समाचार

एन.आर.एन जापानले हेमजाका सामुदायिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

१४ फागुन, पोखरा, पोखरा महानगरपालिका–२५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ न. वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति पोखरा–२५ हेमजाको व्यवस्थापन तथा एन।आर।एन जापान को विशेष सहयोगमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै एन।आर।एन का पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयको रोहबरमा करिब ३ लाख… पुरा पढौ

चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता पोखरामा सुरु, उद्घाटन खेलमा स्टेप वाई स्टेपको विजयी सुरुवात

पोखरा चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिन प्लस–२ तर्फका ८ खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कूलले गुरुकुल विद्या सदनलाई ३–२ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । निर्धारित ३० मिनेटको खेलमा स्टेप बाई स्टेपले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो… पुरा पढौ

मदरल्याण्ड माविमा रक्तदान, १९४ यूनिट रगत संकलन

पोखरा, फागुन १५, पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको रक्तदानमा १ सय ९४ यूनिट रगत संकलन भएको थियो । सामाजिक उत्तरदायित्व निर्वाह गर्नका लागि विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको विद्यालयका प्राचार्य डा. नारायण बरालले जानकारी दिए । उनका अनुसार विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहित शिक्षक, कर्मचारी, अभिभावकले रक्तदान गरेका थिए । ‘विद्यालयले यसअघि पनि वर्षेनीजसो रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक… पुरा पढौ

चौथो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिता शुक्रबार देखी, टाइसिट सार्वजनीक

पोखरा, १४ फागुन, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने चौथो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको खेलको खेलतालिका सार्वजनीक भएको छ । उद्घाटन खेलमा गुरुकुल विद्यासदन र स्टेप बाई स्टेप सेकेन्डरी स्कुल बिच हुनेछ । शुक्रबार देखी हुने प्रतियोगितामा प्लस टु तर्फ १६ टिमको सहभागीता रहेको छ भने कलेज फुटसल तर्फ ८ टिमको सहभागीता रहेको छ । फागुन १५ देखी १७ गते सम्म पोखरा रंगशालाको कर्भडहलमा प्रयियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीता… पुरा पढौ

रामचन्द्र/उमादेवि गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान (भिडियो सहित)

दीननाथ बराल,पोखरा १४, फागुन सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्व कोषाध्यक्ष एवं उहाँकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा मिनि फ्लडलाइट जडान गरिएको छ । एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल विकास तथा रात्रिकालीन अभ्यासलाई सहज बनाउन उक्त सहयोग गरिएको गुरुङ दम्पत्तिले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=JX04AWaFQ-0 छ वटा पोलमा ३ हजार वाट क्षमताको फ्लडलाइटको औपचारिक शुभारम्भ बुधबार साँझ गुरुङ दम्पत्तिले स्विच अन गर्दै गर्नु भएको थियो । पूर्व अध्यक्ष… पुरा पढौ

संरक्षण क्षेत्र भित्रका व्यवसायलाई वैधानिकता दिन पहल गर्छुः उम्मेदवार मनोज, गुरुङ‘संरक्षण क्षेत्र नियमावली समयसापेक्ष संशोधन गर्न आवश्यक

पोखरा, पछिल्लो समयमा निकै चर्चामा रहेका मर्दी हिमाल ट्रेक तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्र सञ्चालनमा रहेका होटल–रेष्टुरेण्ट लगायतका व्यवसायलाई वैधानिकता दिनुपर्ने माग पुनः चर्किएको छ। संरक्षण क्षेत्रभित्र पुर्खौंदेखि भोगचलन गर्दै आएका स्थानमा स्थानीयले गोठको संरचनाबाट विस्तार गर्दै व्यवसाय सञ्चालन गरिरहेका छन्। तर कानुनी जटिलताका कारण उनीहरू अझै अन्योलमा छन्। यही सन्दर्भमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३, कास्कीका उम्मेदवार मनोज गुरुङले संरक्षण क्षेत्रभित्रका व्यवसायलाई कानुनी मान्यता दिलाउन आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। मत माग्ने क्रममा घरदैलो अभियानमा रहेका… पुरा पढौ

कास्की कांग्रेसले शुक्रबार पोखरामा शक्ति प्रदर्शन गर्ने(भिडियो) एक सय बसमा कार्यकर्ता उतार्ने

पोखरा, १३ फागुन, नेपाली काँग्रेस कास्कीले यही फागुन १५ गते शुक्रबार पोखरामा आयोजना गर्न लागेको चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार सह–संयोजक दीपक गुरुङ (माइला) ले सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार अमरसिंह चौर मा हुने चुनावी सभामा करिब १५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। https://www.youtube.com/watch?v=cR2HIS37Trk कास्की कांग्रेसले उक्त सभालाई शक्ति प्रदर्शनका रूपमा लिँदै एक सय बस बुकिङ गरी नेता तथा कार्यकर्तालाई पोखरामा उतार्ने तयारी गरेको जनाएको… पुरा पढौ

पोखरा रत्न एवं अग्रज उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई मातृशोक, आज बिहान शव यात्रा हुने

पोखरा, पोखरा रत्न एवं अग्रज उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई मातृशोक परेको छ । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवं पोखरा रत्न कर्माचार्यकी माता सानुमाया कर्माचार्यको आज (बुधबार) बिहान १ः ४४ बजे पोखराको फिस्टेल हस्पिटलमा ९६ वर्षको उमेरमा निधन भएको उहाँका आफन्तले पाखराक्लिकलाई जनाउनु भएको छ । उहाँको आज बिहान ९ः३० बजे निवास पोखराको विजयपुरदेखि शवयात्रा हुने भएको हो । पोखराको रामघाटको पूर्वपट्टीको क्षेत्रमा दाहसंस्कार गरिने भएको छ । सानुमायाका चन्द्रकृष्ण सहित गोविन्द र हरि प्रसाद कर्मचारी ३ छोरा रहनु भएको… पुरा पढौ

पोखरामा यूरो–६ मापदण्डका यात्रु बाहक बस भित्रिए, ‘स्वीफ्ट होलिडेज’ बाट पोखरा–काठमाडौं रुटमा सञ्चालन हुँदै(भिडियो सहित)

दीननाथ बराल, पोखरा, १२ फागुन पर्यटनको राजधानी पोखरामा यूरो–६ मापदण्डका अत्याधुनिक लक्जरी बस भित्रिएका छन् । गण्डकी प्रदेश, धौलागिरी क्षेत्र तथा चितवनका लागि बातास कमर्सियल भेईकल्स प्रालि को अधिकृत विक्रेता अटोवेज प्रालिले यूरो–६ मापदण्डको भोल्भो आइसर बी–६ लक्जरी बस गण्डकी प्रदेशमा भित्राएको हो । https://www.youtube.com/watch?v=vELuhonZ-8s उक्त ६ वटा बस स्वीफ्ट होलिडेज प्रालि ले खरिद गरिसकेको छ भने उक्त बसहरू चाँडै पोखरा–काठमाडौं रुटमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले स्वीफ्ट होलिडेजका प्रबन्ध निर्देशक मिलन नेपाललाई… पुरा पढौ

जेनजी युवा नेकपामा प्रबेश, समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई को चुनाव हुदैछः राजकाजी गुरुङ

पोखरा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार राजकाजी गुरुङ(करण) ले आसन्न फागुन २१ गतेको निर्वाचन समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई को चुनाव हुने भएको बताउनु भयो । पोखरामा मंगलबार भएको क्षेत्र नं १ को युवा भेलामा उहाँले सम्बोधन गर्दै समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई अबको चुनाव रहेको स्पष्ट पार्नु भएको हो। उम्मेदवार करणले भन्नुभयो,“ आउने चुनाव बर्गसंघर्षको अर्को रुप हो । यो लँडाईमा जनताले जित्नेछन् । ” उहाँले तत्कालीन… पुरा पढौ