देश तथा समाज पत्रिका

टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरियन्ट पोखरामा बिक्रि वितरण सुरु

दीननाथ बराल, पोखरा ९, मंसिर, इलेक्ट्रीक स्कुटर टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरियन्ट पोखरामा बिक्रि वितरण सुरु भएको छ । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबको २.२ किलोवाट आवर भेरियन्ट पोखरामा आइतबार सार्वजनिक गरेसंगै उक्त स्कुटर बिक्रि वितरण गर्न सुरु भएको हो । सिटी स्क्वायर व्याइवेट, न्युरोडमा आयोजित उक्त क्षेत्रीय उद्घाटन कार्यक्रममा यस क्षेत्रका ग्राहकहरूको लागि थप किफायती तथा उत्कृष्ट प्रविधि भएको इलेक्ट्रीक सवारी साधनको विकल्पको रुपमा आएको कम्पनीको दाबी छ । नयाँ… पुरा पढौ

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानज्योति बोर्डिङ लाहाचोकलाई

 मंसिर ९, हेमजा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानज्योति बोर्डिङ लाहाचोकले जितेको छ । माछापुच्छ्रे  गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे –४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले हात पारेको छ । पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।   यता ५ स्वर्ण १ रजत र ३ कास्या पाप्त गरि माछापुच्छ्रे  मा.वि दोस्रो भएको छ… पुरा पढौ

सृजना मा.वि.मा पुरस्कार वितरण

पोखरा ९, मंसिर, पोखरा–८, सृजनाचोक शान्तिमार्गमा रहेको सृजना माविमा यही मंसिर ६, ७ र ९ गते त्रिदिवसीय रूपमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू लगायत अनुशासन, सरसफाईमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मङ्सिर ६ र ७ गते छुट्टाछुट्टै कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको थियो । भने मङ्सिर ९ गते आइतवारका दिन २०८१ साल असोज १६, १७… पुरा पढौ

एनपीएलको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सलाई स्टेप बाई स्टेप मा. वि. पोखरामा स्वागत तथा सम्मान

पोखरा ९, मंसिर, नेपाली सिनियर क्रिकेट टोलीका ओपनर व्याड्सम्यान तथा अलराउन्डर, पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई पोखराको स्टेप बाई स्टेप माविले स्वागत तथा सम्मान गरेको छ । आइतबार विद्यालयमा एक कार्यक्रम आयोजन गर्दैँ मार्की खेलाडी कुशल भुर्तेलसहित पोखरा एभेन्जर्सको टिमलाई विद्यालयले मायाको चिनो प्रदान गरी आउँदो पहिलो संस्करणको नेपाल प्रिमियर लिगको लागि शुभकामना प्रदान गरेको हो । मार्की खेलाडी भुर्तेलले विद्यालयको क्रिकेट अभ्यास मैदानको उद्घाटन गर्दै उनले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताए । उनले विद्यालयले खेलकुदलाई… पुरा पढौ

हरिहरगुफा भलाममा बालाचतुर्दशी मेला हुने

पोखरा, ९ मंसिर हरिहर गुफा सन्यास आश्रम पोखरा २० भलाममा यही मंसिर १५ गतटे शनिवार बृहत बालाचतुर्दशी (सद्विज छर्ने) मेला हुने भएको छ । विगतका वर्ष झै यस वर्ष पनि मेला गरिने भएको हो । आश्रममा यस वर्ष पनि पोखरा लगायत तनहुँ, पर्वत, बागलुङ, काठमाण्डौ, चितवन लगायतका ठाउँबाट भक्तजनहरुको भिड रहने सन्यास आश्रमले जनाएको छ । ऐतिहासक तपोभुमी प्रसिद्ध धार्मिक पर्यटकीय एवम् पवित्र तीर्थस्थल श्री हरिहर गुफा सन्यास आश्रममा यही मंसिर १५ गते सत्विजारोपण कार्यक्रम भव्यरुपमा सम्पन्न गराउन विभिन्न उपसमितिहरु… पुरा पढौ

मन्त्री केसीसँग अपाङ्ग महिला सशक्तिकरण केन्द्रको ६ बुँदे माग

पोखरा, ९ मंसिर, अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे माग पत्र बुझाएका छन् । केन्द्रको टोलीले आइतबार मन्त्रालय प्राङ्गणमा मन्त्री केसीलाई अपाङ्गता भएकाहरुका लागि गरिनुपर्ने ६ वटा विषय समेटेर पत्र बुझाएका हुन् । केन्द्रकी अध्यक्ष अन्जना केसीले हस्ताक्षर गरेको पत्रमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने र त्यसको कार्यान्वयनका लागि ८५ वटै पालिकालाई पत्रचार गरिनुपर्ने पहिलो माग गरिएको छ ।… पुरा पढौ

साहित्यकार समीपलाई प्रेम–शान्ति आख्यान सम्मान तथा पुरस्कार

पोखरा, मङ्सिर ९ साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली साहित्यको उन्नयनमा विशेष योगदान पु¥याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आएका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन् । हालसम्म उनको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह) प्रकाशित छन् । उनले विभिन्न साहित्यिक पत्रिकाहरूको पनि सम्पादनसमेत गरिसकेका छन्… पुरा पढौ

स्टेप बाई स्टेप मा.वि. मा खेलकुद प्रतियोगिता सम्पन्न

पोखरा ८, मंसिर, स्टेप वाई स्टेप मा.वि. मासवार पोखराको त्रिदिवसीय वार्षिक खेलकुद प्रतियोगिता समापन भएको छ । शुक्रबार विभिन्न खेलहरु अन्तिम चरणका फाइनल प्रतिश्प्रर्धा मालेपाटन चौर र विद्यालय प्राङ्गणमा सम्पन्न भएका छन् । क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, रिले दौड, कुर्सी दौड आदि खेलहरुको फाइनल बिहिवार सम्पन्न भैसकेका थिए भने व्याडमिन्टन,टेवल टेनिस, चम्चा दौड आदि खेलहरु शुक्रबार सम्पन्न भएका छन् । विद्यालयमा भएको छात्र क्रिकेट तर्फ सुृहान थापाको समूहले अशिम गैरेको समूहलाई १५ रनले पराजित गर्न सफल भएका छन् । दुई… पुरा पढौ

पोखरा ढुङगेसाँघुमा हुने कोटिहोमको तयारी अन्तिम चरणमा

पोखरा, ८ मंसिर पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म कोटिहोम गर्न लागिएको हो । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि तयारी अवस्थामा राखिएको छ । भने मन्दिरमा रंगरोगर र ध्वजापतकाले सजाइएको धामका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल… पुरा पढौ

वालमञ्च वादविवाद प्रतियोगितामा विक प्रथम

पोखरा८, मंसिर, पोखरा महानगरपालिका ८ नं। वडा बाल मञ्चको आयोजनामा भएको सामाजिक मिडिया समाजका लागि हानिकारक नभई लाभदायक बिषयमा वादविवाद प्रतियोगितामा जनप्रिय मावि कन्चन बिक प्रथम भएकी छन् । त्यसै गरी सृजना माबिकी सपना शर्मा दितिय, लक्ष्मी आवासीय माविकी सृष्टि आचार्य तृतिय र राम आधारभूत विद्यालयका मिसन मगर सान्त्वना भएका थिए । प्रमुख अतिथि प्रतियोगिताको वडा अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गर्दै बावबालिकाको चौतर्फि विकासमा वडा कार्यलय सधै सहकार्य गर्न तत्पर रहेको वताए । वडा सदस्य पबित्रा केसीले वडा नं। ८… पुरा पढौ