देश तथा समाज पत्रिका

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण

पोखरा, माघ २८ साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन। मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपियाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बताए । आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषा उपाध्यक्ष भएर देखाएको सव्रिmयताप्रति सधैँ गौरव लाग्ने गरेको स्मरण गर्दै वरिष्ठ कार्टुनिस्टका… पुरा पढौ

भावना बनिन् कौसी क्विन पोखरा

भावना रानाभाटले कौसी क्विन पोखरा २०८० को उपाधि जितेकी छिन् । हालै पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले १८ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै पोखरा ६ कि कौसी कृषक रानाभाटले कौसी क्विन प्रतियोगिता २०८० को उपाधि जितेकी हुन् । विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै नगर रु।१५ हजार, ट्रफी, कौसी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन । प्रतियोगितामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ उपविजेता भएकी छिन् । यस्तै पोखरा ८… पुरा पढौ

जोरपाटी र संगमलाई एट ए साइड भेट्रान फुटबलको उपाधि

पोखरा २७, माघ बगर भाइ खेलकको आयोजना जारी एट ए साइड भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् । पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो । शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो । उपाधिसँगै संगमले नगद… पुरा पढौ

अमरसिंह र ग्लोबल स्कुल चेस च्याम्पियन

पोखरा, २७ माघ अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ अमरसिंह र छात्रातर्फ ग्लोबल विजेता बनेका हुन् । छात्रतर्फको विजेता अमरसिंहले ११ र छात्रातर्फको विजेता ग्लोबलले १२ अंक प्राप्त गरेको प्रतियोगिताका निर्णायक संयोजक रामबहादुर क्षेत्रीले जानकारी दिए । अमरसिंह र ग्लोबलले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७ हजार रूपैयाँ पुरस्कार पाएका छन् । छात्रतर्फ हिमालयन बोर्डिङ स्कुल… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्तीका अवसरमा रक्तदान ७५ युनिट रगत संकलन

पोखरा, २७ माघ स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा ७५ युनिट रगत संकलन भयोे । यस अघि कार्यक्रमको उद्घाटन विद्यालयका पुर्व विद्यार्थी तिर्थ श्रेष्ठले पहिलो रक्तदाता विद्यालयकी शिक्षिका जिता पौडेल र विद्यालयका शिक्षक अभिभावक संघका सदस्य दिपक पौडेललाई ब्लड ब्याग दिएर गरेका थिए भने विद्यालयका प्रधानाध्यापक ईश्वरी… पुरा पढौ

पोखरा कप विद्यालयस्तरीय क्रिकेटको मुख्य प्रायोजकमा एक्सपर्ट

पोखरा २७, म्ँघ पोखरामा हुन लागेको प्रथम पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितालाई एक्सपर्ट एजुकेशनले प्रायोजन गर्ने भएको छ । प्रथम संस्करणको प्रतियोगितालाई मुख्य प्रायोजन गर्नलाई एक्सपर्टले सम्झौता गरेको हो । बि बग इभेन्टले फागुन ७ देखि १६ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रतियोगिता गर्दैछ । मुख्य प्रायोजन सम्बन्धि सम्झौतामा एक्सपर्टका अपरेसन म्यानेजर रमेश बाँस्तोला, मार्केटिङ म्यानेजर विष्णु गौतम र बि बग इभेन्टका अध्यक्ष विशाल सुवेदी र प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले मुख्य प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे ।प्रतियोगिता टि–२० फम्र्याटमा खेलाईने… पुरा पढौ

गुुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस

पोखरा, २७ माघ पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसस्थित गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले उद्घाटन गर्नुुभयो । कार्यक्रममा कुलपति विखर्चीले लेखनाथ क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा गुरुकुल विद्याश्रम सकृय रहेको बताउनुुभयो ।अतिरिक्त क्रियाकलापमा विद्याश्रमले अग्रणी स्थान ओगटेको बताउँदै उहाँले विद्यार्थीले प्राप्त गर्ने सफलता नै शैक्षिक संस्थाको सफलता हुने बताउनुुभयो । विद्याश्रमका प्राचार्य मिलन केसीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिइएको बताउनुुभयो… पुरा पढौ

रेडक्रस सोसाइटी पोखरा १९को साधारण सभा सम्पन्न

पोखरा २७ माघ नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको २० औं साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले मानवीय सेवा र धर्मले मात्र समाज संस्कार युक्त हुने वताउनु भयो । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्काले रेडक्रस मानविय सेवामा सधैं समर्पित रहेको बताउँदै, यस उपशाखाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो। उपशाखाका सभापति नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सभापति बल वहादुर श्रेष्ठ, गोविन्द प्रसाद काफ्ले, भरतराज आर्चाय, इन्द्र कुमारी पौडेल, बुद्धी वहादुर खत्री… पुरा पढौ

नवलपुरको कोल्हुवामा राईनो गोल्डकप सुरु

पोखरा २७, माघ, खेलकुद मार्फत गैंडाको संरक्षणमा जनचेतना जगाउने उद्धेश्यका साथ शनिबार बाट नवलपुरको कोल्हुवामा छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप सुरु भएको छ । राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रोर्दर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई २–१ ले हराउँदै सेन्टर कलेज फोर ब्रदर्सले प्रतियोगितामा जित निकालेको हो । खेलमा फोर ब्रदर्सका लागि बिनोद केबट र फागुराम चौधरीले समान एक–एक गोल गरे । खेलको अन्तिम ४ मिनेटमा वीरगंज यूनाइटेडका बिकास चौधरीले एक गोल फर्काएका थिए ।… पुरा पढौ

एल आई सी ले दियो २४ घण्टा भित्रको मृत्यु दावी रकम

बहुराष्ट्रिय कम्पनी एल आई सी नेपालले विमा गरेको २४ घण्टा भित्रको मृत्युदावी भुत्तानी प्रदान गरेको छ । कम्पनीले दुर्घटनमा परि ज्यान गुमाएका कास्कीको अन्नपूर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको रु १० लाख २६ हजार पाँच सय रुपियाँ प्रदान गरेको हो । एल आइ सी नेपाल पोखरा साखाको ईतिहासमा पहिलो पटक विमा गरेको २४ घण्टा भित्र दुर्घटनामा पनि ज्यान गुमाएको परिवारलाई दुर्घटना लाभ सहितको मृत्युदावी भुत्तानी गरेको शाखा प्रमुख सन्जिव खनालले वताएका छन् ।… पुरा पढौ