देश तथा समाज पत्रिका

समाचार प्रभावः बढी भाडा लिने इन ड्राइभ चालक कारबाही परे

पोखरा, सार्वजनिक यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा पोखरामा संचालन भएका राइड शेयरिङ एप अन्र्तगत इन ड्राइभका केही चालकहरुलाई प्रहरीले कार्वाही गरेको छ । पोखरामा राइड शेयरिङमा चर्को मुल्य तिर्न यात्रु बाध्य, नियमन नहुँदा यात्रु ठगिदै भन्ने शिर्षकमा पोखराक्लिकलाई आइतबार बिहान समाचार प्रकाशन गरेसंगै आइतबार बेलुका यात्रुसंग बढी भाडा अशुल्ने इन ड्राइभ चालकहरुलाई प्रहरीले कार्वाही गरेको हो । पोखराक्लिकको समाचारसंगै केही संचार माध्यम एवं यात्रीहरुको गुनासोको आधारमा कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट आठ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कार्वाही गरेकोे जिल्ला प्रहरी… पुरा पढौ

तीन शिविरमा ७ सय जनाको सित्तैमा जाँच

पोखरा, १९ जेठ, कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा सात सय जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पाहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् । बिहीबार पोखरा २२ मा भएको शिविरमा मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । पोखरा लेडी जेसिजको आयोजनामा भएको कार्यक्रममको व्यवस्थापन सन्तान आइभिएफ महेन्द्रपुलले गरेको थियो ।कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले स्थानीयको टोल, टोलमै विशेषज्ञसहितको गुणस्तरीय सेवा… पुरा पढौ

नेपाल पात्रकार महासंघ कास्कीक फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु

पोखरा, १८ जेठ, नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको बताए । क्षमता अभिवृद्घि तालिमले पत्रकारलाई यस क्षेत्रमा टिकिरहन मदत गर्ने बताए । राज्यको चौथो अंगका रुपमा परिचित पत्रकारिताको धर्म समाजमा भइ रहेका गतिविधि नियाल्दै गलत कार्यमा खबरदारी र झक्झकाउन सक्नु पर्ने बताए । पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले तालिमबाट प्राप्त… पुरा पढौ

हड्तालको समस्या वार्ताबाट मिलाउन होटल संघको माग

पोखरा, होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रु वर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवालाई सुचारु गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘व्यवसायीका तर्फबाट जेजस्ता मागहरु राखेर आन्दोलन गरिए पनि सरकार र व्यवसायी वार्ताका माध्यमबाट एउटा निश्कर्षमा पुगी सार्वजनिक… पुरा पढौ

दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समुह प्रथम

जेष्ठ १८, पोखरा, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान हाँसिल गरे । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद… पुरा पढौ

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता ः डायमण्ड र प्रतिभाको बिजयी शुरुवात

पोखरा, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा डायमण्ड सेकेण्डरी स्कुल र प्रतिभा माविले बिजयी शुरुवात गरेका छन् । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा आईतबार भएको खेलमा डायमण्डले रत्न ज्योति सेकेण्डरी र प्रतिभा माविले कुमुदिनी होम्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेका हुन् । आईतबार भएको पहिलो खेलमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा डायमण्ड सेकेण्डरीले रत्न ज्योति सेकेण्डरीलाई २ विकेटले पराजित गर्न सफल भयो । टस जितेर डायमण्डले फिल्डिङ रोजेपछि व्याटिङमा आएको रत्न ज्योतिले पूरै… पुरा पढौ

सहारा बिद्यालयमा निःशुल्क हेयर कटिङ

पोखरा, पोखरा ९ वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा निःशुल्क हेयर कटिङ कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तरगत व्यवसायीक तथा सिप विकास तालिम केन्द्रमा आवद्द भई सिप हाँसिल गरिरहेका सिकारू र प्रशिक्षकद्वारा विद्यालयमा अध्ययनरत १०० जना छात्रहरुको निस्शुल्क रुपमा कपाल काट्ने कार्यक्रम सम्पन्न भएको हो । पोखरा मनपा वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष विक्रम थकालीले गरेका थिए भने सहयोगी संस्थाका… पुरा पढौ

पोखरामा राइड शेयरिङमा चर्को मुल्य तिर्न यात्रु बाध्य, नियमन नहुँदा यात्रु ठगिदै

दीननाथ बराल,पोखरा १८, जेठ, पोखरामा राइड शेयरिङ (सेल्फ चालक) हरूले मनपरी भाडा अशुल्न थाले पछि यात्रु मर्कामा पर्नु भएको छ । पोखरा सहित गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प हुँदा यो अबस्थामा राइड सेयरिङ एप मार्फत यात्रु वोक्नेहरुले यात्रु ठग्न थालेको यात्रुले पोखराक्लिक समक्ष गुनासो गर्नु भएको छ । गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न दिने निर्णय फिर्ता गर्न माग गर्दै यातायात व्यवसायीहरुले सार्वजनिक यातायातका सवारी साधनहरु घर ग्यारेज गरी सेवा ठप्प पार्दा राइड… पुरा पढौ

‘अन्नपूर्ण डे’ मनाउन निस्केको टोली अन्नपूर्णमा

पोखरा १८, जेठ, ७५ औँ अन्नपूण प्रथम हिमाल आरोहणको दिवस (हिरक महोत्सव) मनाउन पोखराबाट पदयात्रामा निस्केको टोली अन्नपूर्ण क्षेत्र प्रवेस गरेको छ । पोखराबाट हिडेको टोली शनिबार अन्नपूर्ण गाउँपालिका म्याग्दीको वडानम्बर चार नार्च्याङ (अन्नपूर्ण क्षेत्र) पुगेको हो । अन्नपूर्ण गाउँपालिकाको नेतृवमा स्थानीयले टोलीलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए । हिरक महोत्सवको अवसर पारेर आयोजना गरिएको पदयात्रामा मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पनि सहभागि भएको छ… पुरा पढौ

अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं १५ लाई

पोखरा, हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं। १५ ले हाता पारेको छ । गौरीशङ्कर खेल मैदान९गौरी० मा शनिवार भएको फाइनल खेलमा वडा नं। १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं। १५ ले उपाधि चुमेको हो । विजेतासँगै वडा नं। १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपविजेता वनेको वडा नं। १ ले नगद ५५ हजार ५ सय ५५… पुरा पढौ