समाचार

पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, शुक्रबार समापन गरिने

पोखरा १० पुष, पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक… पुरा पढौ

पोखरा (कृष्ति) मा आज सुन्तला महोत्सव हुदै, सुन्तला प्रतिकेजी ५० देखि १०० रुपैयाँमा बिक्री, किसानलाई महानगरबाट प्रतिकेजी १० रुपैयाँ प्रोत्साहन

दीननाथ बराल,पोखरा १०, पुस, पोखरा २१ को कृष्ती दोपरे–हर्राबोट क्षेत्र आज (विहिबार) सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पहिलो पटक आयोजना हुँदै गरेको सुन्तला महोत्सव २०८२ बिहान ११ बजेदेखि सुरु हुने तयारी गरिएको छ । “नेपालको राष्ट्रिय फल—सुन्तलाः उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने नारासहित सुरु हुन लागेको महोत्सवले कृषकको श्रम, स्थानीय उत्पादन र बजारलाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ । महोत्सवमा कृषकले आफ्नै बगैंचाबाट उत्पादन गरेको सुन्तला बिक्रि वितरण गर्ने… पुरा पढौ

२२ औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पुस ११ देखि हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा ९, पुस कास्की जिल्ला टेनिस संघको आयोजनामा खेलकुदको शहर पोखरामा यही पुस ११ गते (शुक्रबार) देखि २२ औँ माछापुच्छ्रे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा यही पुस १५ गतेसम्म संचालन हुने प्रतियोगितामा छिमेकी मुलुक भारत, भुटान सहित नेपालका चर्चीत १ सय ६० जना खेलाडीहरु सहभागि हुने भएको बुधबार (आज) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुष तथा महिला ओपन सिंगल्स, डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बैदामलाई फेवाताल संरक्षण पहलले करिब एक लाख बराबरको सहयोग

पोखरा, ९ पुस, जेनजी आन्दोलनको क्रममा फेवाताल किनार बैदाममा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र कार्यालयका अन्य भौतिक सामाग्री नष्ट भएपछि फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामग्री बुधबार एक समारोहका बिच हस्तान्तरण गरेको छ । समुदायमा हुँदै आएका बिकृत, विसंगती नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र भौतिक सामाग्रि जेन्जी आन्दोलनका क्रममा आगजनीबाट नष्टभएपछि बैदामका आमा समूहहरु र विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा पनि सहयोग… पुरा पढौ

दर्शक सहभागितामा लेखनाथ महोत्सव लक्ष्य नजिक

लेखनाथ, ९ पुस, करिब ९ करोड कारोवार सहित २ लाख ५० हजार दर्शक भित्राउने लक्ष्य सहित पोखरामा जारी लेखनाथ महोत्सव हाल एक सातामै लक्ष्य नजिक पुगेको छ । अहिलेसम्म आउदा छ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ बुधवार मात्र १७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म एक लाख ९० हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् । पुस १४ गतेसम्म चल्ने… पुरा पढौ

पोखराका पत्रकार धनबहादुर गुरुङ पुरस्कृत

पोखरा, पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने ‘तमु पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा गुरुङसँगै ६ जना पत्रकार पुरस्कृत भएका हुन् ।एक जना गुरुङ समुदाय र अर्को एक जना अन्य समुदायका पत्रकारलाई प्रदान गरिने पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्काबाट अन्य समुदायतर्फ श्यामकृष्ण श्रेष्ठ (काठमाडौं) सम्मानित… पुरा पढौ

पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु (भिडियो सहित)

पोखरा ९ पौष, पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । https://www.youtube.com/watch?v=qNNzI3J8rDw प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे । राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर… पुरा पढौ

पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा, सामाजिक कार्यसंगै कर्मचारी सम्मान

पुष ९,पोखरा, पर्यटकिय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत ४० झण्डै कर्मचारीहरु सरसफाईका सामग्री सहित सडकमा उत्रिए । उनीहरुले पार्क, मन्दिर लगायत वरपर झाडि फडान, टेंकरको पानीले नाला सफाई लगायत गरे । नवौं वर्ष प्रवेशका अवसरमा होटलले सञ्चालक तथा कर्मचारीहरुविच शुभकामना साटासाट गरे । उत्कृष्ट कार्य गर्ने कर्मचारी सम्मान पनि गरियो । कार्यक्रममा… पुरा पढौ

पोखरा २१ कृष्तिमा सुन्तलाको सुनौलो याम (भिडियो सहित) काफलबोटे क्षेत्रमै फल्यो डेढ करोडको सुन्तला, महोत्सवको तयारीले स्थानिय उत्साहित

दिननाथ बराल,पोखरा, ९ पुस पोखरा महानगरपालिका वडा नम्बर २१ को कृष्ति–काफलबोटे क्षेत्र अहिले सुन्तलाले पहेँलपुर भएको छ । केही वर्षअघिसम्म मकै र कोदोसमेत राम्रो नफल्ने यो क्षेत्रमा यस वर्ष करिब १ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला फल्यो । सुन्तला खेतीले गाउँको अनुहार फेरिँदै गएपछि यहाँका किसानहरू उत्साहित देखिएका छन् । https://www.youtube.com/watch?v=apJA8f3z-Is काफलबोटे क्षेत्रमा करिब १६ घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । तीमध्येका एक किसान इन्द्रप्रसाद सुवेदी पोखराक्लिकलाई भन्छन्, “सुन्तला खेतीले हामीलाई आत्मनिर्भर बनायो । अहिले वार्षिक… पुरा पढौ

१४ औं पोखरा महोत्सवको तयारी तीब्र

पोखरा, १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन । सो अवसरमा वोल्दै महोत्स्व सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव सञ्चालन… पुरा पढौ