समाचार

रंगरोगनले थप आकर्षण बन्दै बिशाल महादेव मुर्ति

त्यसै त हजारौं पर्यटकहरुलाई आकर्षण गरेको बिशाल महादेव (भुमेश्वर) को मुर्तिले अझ थप आकर्षण बनाउन रंगरोगन गर्न थालिएको छ । मुर्तिको केही भागमा फुर्सो त केही रंग खुइलिएको कारण शिव मुर्तिलाई सबैको थप आकर्षण बनाउन पनि हाल रंग रोगन गर्न लागिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं उक्त बिशाल महादेव मुर्ति निर्माण समितिका संयोजक समेत रहनु भएका चन्द्रकान्त बरालले बताउनु भयो । करिब १४ लाखको लागतमा महादेवको मुर्तिमा रंगरोगन हुने भएको छ भने करिब २ महिनासम्म त्यसको रंगरोगनको काम हुने… पुरा पढौ

उद्घाटन खेलमा बागलुङ माथि कास्कीको शान्दार जित 

पोखरा १९, पुष घरेलु मैदानमा कास्कीले बागलुङ माथि शान्दार जित हासिल गरेको छ । प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरिय क्रिकेट छनौटको विहिबार पोखरामा भएको छनौट प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले बागलुङ माथि १५३ को बिशाल रनको अन्तरले पराजित गर्दै शान्दार जित हासिल गरेको हो । ५० ओभर मध्य ४ ओभर घटाई ४६ ओभरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कास्कीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ६८ रन जोड्न सफल भयो । २ सय ६९ रनको लक्ष्य पाएको बागलुङले भने २४.१… पुरा पढौ

शनिबार साँझ पोखरामा ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ हुने

पोखरामा शनिबार साँझ पहिलोपटक आयोजना हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको छ । चङ्गा प्रोडक्सनको आयोजना, बाह्रसिङ्गेको मुख्य प्रायोजनमा यही पुस २१ गतेशनिबार (जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएकोप्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए । उनका अनुसार फेस्टिबलमा प्रजिना, जोन चाम्लिङ राई र स्रिजल विक्रम भण्डमारी (स्रेगो)ले विशेष प्रस्तुती दिनेछन् भने हुबाको टिमले फेसन शो प्रस्तुत गर्नेछ । निर्देशक गुरुङले हुबाको कोरियोग्राफीमा पोखराकै… पुरा पढौ

पोखराका १ का वडा बासीलाई निःशुल्क योगा र जुम्बा

पोखरा महानगरपालिका वडा नम्बर १ का स्थानियलाई हरेक शनिबार हप्तामा निःशुल्क योग शिविर तथा जुम्बा डान्स गराइने भएको छ । पोखरा महानगर १ वडा खेलकुद बिकास समितिको आयोजनामा पोखराको राष्ट्रिय मा. वि.को प्राङ्गणमा हरेक शनिबार योगा र जुम्बा कार्यक्रम हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । टुडिखेलमा आऔं खेलौं, स्वस्थ बनौ भन्ने नाराका साथ आगामी पुष २१ गते देखी पहिलो चरणको ६ महिनासम्मको लागि उक्त कार्यक्रम संचालन हुने तयारी भएको पोखरा महानगरपालिका वडा नम्बर १… पुरा पढौ

नश्ल सुधारको लागि स्याङ्बोचे, सोलुखुम्बुबाट पोखरा हुदै मुस्ताङ पुग्यो याक

दीननाथ बराल, पोखरा १८, पुष मुस्ताङमा याकको नश्ल सुधारका लागि स्याङ्बोचे, सोलुखुम्बुबाट एक साता लागेर याक (भाले) पोखरा हुदै मुस्ताङ पुर्याइएको छ । नश्ल सुधारका लागि नेपालको सरकारी एक मात्र याक अनुवांशिक स्रोत केन्द्र स्याङ्बोचे, सोलुखुम्बुबाट करिब प्रति याक २० हजार देखि २५ हजारमा खरिद गरि मुस्ताङ र मनाङ जिल्लाका कृषक, समूह÷समितिलाई गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय मार्फत १९ वटा याक वितरण गर्न पुर्याइएको निर्देशनालयका सूचना अधिकारी डा.सपनालक्ष्मी घिमिरेले बताउनु भयो ।… पुरा पढौ

सुर्य दर्शन ठगी प्रकरणःमहेन्द्र र अर्याल कारागार चलान

पोखरा १८, पुष पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका उनीहरु मङ्गलवार अदालतमा उपस्थित भएका थिए । कास्की जिल्ला अदालतले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मङ्गलवार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरामा गितेन्द्र… पुरा पढौ

लम्जुुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन

पोखरा, १८ पुस इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले लम्जुुङको राइनासकोटमा घरवास तथा व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । एगामा आवद्ध सदस्यहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको ७१ सदस्यीय टोलीले राइनासकोट सामुदायिक घरवास((होमस्टे) मा पुुगी घरवास तथा व्यवसायिक प्रवद्र्धन गरेको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले जानकारी दिनुुभयो । प्रवद्र्धनका क्रममा त्यहाँस्थित ऐतिहासिक मन्दिर, त्यहाँबाट देखिने सूूर्योदयको अवलोकनसँगै सरोकारवालाबीच अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा राइनासाकोट नागरपालिकाका प्रमुख खड्गबहादुर गुुरुङले पर्यटकीय रुपमा राइनासकोटको विकासका लागि… पुरा पढौ

पृथ्बी राजमार्ग बसको अग्रिम टिकट घरमै बसेर बुकिङ गर्न सकिने

दीननाथ बराल पोखरा १८, पुस पोखरा सहित नेपालको यातायात क्षेत्रमा ५ दशक आफ्नो यात्रा पूरा गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले यात्रुको सहजताको लागि घरमै बसेर अग्रिम टिकट बुकिङ गर्न सकिने व्यबस्था मिलाएको छ । समय अनुसार यात्रुलाई सहज र सरल सेवा सुविधा उपलब्ध गराउने उद्धेश्यले कम्पनीले आफ्नो बसहरुमा अनलाइनबाटै अग्रिम टिकट बुकिङ गर्न मिल्ने एप्प ल्याएको कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो । पृथ्वी बस डटकम डट एनपी (उचष्तजष्खष्दगक.अयm.लउ), पृथ्वी राजमार्ग… पुरा पढौ

ल्होछारमा आयोजित छेलोमा युवराज प्रथम

पोखरा, १७ पुस तमु जातिको महान पर्व, नयाँबर्ष मुप्ह«ी ल्हो तमु ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेका तीनदिने कार्यक्रम विविध कार्यक्रम गरी भव्यताको साथ सम्पन्न भएको छ। हि ल्होको विदाई र मुप्ह«ी ल्हो तमु ल्होछार कार्यक्रम अन्र्तगत आयोजित अन्तिम दिन पुस १६ गते आयोजित परम्परागत छेलो खेल प्रतियोगितामा पैयुखोला तमु समाजका युवराज गुरुङ विजेता र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता हुदै क्रमशः २५ हजार र १० हजार नगदसहित पुरस्कृत हुनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री, गण्डकी… पुरा पढौ

राखेपको भौतिक पूर्वाधार अध्ययनको टोली नवलपुरमा

पोखरा १७, पुष राष्ट्रिय खेलकुद परिषद हालै गठन गरेको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिको उक्त टोली हाल गण्डकी प्रदेशको नवलपुर जिज्लामा पुगेको छ । उक्त समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, समितिका सदस्य एवं साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका (नासु) डम्बर बहादुर (डिबी) नेपाली अर्को सदस्य एवं जिल्ला खेलकुद विकास समिति कास्कीका इन्जिनियर अनिल अधिकारी लगायतको सहभागिता रहेको थियो । टोलीले मंगलबार गैडाकोटमा रहेको खेल मैदान… पुरा पढौ

This will close in 20 seconds