समाचार

नेकपा उम्मेदवारहरु भन्छन्ः संकट मोचनका लागि हामीलाई मत दिनुस्

पोखरा, माघ १९ , फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० कास्कीका उम्मेदवार र नेता, कार्यकर्ता मत माग्न व्यस्त छन् । घरदैलो र ससाना भेटभाट गरी उनीहरु मतदाताका गुनासा, टिप्पणी र सुझाव लिन लागेका हुन् । नेकपा पुरानामध्येको नयाँ र नयाँ मध्येको पुरानो शक्ति भएको उल्लेख गर्दै उनीहरुले अहिलेको संकटमोचनका लागि नेकपाको जित जरुरी रहेको औंल्याएका छन् । नेकपा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ ९करण०ले सोमबार रुपाका विभिन्न क्षेत्रमा मतदाताको घरदैलोमा पुगेर उनीहरुको अपेक्षा… पुरा पढौ

साफ यू—१९ महिला च्याम्पियनसिप अन्र्तगत सोमबार दुई खेल हुने

दीननाथ बराल, पोखरा १८, माघ, पोखरामा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू—१९ महिला फुटबल च्याम्पियनसिप अन्र्तगत भोलि (सोमबार) लिग चरणका दुई खेल हुने भएका छन् । पोखरा रङ्गशालाको फुटवल मैदानमा सोमबार मध्यान्हः १२ः०० बजे पछि बंगलादेश र भारत बिचको खेल हुने भएको छ । यसपाली सहभागि ४ टिम मध्य भारत र बंगलादेशको टिमलाई बढी सशत्त मानिएको छ । त्यसै गरी सोमबार दिउसो ३ः०० बजे पछि भूटान र नेपाल बिचको खेल हुने भएको अखिल नेपाल फुटवल संघ (एन्फा) ले जनाएकोे… पुरा पढौ

पोखराको फोहोर व्यबस्थापनमा ध्यान दिऔंः रोग फैलिने त्रास

पोखरामा विगत तीन साता भन्दा बढी समय देखि फोहोर नठ्दा बजारै भरी यसरी अस्त व्यस्त फोहोरका थुप्रा रहेका छन् । गर्मी मौसम सुरु हुन लागेसंगै अब यसलाई समयमै व्यबस्थापन गर्न नसके रोग फैलिने त्रास रहेको वातावरण विज्ञहरु बताउनु हुन्छ । पोखराका मेयर धनराज आचार्यले अब छिट्टै फोहोर व्यबस्थापन हुने गरी ठाँउको खोजि भई रहेको बताउनु भएको छ । यद्यपी हालसम्म यसको समस्या । समाधान भएको छैन् । तष्विर शिव देवकोटा पुरा पढौ

सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक ः उम्मेदवार थापा

पोखरा, १८ माघ, कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आज आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शहर सबै वर्गको साझा भएको बताउँदै भने,‘गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’ उम्मेदवार थापाले संकटका बेला ठूला वर्ग भाग्ने र त्यसको सामना… पुरा पढौ

नेकपाका उम्मेदवार राजकाजी ः सहिदको शालिकमा माल्यार्पण गरेर भेटघाट शुरु

पोखरा, माघ १८, कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो । भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए । विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटको पहिलो दिनमै प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात

पोखरा, माघ १८, पोखरामा आइतबारदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित… पुरा पढौ

चर्का भाषण होइन, नीतिगत काम गर्छु : रास्वपा उम्मेदवार बिना गुरुङ

पोखरा, कास्की क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना गुरुङले चर्का भाषण र सस्तो आश्वासन नबाँड्ने स्पष्ट पारेकी छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या सुन्ने र नीतिगत तहबाट समाधान खोज्ने अभियानमा सक्रिय गुरुङले हेमजासहित विभिन्न स्थानमा मतदातासँग छलफल गरेकी हुन् । आइतबार पुरुन्चौर र सोमबार हेमजामा मतदातासँग भेटघाट गर्दै गुरुङले राष्ट्रिय नीति निर्माणदेखि स्थानीय समस्या समाधानसम्मका विषयमा संवाद गरिन् । आलु तथा तरकारी उत्पादनको पकेट क्षेत्र हेमजाका स्थानीयले कृषिको आधुनिकीकरण र बजारीकरणका… पुरा पढौ

यही माघ २७ देखि २५औँ आहा–रारा पोखरा गोल्ड कप सुरु हुदै, मुख्य आकर्षण के के छन त ! (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १८ माघ नेपालकै प्रतिष्ठित २५औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८२ यही माघ २७ गतेदेखि सुरु हुने भएको छ। सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेसम्म पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम तयारी तिब्र पारिएको आइतबार क्लवमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=WtkpPo9X1_8 प्रतियोगितामा भारतका दुई सहित विदेशी ४ विदेशी, नेपालका चर्चीत र दुई विभागिय र आयोजक सहित १२ टिम सहभागी हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले… पुरा पढौ

साफ यू—१९ महिला च्याम्पियनसिपमा बंगलादेश र भारतको विजयी सुरुवात, भूटान र नेपाल पराजित (भिडियो)

दीननाथ बराल, पोखरा १७, माघ, पोखरामा आज (शनिबार) देखि सुरु भएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू—१९ महिला फुटबल च्याम्पियनसिपमा बङ्गलादेश र भारतले विजयी सुरुवात गरेका छन् । शनिबार पोखरा रङ्गशालाको फुटवल मैदामना भएको पहिलो खेलमा बङ्गालादेशले भुटानलाई एकतर्फी शुन्यका बिरुद्ध १२ गोल गरी सहज जित हासिल गर्यो । बंगलादेशको जितमा मोस्ट मुन्की अख्तर, श्रीमोती तृष्णा रानी र अल्पी अक्तरले ह्याट्रिक गर्न सफल हुनु भयो । खेलमा मोस्ट मुन्की अक्तरले खेलको ४४ औं, ४८ औं, ८१ औं र ९३ औं… पुरा पढौ

पुलिससँग गत वर्षको बदला लिँदै गण्डकीले टाइगर कपको उपाधि जित्यो

डि.एन.बी.पोखरा १७, माघ गत वर्ष फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको पीडा यसपटक गण्डकी प्रदेश भलिबल संघले जितमा बदल्दै टाइगर कपको उपाधि उचालेको छ। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा गण्डकीले पुलिसलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा गण्डकीले दबाबपूर्ण सुरुवातपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि रक्षा गर्‍यो। पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल पल्टाएको हो। गण्डकीले दोस्रो… पुरा पढौ