देश तथा समाज पत्रिका

प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त

पोखरा १८, असोज, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैंरविजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्नुभएको छ… पुरा पढौ

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू

पोखरा १८, असोज, मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हट एअर बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । कम्पनीले… पुरा पढौ

पोखरा सौराहमा अत्याधुनिक सुबिधा भएको बस सेवा सुरु

पोखरा १७, असोज, दशैं पर्वको अवसरमा पोखरा देखि सौराहासम्म सोफा एसी बस सञ्चालनमा आएको छ । अत्याधुनिक सुविधा भएको उक्त बस पोखराको पर्यटन बसपार्कबाट बिहान ७ः३० बजे र सौराहाबाट विहान ७ः०० छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनु भयो । सुबिधा युक्त २५ सिट भएको उक्त बस असोज १७ गते घटनस्थापनाका दिन देखी बस सेवा सञ्चालन भएको उहाँले जनाउनु भयो । यात्रुको सुविधालाई मध्यनजर गर्दै थप सुविधा सम्पन्न बस पोखरा–नारायणगढ रुटमा संचालन गरिएको अध्यक्ष केसीले जनाउनु भयो… पुरा पढौ

गण्डकी प्रदेश सरकारले बाढी पहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

पोखरा १७, असोज, गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ ।‘विपद्का कारण काठमाडौँ उपत्यका सहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो, यो… पुरा पढौ

अमरसिंहमा खुल्यो ‘दोकान घर’

पोखरा, १७ असोज, पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ ।युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् ।उक्त दोकान घरको उद्घाटन आज (बुधबार) पोखरा महानगरपालिका–१२ का वडासदस्य तथा युवा नेता शान्तबहादुर थापाले गरे । सो अवसरमा बोल्दै थापाले व्यवसायीक सफलताको कामना गरे । उनले अमरसिंहबाट सञ्चालनमा रहेपनि उक्त दोकान घरले सारा पोखरेलीलाई नै सेवा दिने विश्वास व्यक्त गरे । यस्तै पोखरा १२ का मेलमिलाप समितिका संयोजक तथा कुँडहरचोक टोल विकास… पुरा पढौ

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा, असोज १७ गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई कवि तथा गीतकार रमेश श्रेष्ठ, हरिदेवी कोइराला र संस्थाका अध्यक्ष शीतल गिरीले सम्मान गरे । लमजुङमा जन्मेर पचासको दशकको सुरुदेखि नै पोखरालाई कर्मथलो बनाएर साहित्यिक क्षेत्रमा क्रियाशील सरूको प्रकाशन यात्रा २०४९ मा गीतबाटै भएको थियो । आफ्नो पहिलो… पुरा पढौ

इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

पोखरा १७, असोज, गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो । गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष राई र निरा थापा मगरको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई एस टु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । गीत निरा थापा मगरकोको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समय बिष्ट सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई… पुरा पढौ

पोखरामा भोलि विहान ४ः३० देखि नै हवाई उडान हुने

पोखरा १६, असोज पोखरामा भोलि विहान (विहिबार ) देखि ४ः३० देखि नै हवाई उडान हुने भएको छ । नेपालीहरुको महान चार्ड बडा दशैं पर्व नजिकीदै गर्दा हवाई यात्रामा यात्रुको माग र चाप बढेकोले भोलि देखि पोखरा देखि काठमाण्डौंको हवाई उठान विहान ४ः३० बजे देखि गर्न सकिने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम भोलि घटस्थापना… पुरा पढौ

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा अक्षयकोष तथा खाद्यान्न सहयोग

पोखरा, १६ असोज पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा एक लाख एक हजार १११ रुपैयाँ नगद एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ । विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुु¥याउने उद्देश्यका साथ पोखरा – १६ निवाशी धनबहादुर थापाले एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीलाई खाद्यान्न तथा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुुभएको हो ।\ सहयोग हस्तान्तरण गर्दै समाजसेवी थापाले गुरुकुल संस्कृत विद्यालयको दीर्घकालीन सञ्चालनमा केही न केही सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ सहयोग गरेको बताउनुुभयो… पुरा पढौ

पोखरामा लागू औषध बिक्री बितरण गर्ने फार्मेसी संचालक पक्राउ

पोखरा १५, असोज, पोखरामा लागू औषध बिक्री बितरण गर्ने फार्मेसी संचालक पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं। ७ मा रहेको शभेक्षा फार्मेसीबाट लागू औषध बिक्री बितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले मंगलबार फार्मेसी ंसंचालक ५८ बर्षका मित्रलाल शर्मालाई पक्राउ गरेको हो । कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता बसन्त… पुरा पढौ