
पोखरा, ९ असार,
पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितलेकाठमाडौंमा एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड २०२६प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रञ्जितलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा फोटो पत्रकार रञ्जितलाई नगद ५० हजार रुपैयाँसहित अवार्डले सम्मान गरिएको हो । ‘समर्पणको सम्मान, उत्कृष्टताको उत्सव’भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रममा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको छ । काठमाडौंको ठमेलस्थित होटल अलोफ्टमा भएको कार्यक्रममा उत्कृष्ट खेलाडी (महिला÷पुरुष), उत्कृष्ट खेल संघ, पत्रकारिता अवार्डतर्फ छापा, भिडियो जर्नालिस्ट, अनलाइन मिडिया, बेष्ट क्यामेरापर्सनसहित खेलाडी, प्रशिक्षकलाई सम्मान गरिएको थियो ।





