देश तथा समाज पत्रिका

गण्डकी प्रदेश पौडी संघका कुँवर

पोखरा २०, पुष, गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुँवर निर्वाचित भएका छन । संघको प्रथम साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि आनन्द कुुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जस अन्तर्गत संघको उपाध्यक्षमा कृष्ण भक्त आचार्य, सचिवमा जीवन रेग्मी, कोषाध्यक्षमा बबिता कार्की के.सी. निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा लाल बहादुर पराजुली थापा, तिल बहादुर थापा मगर, सूर्य बहादुर सिग्देल, राजेन्द्र बहादुर अधिकारी, धमेन्द्र गिरी, विष्णु पहारी, रुवि तामाङ, अर्जुन नेपाली, अमृत खड्का, महेन्द्र भुजेल निर्वाचित भए… पुरा पढौ

१२४ को सित्तैमा मधुमेह र टिजी जाँच

पोखरा, २० पुस, सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच सित्तैमा गरिएको हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह र टिजीका समस्या हुने कारण, निदान र उपचार पद्धतिबारे प्रकाश पारे । उनले उचित खानपान, नियमित व्यायम, बेला बेलामा चेकजाँच गरे यी… पुरा पढौ

बजारको माग अनुसारको जनशक्ति उत्पादनमा जोड दिनुपर्छ—मन्त्री थापा, त्रिवेणी इन्टरनेशनलको अध्यक्षमा भट्टराई

लेखनाथ÷पौष २०, त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को नवौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले पुन सुमन भट्टराईको अध्यक्षतामा संचालक समितिको चयन गरेको छ । सभाले कलेजको संचालकमा बलराम ढकाल, भरतकुमार अधिकारी, यदुराज आचार्य, मधुसुदन सापकोटा, हरि बहादुर वुढाथोकी, सोमनाथ बास्तोला, शान्ति खनाल र विनोद लामिछाने चयन गरेको छ । संचालक समितिले मुक्तिनाथ सापकोटालाई कम्पनी सचिवमा नियुक्ती गरेको छ । यसैगरी राजेन्द्रमणि लामिछाने, बाबुराम गिरी, छत्रधर आत्रेय, विष्णु प्रसाद बराल र लोकराज ढकाललाई सल्लाहकारमा चयन गरेको छ । कलेजले त्रिभुवन… पुरा पढौ

पोखरा १३ मा साहित्यको उत्सव

पोखरा, २० पुस, पोखरा महानगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको साहित्य पर्व २०८१ विभिन्न साहित्यिक गतिविधि गर्दै सकिएको छ ।पोखरा महानगरपालिकामा नै पहिलो पटक साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रममा साहित्य संवाद, कविता, गीत, चित्रकला प्रदर्शनी गर्दैै सकिएको हो । ३३ वटा वडा रहेको पोखरा महानगरपालिकामा १३ नम्बर वडाले यो प्रयास थालेको हो । डा. अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिएर सुरु भएको ‘साहित्य पर्व २०८१’ बाबा राणाको गीतसँगै सकिएको थियो ।… पुरा पढौ

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

लेखनाथ, २०, पौष, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा… पुरा पढौ

सवा २६ लाख लागतमा कविता पार्क बनाउँदै लुम्ले

नेपालको एक मात्र कविता गाउँ कास्कीको लुम्लेमा कविता पार्क बन्ने भएको छ । समाजसेवी चिनबहादुर केसीले दान गरेको चार आना दुई पैसा एक दाम जग्गामा समितिले उक्त पार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन लागेको हो । कविता गाउँका प्रणेता विनोद गौचनको ११ औं स्मृति सभाका वक्ताले समिति अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढेको जानकारी गराएका हुन् । कविता गाउँ लुम्ले समितिका अध्यक्ष भरत देवकोटाले कविता पार्क प्रस्तावना २०८१ प्रस्तुत गर्दै विनोद गौचनको प्रतिमासहितको कविता पार्क निर्माणमा २६ लाख… पुरा पढौ

कोन सहकारीको रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन

दीननाथ बराल,पोखरा २०, पुष, पोखरा महानगरपालिका वडा न १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आज (शनिवार) आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन भएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २६ औ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ५२ यूनिटक रक्त संकलन भएको सहकारीका सचिव शान्त कुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी संस्थाका निर्वतमान अध्यक्ष एवं मानार्थ संरक्षक शरदकान्त सिग्देलले पहिलो रक्तदाता संस्थका सचिव शान्त कुमार श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण… पुरा पढौ

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

पोखरा, पुस २० विद्यार्थीमा रहेको दक्षता प्रस्फुटन गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए ।खाना, संगीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्ने गरि आयोजित उक्त फेस्टिबलको अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईले उद्घाटन गरेका थिए । प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका खाना पस्केका थिए । खाना बाहेक संगीत र… पुरा पढौ

मुक्तिनाथ विकास बैंकको रंक्तदान कार्यक्रमबाट १ सय ५२ यूनिट रंक्त संकलन,कृषि पत्रकारिता पुरस्कार वितरण

पोखरा १९, पुष, मुक्तिनाथ विकास बैंकको १९ बर्षमा प्रबेश गरेको अवसरमा शुक्रबार पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट १ सय ५२ यूनिट रंक्त ंसंकलन भएको छ । शुक्रबार बैंकका कर्मचारी, शेयर धनि सहित अन्य शुभेच्छुकहरुको सहभागितामा उक्त यूनिट संकलन भएको वैकका सम्पति व्यवस्थापक तथा विशेष परियोजना प्रमुख वावुराम ढकालले बताउनु भयो । बैंकले आफ्नो सामाजिक उत्तरदाहित्व बोध गर्दै हरेक बर्ष विभिन्न सामाजिक कार्य गर्दै आएको उहाँले जनाउनु भयो । क्षेत्रीय प्रमुख ऋषिराम ढकाल, रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली… पुरा पढौ

स्व.बसन्तकेशव पराजुलीको छैटौं स्मृति दिवस मनाइयो

पोखरा, १९ पुस, गण्डकी प्रदेशको सामाजिक क्षेत्रमा कार्यरत अगुवा संस्था पोखरा बृद्धाश्रम एवम निबृत्त शिक्षक समुदाय, कास्कीका अध्यक्ष स्व. बसन्तकेशव पराजुलीको छैठौ स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका तत्कालिन केन्द्रीय सल्लाहकार एवम् पोखरा बृद्धाश्रममा दुई दशक सम्म अनवरत सेवा गर्नुुभएका स्वर्गीय पराजुलीको स्मृति दिवश हरेक वर्र्ष विभिन्न रचानात्मक कार्यक्रमका साथ मनाउँदै आइएको प्रेस स्वतन्त्रता सेनानी तथा पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले बताउनुुभयो । यसवर्ष स्व.बसन्तकेशवको छैटौं स्मृति दिवसको उपलक्षमा पोखरा र आसपासका जिल्लाका… पुरा पढौ