समाचार

पोखरामा निट्को नयाँ शोरुम मालेपाटनमा

पोखरा, १० असार, पोखरा ५ मालेपाटनमा निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पोखरामा एक दशक भन्दा बढि समय देखी निर्माण सामग्रीहरुको ब्यबसाय संचालन गर्दै ओम लक्ष्मी टे«डसले निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । युवा व्यवसायी मनोज अधिकारी, एकनारायण सुबेदी र डिल्लीराम पौडेलले भारती टायल तथा मार्वल कम्पनी निट्लाई पोखरा ल्याएा हुन् । शोरुमको पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्र कुमार ठाकुरले उद्घाटन गरे । निट् कम्पनीको पोखरामा संचालनमा आएको नयाँ बिक्रि कक्षको… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट ः छात्रतर्फ जनप्रिय र कालिका तथा छात्रातर्फ कालिका र बाराही मावि फाइनलमा

१० असार, पोखरा, पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा जारी छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ जनप्रिय मावि र कालिका मावि तथा छात्रातर्फ कालिका मावि र बाराही मावि उपाधिका लागि भिड्ने भएका छन् । किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा भएको प्रतियोगिता अन्तर्गत बुधबार पोखरा रङ्गशालामा भएको छात्रतर्फको सेमिफाइनल खेलमा जनप्रिय माविले त्रिभुवन माविलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङ गरेको जनप्रियले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय… पुरा पढौ

पोखरामा ‘मिशनयूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँशाखाविस्तार

१० असार, पोखरा, उच्चशिक्षाकालागिविदेशजानचाहने विद्यार्थीहरूलाई गुणात्मक परामर्श सेवाप्रदानगर्दै आएको प्रतिष्ठित संस्था ‘मिशनयूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.) लि.’ ले पोखरामाआफ्नो नयाँशाखाविस्तार गरेको छ। सन् २००८ मा स्थापनाभई विगतलामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमाआफ्नो बलियो पहिचानबनाउन सफल यस कन्सल्टेन्सीको नयाँशाखाको एक विशेष समारोहकाबीचऔपचारिक रूपमाशुभारम्भ गरेको हो। शाखको पोखरा उद्योग वाणिज्य संघका अध्यक्षगोकर्ण कार्की, स्वतन्त्रशैक्षिक परामर्शएसोसिएसन (फेकोन) काठमाडौंका अध्यक्ष उमेश कुश्वार र फेकोन गण्डकीका अध्यक्ष सुदन बस्नेतले संयुक्त रूपमा रिबन काटेर शाखाको विधिवत् शुभारम्भ गर्नुभएको थियो। पोखरा र समग्र गण्डकी प्रदेशकाविद्यार्थीहरूकालागि यो शाखा कोशेढुङ्गा सावितहुने… पुरा पढौ

होटल संघ पोखराका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन, पर्यटन क्षेत्र शोकमा

पोखरा, १० असार, होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन भएको छ । पर्यटन क्षेत्रसँग लामो समयदेखि आबद्ध खनालको अचानक मस्तिष्कघातबाट उपचार गर्ने क्रममा निधन भएको संघले जनाएको छ । गोरखाको आरुघाट स्थायी घर भएका ४१ वर्षीय खनाल जाऔँ है पोखरा अभियानका क्रममा पाल्पा पुगेका बेला आइतबार अचानक मस्तिष्कघातबाट गम्भीर बिरामी हुनु भएको थियो । उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिए पनि उपचारकै क्रममा बुधबार उहाँको निधन भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले… पुरा पढौ

माछापुच्छ्रेको बजेट ७० करोड ४६ लाख, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा जोड (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १० असार कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको उन्नाइसौं गाउँसभा अधिवेशनमा उपाध्यक्ष सीता अधिकारीले सो बजेट प्रस्तुत गर्नु भएको हो। यसअघि गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा २ करोड ४७ लाख १९ हजार रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८२र८३ मा गाउँपालिकाको बजेट… पुरा पढौ

भारतीय सहित विदेशी पर्यटक पोखरा ३० को देउरालीखोलामा हुने रोपाई महोत्सवमा सहभागि हुने तयारी

पोखरा, १०,असार, पोखरा महानगरपालिका–३० स्थित देउरालीखोलामा आइतबार आयोजना हुने २१औँ असारे रोपाइँ महोत्सव–२०८३ मा भारतीयसहित विभिन्न देशका विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने भएको छ। कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे संस्कृति प्रत्यक्ष अनुभव गराउने तयारी गरिएको आयोजकले जनाएको छ। https://www.youtube.com/watch?v=2mPAfzWxchM&t=634s पोखरा पर्यटन परिषद्ले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक तथा परिषद्का महासचिव जीवनराज सापकोटाले यस वर्ष महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक बनाउने गरी तयारी गरिएको जानकारी दिए। उनका अनुसार… पुरा पढौ

राष्ट्रिय बक्सिङमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार घोषणा, गण्डकीको टोलीलाई पोखराबाट विदाई

दीननाथ बराल,पोखरा, १० असार, काठमाडौंमा भोलि (विहिबार) देखि सुरु हुने ३० औं राष्ट्रिय पुरुष ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा पदक जित्ने गण्डकी प्रदेशका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । यससँगै प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेश बक्सिङ टोलीलाई बुधबार पोखराबाट औपचारिक रूपमा विदाई गरिएको हो । पोखरा रङ्गशालामा आयोजित विदाई कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्यानीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको गौरव बढाउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो । उहाँका… पुरा पढौ

रूपा गाउँपालिकाको बजेट १४ प्रतिशतले बढ्यो, ५५ करोड ३८ लाखको बजेट, नीति तथा कार्यक्रम एकै दिन सार्वजनिक (भिडियो)

दीननाथ बराल,पोखरा, ९ असार, कास्कीको रूपा गाउँपालिकाको आउँदो आर्थिक बर्ष ०८३÷०८४ का लागि बजेट बढेको छ । गाउँपालिकाको २० औँ गाउँसभामा उपाध्यक्ष लालसुब्बा गुरुङले आज (मंगलबार) पालिकामा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै चालु आ.व.को तुलनामा १४ प्रतिशतले बृद्धि भएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=WC0jOgs4u_M&t=31s रुपा गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ ४१ करोड ८२ लाख ३० हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड ५५… पुरा पढौ

फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड

पोखरा, ९ असार, पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितलेकाठमाडौंमा एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड २०२६प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रञ्जितलाई उक्त अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा फोटो पत्रकार रञ्जितलाई नगद ५० हजार रुपैयाँसहित अवार्डले सम्मान गरिएको हो । ‘समर्पणको सम्मान, उत्कृष्टताको उत्सव’भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रममा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको छ । काठमाडौंको ठमेलस्थित होटल अलोफ्टमा भएको कार्यक्रममा उत्कृष्ट खेलाडी (महिला÷पुरुष), उत्कृष्ट खेल संघ, पत्रकारिता अवार्डतर्फ छापा, भिडियो जर्नालिस्ट,… पुरा पढौ

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र बन्ने, शीर्ष भूमिकामा पोखराका महेश त्रिपाठी

काठमाडौँ, ९ असार, वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा चयन भएका छन्। चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवावस्था र कलात्मक यात्राको भूमिका निर्वाह गर्नेछन्। श्रेष्ठकी स्वर्गीय पत्नी यशोदा सुवेदीको भूमिकामा भने अधिकारी देखिनेछिन्। चलचित्रले श्रेष्ठको प्रेरक र संघर्षमय जीवनकथालाई पर्दामा ल्याउने तयारी गरेको छ। यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता जीवनीपरक चलचित्र निर्देशन गरेर पहिचान बनाएका… पुरा पढौ

This will close in 20 seconds