देश तथा समाज पत्रिका

पोखरामा भोलिदेखि निःशुल्क सटल बस सेवा सुरु हुँदै

दीननाथ बराल,पोखरा ३०, चैत, पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा भोलि(मंगलबार) देखि निःशुल्क सटल बस सेवा सुरु हुने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु हुन लागेको महानगरले पोखराक्लिकलाई जनाएको छ । उक्त सेवा मंगलबार औपचारिक रूपमा सुरु हुँदैछ। पोखरा महानगरपालिका को पहलमा विभिन्न वित्तीय संस्था र यातायात व्यवसायीको सहकार्यमा यो योजना अघि बढाइएको हो। पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग… पुरा पढौ

फेवा महोत्सवमा पर्यटक बिच रमाइलो दौडमा क्यानडाका मिलरोइ प्रथम

पोखरा, ३० चैत, पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो । यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् ।… पुरा पढौ

पोखरामा ‘फ्लेयर मास्टर च्याम्पियनसिप’ सम्पन्न, राई बादशाह किराँत प्रथम

पोखरा, ३० चैत, पोखरामा राष्ट्रिय स्तरको ‘पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप’ सम्पन्न भएको छ। कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ३७ जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए। काठमाडौं, बिर्तामोड, चितवन, बुटवल, इटहरी, धनगढी (कैलाली) र पोखरा लगायतका स्थानबाट आएका प्रतियोगीहरूले फ्लेयर (बोतल घुमाउने कला) तथा ककटेलरमकटेल बनाउने सीप प्रस्तुत गरेका थिए। प्रतियोगितामा इटहरीका राई बादशाह किरात प्रथम, बुटवलका रोशन चौधरी दोश्रो भए ।विजेताले ४० हजार रुपैयाँ नगद, बार टुल्स सेट, ट्रफी, गिफ्ट ह्याम्पर, सम्मान पत्र तथा प्याराग्लाइडिङसहित… पुरा पढौ

जुत्ता व्यवसायीको कार्यक्रममा कर तिर्न जाँदा सास्ती भएको व्यवसायीहरूको गुनासो

पोखरा, पोखरामा विभिन्न व्यवसायमा आवद्ध संस्थाका प्रतिनिधिहरूले पोखरा महानगरपालिकामा व्यवसायिक कर तिर्न जाँदा अनावश्यक झन्झट र सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। हालै आयोजित जुत्ता व्यवसायी संघ कास्कीको टेबल क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै व्यवसायीहरूले वर्तमान आर्थिक परिस्थितिमा ऋणधन गरेर व्यवसाय धान्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कर तिर्न जाँदा समेत विभिन्न बहाना देखाएर समस्या सिर्जना गरिएको बताएका हुन्। उनीहरूले कर तिर्ने प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा बुद्ध बजार व्यवसायी एसोसियसन पोखराका अध्यक्ष बुद्धिबहादुर कुँवरले घरधनीले… पुरा पढौ

२० वर्षपछि पुनः जोडियो मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध

मुस्ताङ,३० चैत, हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनः सक्रिय गरिएको छ। दुई स्थानबीच विस २०४७ मा सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो। तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वयको अभावले पछिल्लो दुई दशकयता सम्बन्ध निष्क्रिय बनेको थियो। सुरूआतका केहि वर्ष भने सम्बन्ध राम्रो विकास भएको स्थानीयको भनाइ छ। टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाहरूको पहलमा पुनः सम्बन्ध सुदृढ गर्ने सहमति… पुरा पढौ

२० वर्षपछि पुनः जोडियो मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध

मुस्ताङ,३० चैत, हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनः सक्रिय गरिएको छ। दुई स्थानबीच विस २०४७ मा सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो। तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वयको अभावले पछिल्लो दुई दशकयता सम्बन्ध निष्क्रिय बनेको थियो। सुरूआतका केहि वर्ष भने सम्बन्ध राम्रो विकास भएको स्थानीयको भनाइ छ। टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाहरूको पहलमा पुनः सम्बन्ध सुदृढ गर्ने सहमति… पुरा पढौ

पोखरामा २१ औं फेवा नव बर्ष महोत्सव सुरु (भिडियो सहित), तीन दिन लेकसाइडमा पन्चेबाजा घन्किने

पोखरा, २९ चैत, सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत… पुरा पढौ

कुमुदिनी होम्समा अंग्रेजी भाषाको कार्यशाला

२९,चैत्र पोखरा, देशैभरि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको अवस्थामा हरेक शैक्षिक संस्थाहरू त्यसको तयारीमा जुटिरहेका छन् । त्यस्तै पोखरा महानगरपालिका वडा नं। ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले भने मन्टेश्वरीदेखि दश कक्षासम्म अध्यापन गराउने शिक्षक शिक्षिकाहरूकालागि अंग्रेजी भाषा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । माल्भर्न कलेज यू।के। का हेड अफ सर्भिस एण्ड कम्युनिटी पार्टनरसिपका नाथन स्मिथले कसरी प्रभावकारी रुपमा अंग्रेजी सिकाइ र शिक्षण गर्ने भन्ने विषयमा केन्द्रित भएर सहजिकरण गरेका… पुरा पढौ

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागीखुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पोखरा, २९ चैत, पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी… पुरा पढौ

३५ प्लस भेट्रान्स फुटबलको उपाधिका लागि एनके र न्यूरोड भिड्नेफाइनल अघि मैत्रीपूर्ण महिला फुटबल हुने

पोखरा, गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । उक्त खेल आइतबार दिउँसो १ बजे हुने खेल संयोजक र्यामोस गुरुङले जानकारी दिए । गुरुङका अनुसार आज ९शनिबार० भएको पहिलो सेमिफाइनल खेलमा मेजर एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै एनके एफसी फाइनलमा प्रवेश गरेको हो । गोलरहित खेलको निर्धारित समय सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यूरोड… पुरा पढौ