देश तथा समाज पत्रिका

टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते

पोखरा, टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते हुनु भएकाे छ । पाेखरा २२ पुम्दी भुम्दीकाे बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा सर्केटारकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ। पाेखराकाे छाेरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेकाे ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरकाे स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएकाे छ । उक्त घटना आज करिब १२:३० बजे भएकाे काे । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की… पुरा पढौ

तेस्रो असार हिले महोत्सव पोखरा–२३ मा हुने, माग्ने बुढो, धुर्मुस र लटे प्रस्तुती हुने

जया पौडेल,पोखरा, १२ असार, पोखरा महानगरपालिका वडा नम्बर २३ को कार्यालयको आयोजनामा तेस्रो असार हिले महोत्सव यही असार १५ गते आइतबार मार्गी फेवा फाँटमा हुने भएको छ । असारको मौसमी परिवेश र रोपाइँ संस्कृतिलाई उजागर गर्ने उद्देश्य सहित आयोजना गरिएको महोत्सवमा हिलो, कृषि, र स्थानीय मनोरञ्जनजन्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुतीः हुने भएको स्थानिय देविलाल लामिछानेले बताउनु भयो । महोत्सवमा हिले पुरुष भलिबल प्रतियोगिता, असारे गीतसहितको धान रोपाइँ प्रतियोगिता, महिला र पुरुष हिले दौड, हिलोमा माछा छोप्ने प्रतियोगिता, हल गोरु… पुरा पढौ

पत्रकार अपिल त्रिपाठीलाई मातृशोक

पोखरा, असार १२ पत्रकार अपिल त्रिपाठीलाई मातृशोक परेको छ। उहाँकी आमा तुलसादेवी त्रिपाठीको ७५ वर्षको उमेरमा बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको पोखरास्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। दिवंगत तुलसादेवी त्रिपाठीको बिहीबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। स्व.त्रिपाठी पोखरा २८ कालिकामा बसोबास गर्दै आउनु भएको थियो। काजकिरिया कार्यक्रम पनि नेपाली परम्परा अनुसार कालिकामै सम्पन्न हुने परिवारले पोखराक्लिकलाई जनाएको छ। दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकार, राजनीतिज्ञ, समाजसेवी, उद्योगी(व्यवसायी, शुभेच्छुक र आफन्तजनहरूले त्रिपाठी परिवारप्रति गहिरो समवेदना प्रकट… पुरा पढौ

पोखराको फेवातालमा सीमा स्तम्भ गाड्ने अभियान ३४ प्रतिशत सम्पन्न

दीननाथ बराल, पोखरा १२, असार, पोखराको फेवातालमा सीमा स्तम्भ गाड्ने अभियान हाल ३४ प्रतिशत सम्पन्न भएको छ । गत जेठ १७ गतेदेखि सुरु भएको उक्त कार्यको हालसम्म ३ सय ६० पिल्लरहरु गाडिएदा ३४ प्रतिशत सीमा स्तम्भ गाड्ने अभियान सम्पन्न भएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनु भयो । सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम तिव्र पारिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको… पुरा पढौ

राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा सुरु, एपिएफ र आर्मीको जित

पोखरा, पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आजबाट सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा समूह ए बाट एपिएफ क्लब र समूह बी बाट त्रिभुवन आर्मी क्लबले सेमीफाइनलको ढोका खुल्ला गरेका छन् । पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा भएको खेलमा समूह ए तर्फ एपिएफले गण्डकीलाई २२–६ र बागमतिलाई ३०–१ गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनाएको हो । बागमतिले मधेश प्रदेशलाई ६–१ ले हराउँदा समूह बि तर्फ आर्मीले लुम्बिनीलाई २६–१३ र कोशीलाई ३७–८ को फाराकिलो… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीको निःशुल्क आँखा परिक्षणबाट १ सय ५२ जना लाभान्वित

पोखरा,१३ असार, नेपाल पत्रकार महासंघ कास्कीको ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ कास्की हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा १५२ जना पत्रकार, सञ्चारकर्मी एवम स्थानियले लाभ लिएका छन् । शिविरमा बोल्दै नेपाल नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारले जुनसुकै संचारमाध्यममा काम गरेपनि सबै भन्दा वढी प्रभाव आँखालाई पर्ने बताए । उनले पत्रकारको आँखा सुरक्षित राख्न नेत्र ज्योति संघले सहयोग गरेकोमा धन्यवाद दिए । नेपाल… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाको ६५ करोडको बजेट, गोठ देखि ओठ सम्म स्वच्छ दुध उत्पादनमा जोड

दीननाथ बराल, पोखरा, ११ असार, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलवार आयोजित गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले आउँदो बर्षको लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी गर्नु भएको हो । चालु वर्षको तुलनामा यसपटकको बजेट भने बढ्त्तरी भएको छ । आउदो बर्षको बजेट चालु बर्षको तुलनामा ७.६४ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षमा ६० करोड ५२ लाख ७५ हजार ३८६ रुपैयाँको बजेट विनियोजन… पुरा पढौ

गुरुकुल विद्या सदनको रक्तदान कार्यक्रममा बिद्यार्थी सहित ४६ जनाले गरे रक्तदान

पोखरा, पोखरा–९, वास्तोलाथरमा रहेको गुरुकुल विद्या सदन माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा बिद्यार्थी सहित ४६ जनाले रक्तदान गरेका छन् । बिद्यालयको सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले वार्षिक कार्यतालिका अनुसार रक्तदान गरेको हो । गण्डकी प्रादेशीक रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा बिद्यालयमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं।९ का अध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखराकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको उल्लेख गर्दै विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ठता हासिल गर्दै आइरहेको जनाए । रक्तदान जीवनदान भएको धारण राख्दै… पुरा पढौ

पर्वतीय संग्रहालयमा बोटानिकल गार्डेन बनाइँदै, प्रदेश सरकारबाट २ करोड विनियोजन

पोखरा, ११ असार, पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्यमा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा गण्डकी सरकारले बोटानिकल गार्डेन बनाउने योजना अघि सारेको छ । यसका लागि आगामी वर्षको बजेटमा वन मन्त्रालय अन्तर्गत सरकारले २ करोड विनियोजन गरेको छ । मंगलबार प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले संग्रहालयलाई बजेट छुट्याइनु अनुपयुक्त भएको विचार राख्नुभयो । उहाँले संग्रहालयको व्यवस्थापन पक्षले स्थानीय टोल विकास संस्था, आमा समूह र स्थानीय जनप्रतिनिधिसँग सरोकार नराख्ने, द्वन्द्व बढाउने मुद्दा हाल्ने, दुःख दिने गरेको जनगुनासो रहेको दाबी गर्नुभयो… पुरा पढौ

राष्ट्रिय महिला भलिबलः गण्डकी बन्यो चौथो, रिक्जना बोटे बनिन् उदीयमान खेलाडी

पोखरा, नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थान हासिल गरेको छ । हेटौंडामा बुधबार तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग पराजित हुँदा चौथो स्थानमा रह्यो । गण्डकी पुलिससँग २३–२५, १८–२५ र १८–२५ ले पराजित हुन पुग्यो । चौथो बनेको गण्डकीले नगद ५१ हजार रुपैयाँ हात पा¥यो । गण्डकीकी रिक्जना बोटे प्रतियोगिताकै उदीयमान खेलाडी बनिन् । उनले ट्रफी र नगद ५ हजार पाइन् । तेस्रो बनेको पुलिसले १ लाख प्राप्त ग¥यो । फाइनलमा एपिएफ क्लबलाई… पुरा पढौ