देश तथा समाज पत्रिका

विपद्को बेला होटल सङ्घले पर्यटकलाई छुट सहित, अलपत्र परेकालाई निःशुल्क व्यवस्था मिलाउने उद्घोष

दीननाथ बराल, पोखरा, असोज १९, होटल सङ्घ पोखरा नेपालले हालको प्रतिकूल मौसम र प्राकृतिक विपत्तिका कारण पर्यटनको राजधानि पोखरामा अलपत्र परेका तथा आर्थिक रूपमा बिखर्ची भएका पर्यटकका लागि निःशुल्क खाना र बस्ने व्यवस्था गर्ने घोषणा गरेको छ। संघ द्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना तथा होटल आवासको व्यबस्था गरिने उल्लेख गरिएको छ । हाल मनसुनी गतिविधि तीव्र बनेसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र सडक अवरुद्धका कारण यात्रु तथा पर्यटकहरू आफ्नो गन्तव्यमा पुग्न नसकी अलपत्र परेका… पुरा पढौ

मौसममा सुधार, काठमाडौंमा जनजीवन सामान्य यातायात सहज हुदै,

पोखरा, मौसममा क्रमिक सुधारसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। वर्षा रोकिएसँगै यात्रुहरू काठमाडौं भित्रिने र बाहिरिने क्रम पुनः सुरु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा २ हजार ६ सय ४८ जना काठमाडौं भित्रिएका छन् भने २ हजार २ सय ६४ जना बाहिरिएका छन्। भित्रिने सवारी ५४० र बाहिरिने ४६५ रहेको छ। सरकारले बीपी राजमार्गबाहेक अन्य राजमार्गहरू सञ्चालन गर्ने तयारी गरेको छ। काठमाडौं–नारायणगढ र काठमाडौं–पोखरा सडकखण्डमा पनि सवारी सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको भौतिक… पुरा पढौ

कास्कीमा विपद् जोखिम न्यूनीकरण तथा सवारी आवागमनका लागि प्रशासनको विशेष निर्देशन

पोखरा, असोज १९, अत्यधिक वर्षाको पूर्वानुमान र त्यसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै कास्की जिल्ला प्रशासन कार्यालयले सवारी साधनको आवतजावत, विपद् व्यवस्थापन र यात्रु सहजीकरणसम्बन्धी विशेष निर्णय सार्वजनिक गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न विपद् समन्वय बैठकले असोज १७ देखि २० गतेसम्मको अवधिमा वर्षाको सम्भावित प्रभावका कारण विभिन्न सरोकारवालासँग समन्वय गर्दै १० बुँदे निर्णय जारी गरेको हो। बैठकमा सहभागी सरोकारवाला निकायमा निजी क्षेत्र, होटल तथा पर्यटन व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, रेडक्रस लगायतका प्रतिनिधिहरू सहभागी थिए।जिल्ला प्रशासन… पुरा पढौ

इलाममा पहिरोमा पुरिएर १७ जनाको ज्यान गय

इलाम, केही दिन देखि परेको अविरल बर्षादको कारण इलाममा बाढीपहिरोमा परी १७ जनाको ज्यान गएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको प्रहरीले जनाएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको ज्यान गएको छ भने सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो । पुरा पढौ

मलेसिया माथि नेपालको साहानदार जित

काठमाडौं, नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जित हासिल गरेको छ ।कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् । नेपालको शून्यमै २ विकेट गुमिसकेको अवस्थाबाट पूजा र रुबीले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि पूजा र इन्दुले ३७… पुरा पढौ

कास्कीमा ३ दिनका लागि लामो दूरीका सवारी आवतजावत बन्द

पोखरा, असोज १८, निरन्तर वर्षाको पूर्वानुमानसँगै कास्की जिल्लामा पनि तीन दिनका लागि लामो दूरीका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले शनिबार सूचना जारी गर्दै असोज १८ देखि २० गतेसम्म लामो दूरीका साथै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी सञ्चालन रोकिएको जानकारी दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालका अनुसार जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार गण्डकी प्रदेशसहित देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसअनुसार बाढी, पहिरो, डुबानजस्ता विपद् जोखिम न्यूनिकरणका लागि यो निर्णय… पुरा पढौ

गाउँ घरमा दशैंको रौनक, काहुँडाँडामा पिङ खेल्दै युवाहरु

पोखरा, नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा प्रायः गाउँ घरमा लोप हुदै गएको पिङ संस्कृति केही घर गाँउमा मात्र भेटिने गरेको छ । यसै क्रममा पोखराको मुख्यबजार देखि करिब ६ किलोमिटर नजिक रहेको काहुँडाँडामा पिङ हालिएकोले पिङ खेल्दै केही युवाहरु । काहुँडाँडमा हाल स्थानियको सक्रियतामा लिङगे र चम्रले पिङ हालिएको छ । बुधबार पोखरा क्षेत्रको आकाश समेत खुलेकोले माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमश्रृखला खुलेको थियो । काहुँडाँडाबाट पोखरा बजार सहितको सराङकोट, पुम्दीकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुपाः लगायतको दृश्य अवलोकन… पुरा पढौ

घुम्नबस्न पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गर्दै होटल संघ

पोखरा, होटल संघ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । जेन–जी आन्दोलनका वापजूद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तमतयार रहेको सन्देश प्रवाह गरेको हो । नेपालीको घरआँगनमा भित्रिएको दशैं पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघले पोखराका संचारकर्मीमार्फत् पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न आग्रह गरेको थियो । कार्यक्रममा छोटो मन्तव्य राख्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेन–जी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अरु… पुरा पढौ

विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वरमा रुपिन्द्रको बालगीत सार्वजनिक

पोखरा, जोजिजू म्युजिक सेन्टर, रानीपौवाको आयोजनामा हालै पोखरामा भएको जोजिजू म्युजिकल जर्नी कार्यक्रम २०८२ मा सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गीतको भिडियो सार्वजनिक गरेका हुन् । सरुभक्तले गायकरगायिकाले आफ्नो गायन प्रस्तुत गर्दा कहिल्यै पनि गीतकार र सङ्गीतकारलाई नबिर्सन आग्रह गरे । ‘गीतकारले गीत लेखेपछि र सङ्गीतकारले सङ्गीत भरेपछि मात्र गायकरगायिकाले गीत गाउने हो’ उनले भने, ‘त्यसैले गीतका जननी भनेका गीतकार हुन्, जननी बिर्सेर आफ्नो प्रस्तुति… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई, विश्व पर्यटन दिवसः पुम्दी भुम्दीमा नेपाल सहित ८ देशका धावकलाई भव्य स्वागत

पोखरा, ११ असोज, दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्… पुरा पढौ