देश तथा समाज पत्रिका

बाराही हस्पिटालिटीका होटल तथा रेष्टुरेन्टहरूमा भ्यालेन्टाइन डेको अवसरमा विशेष अफर

पोखरा २९, माघ बाराही हस्पिटालिटीद्वारा सञ्चालित विभिन्न होटल तथा रेष्टुरेन्टमा भ्यालेनटाइन डे९ प्रणय दिवस० को अवसर पारेर विभिन्न छुट तथा अफरहरू घोषणा भएको छ । काठमाडौंको होटल बाराही काठमाडौंले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई ६ थरी खानाका साथै वेभरेज समेत दिनेछ । १२ हजार तिरेर हरेक जोडीले यसको मज्जा लिन सक्नेछन् । साथै स्ट्याण्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोज सहितको मज्जा जोडीले ७ हजार रुपैयाँमै लिन पाउनेछन् । साथै होटलमा बुक गर्नेहरूमध्ये केहीलाई गिफ्ट ह्याम्पर समेत दिइने बताइएको… पुरा पढौ

फोटो पत्रकार रञ्जितलाई पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्रदान

पोखरा २८, माघ पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य रन्जितलाई नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौंले आइतबार काठमाण्डौंमा आयोजित २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको अवसरमा उक्त अवार्ड प्रदान गरेको हो । नेपाली खेलकुद देखि विभिन्न समसामहिक बिषयमा फोटो पत्रकारिता गर्दै आएका रन्जितले पोखरामा हुने धेरै खेलकुद गतिविधि देखि पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न समेत निसवार्थ भावले लाग्दै आएका छन्। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र… पुरा पढौ

एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न

माघ २८, पोखरा एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा यो कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी बनेका थिए । उनीहरुलाई स्थापित सारंगी बाधक सम्मर बहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले दुईवटा गीतमा सारंगी बजाएर प्रस्तुत समेत गरेका थिए । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमा बोल्दै उनले… पुरा पढौ

पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने कास्की प्रजिअ घिमिरेको प्रतिवद्धता

पोखरा २८, माघ १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सडक सुरक्षाका लागि सुरक्षा निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते हुने म्याराथनको समयमा हुन सक्ने ट्राफिक व्यवस्थापन सँगै धावकका लागि सडक सुरक्षाको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा धावक तथा खेलाडीहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै पहिलो पटक यस्तो छलफल सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा सुरु भयो सहाशिक खेलकुद गतिविधि

पोखरा २८, माघ गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल ¥याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका हुन् । आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं।६१ मिनेटको समय लिदैं पहिलो हुन सफल भएका छन् । प्रतियोगितामा… पुरा पढौ

पोखरा महानगरको १४ औँ नगरसभा ३ विधेयक ३ प्रतिवेदन र १५४ नयाँ दरबन्दी स्वीकृत

पोखरा, २८ माघ पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । पौष २९ गते सुरु भएको नगरसभा आइतबार सम्पन्न भएको हो । नगर सभाले विभिन्न विधेयक तथा प्रतिवेदनहरू पास गरेको छ भने, केही महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास गरेको हो । यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक… पुरा पढौ

पोखरामा सुरु भएको मनमोहन मेमोरियल राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगितामा गण्डकीको विजयी सुरुवात

सागर सुनारपोखरा २८, माघ पोखरामा आइतबार देखि सुरु भएको मनमोहन मेमोरियल राष्ट्रिय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१६) क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाउँमा स्थापना गरिएको मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टिम गण्डकीले गर्णाली प्रदेशलाई सुपर टाईमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । २५÷२५ ओभरको खेलमा गण्डकीले २३.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रन जोड्न सफल हुदा… पुरा पढौ

इटहरीका आयुष गौतमले जित्नुभयो खुल्ला नेपाल स्नोकर प्रतियोगिताको उपाधि, काठमाडौंका वाङचु तामाङले गर्नुभयो हायस्ट ब्रेकको रेकर्ड

पोखरा २८, माघ इटहरीका आयुष गौतमले खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० को उपाधि जित्नु भएको छ । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा आइतबार सम्पन्न भएको फाइनल खेलमा गौतमले काठमाण्डौंका वाङचु तामाङलाई ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल हुनु भएको हो । तष्विर दीननाथ बराल गौतमले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता हुनु भएको तामाङले भने ७० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भयो । उक्त प्रतियोगितामा नयाँ… पुरा पढौ

दीपक समीपको नदीको राजमार्ग गृह विमोचन

पोखरा, माघ २८ साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए । उनले जुनसुकै छोटा विधाका रचना लेख्न पनि पनि उत्तिकै मिहिनेत लाग्ने धारणा राखे । कृतिको सङ्ख्या कति पुग्यो भन्ने कुराभन्दा कति ओजिलो छ भन्ने कुराले… पुरा पढौ

अमरदिप सहकारीमा शोभामोहन

पोखरा २८ माघ पोखरा महानगरपालिका वडा नं. १६ अमरदिपमा रहेको अमरदिप वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले शोभामोहन पौडेलको अध्यक्षतामा नौं सदस्यीय संचालक समिति चयन गरेको शेयर सदस्य ईन्जिनियर भुवन बहादुर थापाले जानकारी दिनुभयो । सहकारीको उपाध्यक्षमा गणेश बहादुर थापा, सचिवमा धर्मराज थापा, कोषाध्यक्षमा वालप्रसाद शेरचन, पदेन सदस्यमा संस्थापक अध्यक्ष कुमार खड्का र सदस्यहरुमा ईन्द्र गुरुङ, दुर्गा केसी, भुवन वस्नेत र ईन्जिनियर भुवन बहादुर थापा चयन… पुरा पढौ