देश तथा समाज पत्रिका

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा.तिवारी नियुक्त

पोखरा, गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–३१ का प्रा.डा. तिवारीलाई कुलपतिमा नियुक्त गर्नु भएको हो । प्रा.डा. तिवारी पोखरा विश्वविद्यालयमा डिन तथा उपकुलपतिसमेत भइसक्नु भएको कुलपतिमा ५ वर्ष कार्यकाल रहनेछ । विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गर्नु भएको थियो । परिषद् अध्यक्ष तथा कुलपति छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र… पुरा पढौ

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले गण्डकी कोटिहोममा कथा प्रवचन गर्न सुरु

पोखरा, बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्न सुरु गरेकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी सुरु गरेकी हुन् । उनले २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन । पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने… पुरा पढौ

प्रभावकारी सेवा प्रवाहमा लाग्न प्रमुख सचिव विष्टको आग्रह

पोखरा २९, चैत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गण्डकी प्रदेशका प्रमुख सचिब रघुराम बिष्टले प्रभावकारी सेवा प्रवाहमा लाग्न कर्मचारीलाई आग्रह गर्नू भएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला समिति, कास्कीले नव वर्ष २०८२ सालको अवसरमा प्रकाशित सूचनामुलक टेबल क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै उहाँले कर्मचारीलाई प्रभावकारी रुपमा सेवा प्रवाहमा लाग्न आग्रह गर्नु भएको हो । प्रमुख सचिव बिष्टले नेपाल सरकार प्रदेश सरकार र स्थानीय तह तिनै तहमा कार्यरत निजामती कर्मचारीहरू रहने यस जिल्ला संगठनले आफ्नो सृजनशीलता… पुरा पढौ

केपी ओली कप टी २० क्रिकेट ःगत वर्षको च्याम्पियन मधेशलाई कर्णालीले हरायो

पोखरा, पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी – २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो । प्रतिकुल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो । १४६ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशले कुल १७ ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो । मधेशका लागि दिपेश… पुरा पढौ

कुमुदिनी होम्स प्रथम एसइई कप ः फुटसलमा एसओएस, बास्केटबलमा दीपशिखा र विन्द्यश्वरीलाई उपाधि

पोखरा, २९ चैत्र, पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २५ गतेदेखि सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ । गण्डकी प्रदेश तथा गण्डकी प्रदेश बाहिरका ७१ विद्याललयका विद्यार्थीहरु फुटसलमा, ४३ विद्यालय विद्यालयका बास्केटबल र ११ विद्यालयका महिला विद्यार्थी बास्केटबल प्रतियोगितामा सहभागि भएका थएि । फुटसल तर्फको प्रतियोगितामा एसओएस हर्मन माईनर स्कुल नयाँगाउँ १५ प्रथम भएको छ । उक्त विद्यालयबाट लोकेन्द्र मल्लको नेतृत्वमा टोली सहभागि भएको थियो । सन्तोष श्रेष्ठको व्यवस्थापनमा… पुरा पढौ

पोखरामा प्रथम एलिट भलिबल कप सुरु

पोखरा, पोखरामा प्रथम एलिट भलिबल कप सुरु भएको छ। एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा पोखरा(३ नदिपुरमा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गरे । पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी भए । एलिट एकेडेमीले श्रीकृष्ण दल गणलाई ३(२ को सेटले पराजित गर्न सफल भयो ।महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयको टोलीलाई ३(० को सोझो सेटमा पराजित गर्दै पिएन क्याम्पस सेमिफाइनलमा प्रवेश गर्‍यो । प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल… पुरा पढौ

तेक्वान्दोमा सर्वोच्च ९ डान प्राप्त गर्ने ग्राण्ड मास्टर गुरुङलाई पोखरामा सम्मान

पोखरा, चैत २९, तेक्वान्दोमा सबै भन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्राण्डमास्टर तुलसीकुमार गुरुङलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार पोखरामा एक समारोह आयोजना गरी उनलाई ताम्रपत्र सहित सम्मान गरेको हो । प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेल, संघ गण्डकी अध्यक्ष जगन गुरुङ, महासचिव रमेश पौडेल समेतले उहाँलाई बधाई दिँदै सम्मान गरेका हुन् ।सो अवसरमा नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेलले आफ्ना गुरु तुलसीकुमारबाटै आफूले तेक्वान्दोको यात्रा सुरु गरी एशियान गेम्ससम्म… पुरा पढौ

शनिबार देखि पोखरामा फेवा महोत्सव हुने, पाहुनालाई होटलमा २० प्रतिशत छुट

पोखरा, २९ चैत, होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले स्थानीय अम्मटमा सडकमा नै महोत्सवको उद्घाटन गरिने जानकारी दिए । उनले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११… पुरा पढौ

मासिक दौडमा एन्जिला र मनिष ५ किमि दौडमा बिजेता

पोखरा, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनीको मासिक ५ किमि छात्र÷छात्रा दौडमा एन्जिला जिटी र मनिष शर्हा बिजयी भएका छन् । पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा भलाममा शुक्रबार सम्पन्न दौडमा छात्रातर्फ मेघराज माविकी एन्जिला जिटी तथा छात्रतर्फ मनिष बिजयी भएका हुन् । चौथो संस्करणको सो प्रतियोगितामा एन्जिलाले २६ मिनेट ४२।२ सेकेण्डको समय लिइन् भने दोस्रो भएकी अमर सिंह माविकी स्वश्तिाका पौडेलले दौड पुरा गर्न ३३ मिनेट ४४।२ सेकेण्डको समय खर्चिन… पुरा पढौ

पोखरामा ट्रकको ठक्करले स्कुटरमा सवार बाबुको मृत्यु चालक (छोरी) घाइते

दीननाथ बराल,पोखरा २८, चैत, पोखराको व्यस्त बजार पृथ्बीचोक बसपार्क क्षेत्रको सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार बाबुको मृत्यु भएको छ भने स्कुटर चालक (छोरी) भने घाइते हुनु भएको छ ।पोखराको बुद्धचोकदेखि पृथ्बीचोक तर्फ आउदै गर्दा बसपार्क अगाडि विहिबार दिउँसो ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा १४ का ५३ बर्षीय शिवराज कँडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिएसंगै गम्भिर घाइते हुनु भएको शिवराजको… पुरा पढौ