरन उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको जिजी पोखराको आज (आइतबार) एक समारोहका बिच उद्घाटन गरिएको छ । कल्पु कलेक्सन चितवनकी संचालक कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल, समाजसेवी शान्ति गिरी ले संयुक्त रुपमा रिवन काटेर जिजी पोखराको उद्घाटन गर्नु भएको हो । कल्पु कलेक्सनकी संचालक खड्काले पोखराको ट्रेड मलमा संचालनमा आएको यस पसलमा युवतीहरुको आकर्षण हुने बताउनु भयो । छिमेकी मुलुक चाइनाको ब्राण्डेड तथा फेसेनेवल कपडाको लागि जीजी पोखरामा आउन उहाँले आग्रह… पुरा पढौ

भारतका विभिन्न ब्राण्डका कुर्था सुरुवाल पोखरा ट्रेड मलको दोश्रो तलामा रहेको बीपी एथेनिक वेयरले बिक्रि वितरण गर्दै

पोखरा, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा पोखराको ठुलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा रहेको बीपी एथेनिक वेयरको आज (आइतबार) एक समारोहका बिच उद्घाटन गरीएको छ । कल्पु कलेक्सन चितवनकी संचालक ‎कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल, समाजसेवी शान्ति गिरी ले संयुक्त रुपमा रिवन काटेर उक्त पसलको शुभारम्भ गर्नु भएको हो । https://www.youtube.com/watch?v=mgbH4MJKV2g&t=25s कल्पु कलेक्सनकी संचालक खड्काले पोखराको ट्रेड मलमा संचालनमा आएको यस पसलमा युवतीहरुको आकर्षण हुने दाबी गर्नुभयो । भारतका ब्राण्डेड तथा फेसेनेवल कपडाको लागि बीपी एथेनिक… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता

पोखरा, ६ भदौपोखरामा विगत लामो समयदेखि क्रियाशील नेपाली भाषा शिक्षक परिषद् नेपाली भाषाको उन्नयनका लागि ू भाषा सभ्यताको संवाहक हो ू भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाली भाषा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। कहिले नेपाली भाषा शिक्षकहरूका लागि त कहिले विभिन्न तहका विद्यार्थीहरूका लागि कार्यक्रम गर्दै आइरहेको छ । त्यस्तै क्रममा शनिवार पोखरा महानगरपालिका वडा नं।४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आधारभूत तहको कक्षा ५ कक्षा सम्मका विद्यार्थीहरू बिच नेपाली श्रुतिलेखन प्रतियोगिता सम्पन्न गरेको छ । परिषद्का… पुरा पढौ

पोखरा ट्रेड मलमा रहेको जिजी पोखरामा तीजलाई लक्षित गर्दै चिनियाँ ब्रान्डका फेसनेबल पहिरनमा २0 प्रतिशत छुट

पोखरा, पोखरामा महिलाहरूका लागि आधुनिक, आकर्षक तथा फरक शैलीका पहिरन उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको जिजी पोखराको उद्घाटन आइतबार हुने भएको छ। पोखरा ट्रेड मलको दोस्रो तलामा रहेको जिजीले विशेषगरी फेमिनिन, एलिगेन्ट तथा टाइमलेस फेसन मन पराउने युवती तथा महिलालाई लक्षित गरी विभिन्न डिजाइनका पहिरन तथा फेसन सामग्री उपलब्ध गराउँदै आएको छ। युरोपेली तथा फ्रेन्च फेसनबाट प्रेरित आधुनिक शैलीलाई नेपाली महिलाको रुचि, आवश्यकता र जीवनशैलीअनुसार प्रस्तुत गर्ने उद्देश्यले जिजी सञ्चालनमा ल्याइएको सञ्चालक जीवन पुरीले बताउनुभयो। पुरीका अनुसार जिजी केही समयदेखि… पुरा पढौ

तेस्रो पर्वतीय खुला दौडको तयारीस्वरूप हाइकिङ सम्पन्न, रानीवनमा व्यवस्थित पैदलमार्ग निर्माण हुने (भिडियो सहित)

पोखरा ६, भदौं, तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारी तथा पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको ८ किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क ड्यामसाइडबाट सुरु भई रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’मा पुगेर समापन भएको थियो । https://www.youtube.com/watch?v=-uJ47NrIpk4&t=13s कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन विकास तथा… पुरा पढौ