समाचार

नेपाली महिला फुटबलकी चर्चित खेलाडी सावित्रा भण्डारी उपचार खर्च अभावमा समस्यामा, सहयोगको याचना

पोखरा, नेपाली महिला फुटबल टोलीकी कप्तान तथा चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) गम्भीर घुँडाको चोटका कारण उपचार खर्च जुटाउन कठिनाइमा परेकी छन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी भण्डारीले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै आम समर्थक माझ सहयोगको अपिल गरेकी हुन्। भण्डारीका अनुसार यसअघि गरिएको एसीएल शल्यक्रियामा राखिएको ग्राफ्ट तथा एमसिएल दुबैमा गम्भीर समस्या देखिएको छ। चिकित्सकले पुनः जटिल शल्यक्रिया र करिब ७–८ महिनाको रिह्याब आवश्यक पर्ने बताएका छन्। उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च… पुरा पढौ

पोखरामा फागुन १५ मा काँग्रेसको चुनावी सभा हुने

पोखरा, ११ फागुन नेपाली काँग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंह चौरमा चुनावी सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारी अघि बढाउने निर्णय गर्दै चुनावी सभा व्यवस्थापन समिति गठन गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । सभालाई नेपाली काँग्रेसका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गर्नुहुने छ । नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा माया बराल क्षेत्री , दुर्गा लामिछाने, मदन… पुरा पढौ

फेवातालको माथिल्लो भाग श्रोत केन्द्रबाट जलकुम्भी झार हटाउने अभियान सुरु,

दीननाथ बराल, पोखरा, ११ फागुन, पोखरा फेवातालको सिरान भाग तथा श्रोतकेन्द्रमा जलकुम्भी झार हटाउने अभियान सुरु भएको छ । बर्खायाममा ताललाई कुरूप बनाउँदै तीव्र रूपमा फैलिने जलकुम्भीलाई मुहानमै पुगेर नियन्त्रण गर्ने उद्देश्यसहित फागुन ४ गतेदेखि अभियान थालिएको नागरिक समाज कास्कीका अगुवा बृहत सफाई पोखराका अभियान्ता रामबहादुर पौडेलले पोखराक्लिकलाई बताउनु भयो । डिभिजन वन कार्यालय कास्कीको ३ लाख रुपैयाँ आर्थिक सहयोग, जलारी समुदायको समन्वय तथा नागरिक समाजको सहकार्यमा अभियान अघि बढाइएको उहाँले जनाउनु भयो । पौडेलका अनुसार बर्खायाममा जलकुम्भी अत्यधिक मौलाएर… पुरा पढौ

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

पोखरा, पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा आज (सोमवार) मञ्चको आयोजनामा माध्यमिक तह (९—१२) स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । शिक्षकहरू दिपेन्द्र थापा मगर र दिपक के. सी. निर्णायक रहनुभएको प्रतियोगितामा कक्षा ११ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम , कक्षा ११ विज्ञान संकायकै सलिना खत्री द्वितीय , कक्षा १२ विज्ञान संकायका अर्जुन विश्वकर्मा तृतीय र कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारी… पुरा पढौ

अपाङगता भएका व्यक्तिहरुलाई पोखरामा मतदाता शिक्षा, नमुना मतदान सहित प्रभावकारी तालिम

दीननाथ बराल,पोखरा ११, फागुन, नेत्रहीन युवा संघ नेपालको आयोजना कास्की शाखाको समन्वयमा पोखरामा अपाङ्गता भएका व्यक्तिहरूका लागि एक दिने मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बहिरा, दृष्टिविहीन तथा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा निर्वाचन आयोगका महानगरपालिका मतदाता शिक्षा समन्वयकर्ता ईश्वरी पोखरेलले सहजीकरण गर्नुभएको थियो । उहाँले नमुना मतपत्रमार्फत स्वस्तिक छाप कसरी लगाउने, मत बदर हुन नदिन के–के कुरामा ध्यान दिनुपर्ने, सहायता लिएर कसरी मतदान गर्न सकिने लगायत विषयमा मैत्रीपूर्ण… पुरा पढौ

पोखरा रंगशालामा निःशुल्क तातो र चिसोपानी उपलब्ध

पोखरा, ११ फागुन, पोखरा रंगशालामा निःशुल्क रुपमा तातो र चिसोपानी उपलब्ध भएको छ । पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की (फिल्टर मेसिन) उपलब्ध गराए पछि रंगशालामा निःशुल्क रुपमा तातो र चिसोपानी उपलब्ध भएको हो । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो ।सोमबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सो पानी ट्याङ्कीको अनावरण गरे । अनावरणसँगै करिब १ लाख ५० हजारको लागतमा निर्मित सो पानी… पुरा पढौ

चुनाव लक्षित लगातार ३ दिने सार्वजनिक बिदाले एक साता बिदा हुने

काठमाडौं, नेपाल सरकारले चुनावलाई लक्षित गर्दै लगातार तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निर्वाचन आयोगको सिफारिसमा सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो। सरकारको उक्त निर्णयसँगै फागुन १८ र १९ गते फागु पूर्णिमा (होलि) का कारण बिदा, त्यसपछि २०, २१ र २२ गते चुनावको बिदा, २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको बिदा परेकाले लगातार सात दिनसम्म बिदा हुने भएको छ। यसरी होलि, निर्वाचन, शनिबार र नारी दिवसको संयोगले करिब एक… पुरा पढौ

पोखराबाट गएको बस धादिङमा दुर्घटनाः १७ जनाको मृत्यु, २७ घाइते, काठमाण्डौंको ट्रमा सेन्टर, नेश्नल हस्पिटल लगायतका अस्पतालमा उपचार हुदै

पोखरा देखि काठमाण्डौं जार्दै गरेको यात्रुबाहक बस आज बिहान धादिङ, ५ भैंसेगौडामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। आज विहान करिब १ः१५ बजे (राति) ग १ ख १४२१ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल त्रिशुलीको नदी किनारमा खसेर क्षतविक्षत अवस्थामा फेला परेको धार्दिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पोखराक्लिकलाई बताउनु भयो । दुर्घटनामा ६ महिला र ११ पुरुषको घटनास्थलमै मृत्यु भएको स्थानियले बताए पनि उहाँहरुलाई अस्पताल पठाइएको छ । मृतकमध्ये एक… पुरा पढौ

कास्कीमा ४ हजार सुरक्षाकर्मी, २ हजार कर्मचारी खटिदै (भिडियो सहित)

दीननाथ बराल, पोखरा १०, फागुन, देशमा हाल चुनावी माहोल निकै तातिएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन बाँकी छदा कास्की निर्वाचनको अन्तिम तयारी तिव्र पारिएको छ । कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा सौहादपूर्ण र निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचन गराउन आवश्यक तयारी तिव्र पारिएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताउनु भयो । दुई दिन अघि उहाँसंग गरिएको कुराकानीको केही अंश जस्ताको तस्तै । https://www.youtube.com/watch?v=0UisSpa0E8o कास्कीमा १ सय ५३ मतदानस्थल र ३ सय ६३… पुरा पढौ

खेलकुदको विकासमा सहकार्य गर्ने सहारा यूके,हङकङ,अष्ट्रेलिया, तमु धि यूके सहितका संस्थाका पदाधिकारीको भनाई (भिडियो सहित)

पोखरा, प्रतिष्ठित क्लवहरु सहारा यूके÷सहारा हङकङ÷सहारा अष्ट्रेलिया, तमु धि यूके सहितका संघ संस्थाका पदाधिकारीहरुले पोखराको खेलकुदको विकासमा सहकार्य गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले मञ्चले आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न आवश्यक सहयोग गर्ने वचन समेत दिनु भएको हो । https://www.youtube.com/watch?v=JZ1KDBv5egE “स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने मूल नारासहित स्थापित मञ्च गण्डकीले हरेक बर्ष वैशाख तेश्रो साता आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्ड मार्फत… पुरा पढौ

This will close in 20 seconds