समाचार

एमालेका नेता थापाद्धारा विगतका निर्वाचन भन्दा बढी अन्तरले एमालेको जित सुनिश्चित भएको दावी

पोखरा, १७ फागुन, नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापाले कास्कीका तिनवटै क्षेत्रमा नै विगतका निर्वाचन भन्दा बढी अन्तरले एमालेको जित सुनिश्चित भएको दावी गरेका छन् । एमाले कास्कीका इन्चार्ज समेत रहेका थापाले यो चुनाव नालापानीको लडाई भएको बताउँदै देशभक्त शक्ति कमजोर हुन नहुने बताए । उनले आफ्नो पार्टीले सशक्त जुझारु उर्जावान उम्मेदवार रश्मि आचार्यलाई निर्वाचनमा खडा गरेको हुँदा विगतका निर्वाचन भन्दा बढि अन्तरले जित्ने विश्वास व्यक्त गरे । नेकपा एमाले क्षेत्र नं। २ कमिटीको आयोजनामा आज सम्पन्न निर्वाचन क्षेत्रीय… पुरा पढौ

नेशनल क्रियशनमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

पोखरा, पोखरा–८ स्थित नेशनल क्रियशन एकेडेमीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर थापा, प्राचार्य ज्ञानेन्द्र थापा, प्रशासक विक्रम थापालगायतले पुरस्कार प्रदान गरेका थिए । प्रशासक थापाका अनुसार कार्यक्रममा सबै कक्षाका एक सय ५० बढी विद्यार्थी पुरस्कृत भए ।सोही अवसरमा विद्यालयले आय‍ोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीलाईसमेत पुरस्कार प्रदान गरिएको क्रियाकलाप… पुरा पढौ

तिलक रानाभाटसँग हजारौँ युवाको सहभागिता, युवा–केन्द्रित विकासमा जोड

लेखनाथ, १७ फागुन कास्की क्षेत्र नम्बर १ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर ३२ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तिलक रानाभाटको चुनावी घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा हजारौँ युवाको उल्लेख्य सहभागिता देखिएको छ । बिहानदेखि साँझसम्म सञ्चालन गरिएको अभियानमा विभिन्न टोलबस्तीका स्थानीय, युवाहरू, महिला समूह तथा पार्टीका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । घरदैलोका क्रममा रानाभाटले आगामी विकास योजना युवा मैत्री र युवा नेतृत्व केन्द्रित हुनुपर्नेमा जोड दिँदै युवाको सक्रिय सहभागिताबिना दिगो विकास सम्भव नहुने बताए । उनले समाजका… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी

पोखरा , पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधी जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो । त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता टिम तथा… पुरा पढौ

चौथो हिसान गण्डकी फुटसल स् प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्स च्याम्पियन

पोखरा , चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को उपाधि प्लस–२ तर्फ बागलुङको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा विश्वविद्यालय ९कलेज० तर्फ इन्फरमेटिक्स कलेजले च्याम्पियन भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० गण्डकीको आयोजनामा तथा सबिन मेमोरियल एफसीको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो । प्लस–२ तर्फको फाइनल खेलमा चिल्ड्रेन लाइफले पोखरा मासबारस्थित स्टेप वाई स्टेप स्कुललाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । चिल्ड्रेन लाइफको जितमा आयुष पौडेलले दुई गोल तथा बरदान थापा… पुरा पढौ

पोखरा ड्यामसाइड खोलामा घाटीमा गहिरो चोट सहित सुटकेसमा महिलाको शव भेटियो

दीननाथ बराल,पोखरा १७, फागुन पोखरा महानगरपालिका–६ ड्यामसाइड क्षेत्रस्थित खोलामा सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। घाँटीमा गहिरो चोट देखिएकाले हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ। आज बिहान करिब ८ बजे तिर स्थानीयले नयाँपुल मुनी खोलामा तन्नाले बेरिएको शंकास्पद सुटकेस देखेपछि बैदाम वडा प्रहरी कार्यालय लाई खबर गरेका थिए। सूचनापछि पुगेको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रारम्भिक अवलोकनमा मृतकको घाँटीमा… पुरा पढौ

‘हब हस्पिटल र बिग स्कूल अवधारणा चाहिएको छ’-मनोज

पोखरा, गाउँमै स्वास्थ्य चौकी छ । तर भवन मात्रै छ । औषधी छैन, डाक्टर छैनन् । विरामीले सामान्य उपचारका लागि पनि पोखरा र काठमाडौं धाउनुपर्छ । देशैभरका ग्रामिण क्षेत्रमा यही समस्या छ । यसको समाधान सके सबै स्वास्थ्यचौकीमा सुविधा सम्पन्न उपकरण र दक्ष जनशक्ति चाहिन्छ, नभए हब हस्पिटलको अवधारणामा जानुपर्छ । कास्की ३ का उम्मेद्वार मनोज गुरुङ मतदातालाई भेट्दा स्वास्थ्य, शिक्षा, रोजगारीमा बढि चिन्तन गर्छन् । ‘अस्पताल भएपनि उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार हो । हाम्रोतिरका सबैजसो स्वास्थ्यचौकी सिटामोल बाँड्ने… पुरा पढौ

ऊर्जा, कृषि, शिक्षा, प्रविधि र उद्योगलाई परम्परागत शैलीबाट मुक्त गरी आधुनिक प्रविधिसँग जोड्ने योजना छः स्वतन्त्र उम्मेदवार डा.निरञ्जन कोइरालासंग

पोखरा, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा वैज्ञानिक डा. निरञ्जन कोइरालाले ‘विज्ञानबाट विकास’को स्पष्ट कार्यदिशा सहित पोखरा महानगरपालिका अन्तर्गतका ११ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । चुनाव चिन्ह मसी लिएर मैदानमा उत्रिएका डा. कोइरालाले “पाँच वर्षमा पाँच काम” को प्रतिबद्धता सार्वजनिक गर्दै ऊर्जा, कृषि, शिक्षा, प्रविधि र उद्योग क्षेत्रलाई परम्परागत ढाँचाबाट मुक्त गरी आधुनिक प्रविधिसँग जोड्ने दीर्घकालीन योजना अघि सारेका हुन् । उनले वैज्ञानिक क्रान्ति मार्फत देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजान वैज्ञानिक… पुरा पढौ

करणको योजना लेखनाथमा लेक सर्किट, ग्रामीण भेगमा स्याटलाइट सिटी

पोखरा, १७ फागुन, कास्की क्षेत्र नम्बर १ मा आउँदै गरेको निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा छ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङ(करण) योजनावद्ध र व्यवहारिक घोषणापत्रसहित मैदानमा छन् । कास्की १ का लागि अहिलेका मुख्य प्रतिस्पर्धी नेकपाका करणसँगै नेपाली कांग्रेसका तिलक रानाभाट, एमालेका बैनबहादुर अधिकारी क्षेत्र र रास्वपाका गनेस पौडेल सबै नयाँ हुन् । उम्मेदवारहरुले चुनावी प्रतिवद्धता र घोषणापत्र लिएर मत माग्न जाँदा करण भने विगतमा गरेका कामको फेहरिस्त लिएर मतदातामाझ छन् । नेकपा नेता वर्षमान पुन अर्थमन्त्री भएका… पुरा पढौ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाइ आक्रमणमा मारिएको दाबी, ४० दिनको शोक घोषणा, एक हप्ता सार्वजनिक बिदा,

काठमाण्डौं ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनले अमेरिकासँगै इजरायल ले राजधानी तेहरान मा गरेको संयुक्त आक्रमणमा खामेनी मारिएको उल्लेख गर्दै यसलाई “न्याय भएको” टिप्पणी गरेका छन्। यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था अमेरिकी टेलिभिजन नेटवर्क तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए। इजरायलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले उक्त समाचार प्रसारण गरेका हुन्। इरानको अर्धसरकारी समाचार संस्था लाई उद्धृत गर्दै अमेरिकी पत्रिकाले पनि खामेनीको मृत्यु भएको उल्लेख गरेको छ। पछिल्लो… पुरा पढौ