देश तथा समाज पत्रिका

इक्यान कास्कीद्धारा ईम्पावरिङ एजुकेशन प्रोफेसनल कार्यक्रम सम्पन्न

पोखरा २३, पुष, नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० कास्कीले सदस्यहरुको क्षमता अभिबृद्धि गराउने उदेश्यले सहीत एक कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलियाको चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनको सहकार्यमा इक्यानले ईम्पावरिङ एजुकेशन प्रोफेसनल कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चर्चिल इन्स्टिच्युटका रिजनल मार्केटिङग डिरेक्टर विजय शर्माले कलेजको वारेमा जानकारी गराएका थिए । शर्माले वर्तमान समयमा अष्ट्रेलियामा विद्यार्थीको माग, कलेजले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई अध्ययन गराउने विषय र भर्ना प्रकृयाको वारेमा जानकारी गराएका थिए । चर्चिल इन्स्टिच्युट अष्ट्रेलियाको सिड्नीमा रहेर ब्याचलर लेभलका विभिन्न मेजर… पुरा पढौ

लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिने

लेखनाथ, २३ पौष, कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ । अक्वेरियम भित्र समुद्र मुनीको यात्राको महशुस गर्दै दर्शक र विद्यार्थीहरु फोटो खिचाउन भिड लाग्ने गरेको छ । अक्वारियमले महोत्सवमा थप आकर्षण दिएको र माछा सम्बन्धी थप अनुसन्धानका लागि पनि उपयुक्त भएको छ । माछालाई उपयुक्त वातावरण र पानीको गुणस्तर मापन गरी व्यवस्थापन गर्न… पुरा पढौ

घलेल ल्होछार उत्सव सकियोः घान्द्रुक किम्चेलाई भलिबलको उपाधि

पोखरा, २३ पुस, तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा सम्पन्न २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको छ । आज भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै घान्द्रुक किम्चेले उपाधि जितेको हो । उपाधिसँगै घान्द्रुक किम्चेले नगद रु ६५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको धम्पुसलाई नगद रु ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी… पुरा पढौ

पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच सम्झौता पत्रमा हस्ताक्षर

पोखरा, २३ पुस, प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । पाटा नेपाल नेपालले परिषद् सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालाहरू सँगको सहकार्यमा गर्न लागेको एक्स्पोका सन्दर्भमा पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र पोखरा पर्यटन… पुरा पढौ

खेलाडीलाई नगद पुरस्कार नदिएको आरोपमा दुई जना युवा पोखरामा पक्राउ

दीननाथ बराल, पोखरा २३, पुष, खेलकुदको शहर पोखरामा खेलाडीलाई नगद पुरस्कार नदिएको आरोपमा दुई जना युवा पक्राउपर्नु भएको छ ।“पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियन सीप–२०२४” का विजेता खेलाडीलाई पुरस्कार नदिएको आरोपमा कास्की प्रहरीले उक्त खेल संचालक तथा निर्देशक जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्रीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गत चैत २३ र २४ गते पोखरा राईडर्स क्लबको आयोजनामा पोखरा २३ बाम्दीमा संचालन भएको उक्त प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कार वापतको नगर रकम नदिएको आरोपमा अछाम सिउडी… पुरा पढौ

पोखरामा पनि भूकम्पको धक्का महशुस

पोखरा २३, पुष, मित्र राष्ट्र चिनमा केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पको पोखरा लगायतको क्षेत्रमा यसको धक्का महशुस गरिएको छ ।आज बिहान ६ः५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो । उक्त भूकम्पको केन्द्र बन्दिु भने चिनमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पोखरा, काठमाण्डौं, धार्दिङ लगायतको क्षेत्रमा यसको महशुस गरिएको थियो । उक्त भूकम्पबाट क्षतिको विवरण संकलन कार्य सुरु भएको नेपाल सरकारको स्थागृह मन्त्रालयले जनाएको छ । आज गएको ७ म्याग्निच्युडको भूकम्प रहेको बताइन्छ । पुरा पढौ

नेपालमा २०८५ भित्र साक्षर हुन नसक्ने व्यक्तिलाई कुनै पनि सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा बन्देज गर्ने सरकारीको तयारी

पोखरा २२, पुष, नेपालमा आउँदो २०८५ भित्र साक्षर हुन नसक्ने व्यक्तिलाई कुनै पनि सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा बन्देज गर्ने सरकारीले तयारी गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले हालै पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले नेपालले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमलाई अघि बढाएको सन्र्दभमा आउदो २०८५ भित्र सबै नागरिकलाई साक्षर बनाउने तर नभएको खण्डमा सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा त्यस्ता व्यक्तिलाई बन्देज गर्ने सरकारीले कानूुनि प्राबधान ल्याएको उहाँले बताउनु भयो ।… पुरा पढौ

सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ मन्त्री थापा

पोखरा २२, पुष, गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार ः कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य रहेको उल्लेख गरेका हुन् । मन्त्री थापाले सूचनाको हकसम्बन्धी ऐनको… पुरा पढौ

कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतम राज लामा योन्जन चयन

पोखरा २२, पुष, कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन भएका छन् । संघको २० औं साधारण सभा तथा ७ औं अधिवेशनले योन्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा मुना थापा, द्वितिय उपाध्यक्षमा रविनाथ पन्त, सचिवमा दिपक भण्डारी, सहसचिवान रविन्द्र कट्टेल, कोषाध्यक्षमा देव भुजेल, कार्यसमिति सदस्यमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समिक्षा पोख्रेल रहेका छन् । यस अघि सभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

पोखरा, २२, पुष, नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ