देश तथा समाज पत्रिका

कावासोतीमा चरा उत्सव सुरु

पूर्वी नवलपरासीको कावासोती १३ नवलपुरमा शुक्रबारबाट दोस्रो नेपाल चरा उत्सव सुरु भएको छ । पोखरा पक्षी समाजले आयोजना गरेको उत्सवको सहआयोजकमा कावासोतीको जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटी छन् । कावासोती नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले कार्यक्रमका अध्यक्ष पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेलाई पेनड्राइभ प्रदान गरी कार्यक्रम सुरुआत गरिन् । यो उत्सवमा प्लास्टिकको प्रयोग भएको छैन भने स्टलहरु पनि प्राकृतिमैत्री खालका छन् । उपमेयर थनेतले चरा संरक्षणका लागि वृक्षारोपणसँगसँगै सचेतना फैलाउनुपर्नेमा जोड दिइन् । उनले कावासोती नगरपालिका पक्षी… पुरा पढौ

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा पुनः सुरु

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा जारी छ । पौष २९ गते सुरु भएको नगरसभा पोखरा सभागृहमा शुक्रबार पुनः बसेको हो । शुक्रबारको सभामा विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गरिएका छन् । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो । यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका… पुरा पढौ

फागुन १ देखि सातौ विरेन स्मृति १७ औं ‘बिटी कप’

पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए ।‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं संस्करणसम्म… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिभल फागुन ३ देखि पोखरामा

दीननाथ बराल पोखरा २५, माघ पोखरामा ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल आउँदो फागुन ३ देखि हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखराको लेकसाइड स्थित बाराहीघाटमा फागुन ७ गतेसम्म उक्त फेस्टिभल हुने भएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो । उक्त फेस्टिभलमा ५५ बिषयमा २ सय अतिथिहरूको सहभागी हुने तयारी गरिएको आयोजक समितिका सदस्य केशवशरण लामिछानेले बताउनु भयो । नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्रान्डका रुपमा स्थापित भइसकेको उल्लेख गर्दै उहाँले पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेको दाबी… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता अन्र्तगत शुक्रबार सेमिफाइनका खेलहरु हुने

पोखरा २५, माघ पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत भोलि (शुक्रबार) सेमिफाइनलका खेलहरु हुने भएको छ । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा भोलि पहिलो सेमिफाइनल खेल काठमाण्डौंका राजन लामा बिरुद्ध इटहरीका आयुष गौतम बिचको खेल हुने भएको छ । त्यसै गरी अर्को खेलमा अन्तराष्ट्रिय काठमाण्डौंका खेलाडी रेगन श्रेष्ठ बिरुद्ध काठमाण्डौंकै वाङचुक तामाङ बिच खेल हुने भएको छ । प्रतियोगिता अन्र्तगत विहिबार ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष एवं खेलाडी… पुरा पढौ

पोखरा म्याराथन अन्तर्गत अपाङ्गता तर्फको पुरस्कार रकम हस्तान्तरण

पोखरा २५, माघ पोखरा म्याराथन अन्तर्गत अपाङ्गतातर्फको दृष्टिविहिन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । ह्विलचियर तर्फको महिलारपुरुषतर्फको पहिलो पुरस्कार १०र१० हजार र दृष्टिविहिनतर्फको १०र१० हजार गरी कुल रु ४० हजार रुपैयाँ बिहीबार पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय गंगाबहादुर गुरुङको स्मृतिमा उनका छोरा देवान गुरुङ र मनोज गुरुङले मञ्चका अध्यक्ष हरी प्रसाद पराजुली, निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ र संस्थापक अध्यक्ष खड्ग रानाभाटलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै मनोज गुरुङले आफ्ना बुबाको सम्झनामा गरिएको पुरस्कार प्रायोजनले अरुलाईपनि प्रेरणा मिल्ने… पुरा पढौ

एट ए साइड भेट्रान फुटबल ः फाइनल समिकरण पुरा

पोखरा २५, माघ पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्षमाथि र ६० वर्षमाथिको फाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बिहिबार सात खेल सम्पन्नसँगै फाइनल समिकरण पुरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको पहिलो सेमीफाइनल खेलमा जोरपाटी भेट्रान काठमाडौंले टाइव्रेकरमा ५–४ ले हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि… पुरा पढौ

कालीगण्डकी नदीमा राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ प्रतियोगिता गर्दै गण्डकी प्रदेश

पोखरा २५, माघ गण्डकी प्रदेश सरकार र नेपाल ¥याफ्टिङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो । पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा माघ २७ देखि फागनु १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल ¥याटिङ कनुसंघका टेक्निकल डायरेक्टर नीम मगरले बताए । ‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको… पुरा पढौ

५ करोडको फिरौती माग्ने दुई जना पर्वतका युवा पोखरामा पक्राउ

दीननाथ बराल पोखरा २५, माघ पोखरामा ५ करोडको फिरौती माग्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । ५ करोड सहित ज्यान मार्ने धम्की दिनु भएको पर्वतका दुई जना युवालाई कास्की प्रहरीले आज सार्वजनिक समेत गरेको हो । फक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका २ खुर्कोट घरभाइ हाल पोखरा पोखरा ८ मा बस्दै आउनु भएको ३६ बर्षका लक्ष्मण दर्जी र उहाँका साथी कुश्मा नगरपालिका १४ आर्थर घर भई हाल पोखरा पोखरा ८ सिमलचौर बस्दै आउनु भएको ४२ बर्षीय दिपक बहादुर क्षेत्रीलाई… पुरा पढौ

एट ए साइड भेट्रान फुटबलमा सेमीफाइनल समीकरण पुरा

पोखरा, २४ माघ पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको ४० वर्ष माथि उमेर समूहको सेमीफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा पोखरा १ टुडिखेलमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार ४० वर्षमाथिको क्वाटरफाइनल तथा ५० वर्ष माथिको एक क्वाटर र प्रिक्वाटरफाइनल खेल सम्पन्न भएको छ । ४० वर्षमाथिको पहिलो क्वाटरफाइनल खेलमा एक्स वारियरले आयोजक बगर भाइखलकलाई टाइब्रेकरमा ५–४ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको… पुरा पढौ