समाचार

क्रिकेट रंगशाला र कभर्ड हल निर्माणको लागि उपयूक्त जग्गाको खोजीमा परिषद

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि उपयूक्त जग्गाको खोजीमा रहेको प्रदेश खेलकुद परिषद गण्डकीले अन्ततः जग्गा पाउने भएको छ । पोखरा महानगरपालिका वडा नं २९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिए संगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो । वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताएका छन् । उनले भनेका छन्–“कुनै न कुनै रुपले हामीले यो जग्गालाई संरक्षण… पुरा पढौ

कास्कीको मादी गाँउपालिकाको एक खोरका २ सय ८० वोयर जातका बाख्रा खाडलमा…

दीननाथ बराल कास्कीको गाउँपालिका वडा नम्बर १२ मा रहेको एक बाख्रा फार्मको २ सय ८० वटा बाख्रा खाडलमा गाड्न बाध्य हुनु भएको छ । मादीको लिपेयनीमा रहेको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका २ सय ८० बाख्रा मरे पछि त्यसको व्यबस्थापनको लागि आफ्नै बारीमा खाडल खनेर गाड्न बाध्य भएको फार्म सञ्चालक नारायण बरालले गुनासो गर्नु भयो। । पछिल्लो समयमा बाख्राहरुले घाँस, दाना, पानी नखाने, सिंगान बगाउने र ¥याल काट्न थालेपछि विस्तारै झोक्राउँदै मर्न थालेको संचालक बरालले बताउनु भयो । पुष देखि… पुरा पढौ

फेवा नव बर्ष महोत्सवको तयारी अन्तिम चरणमा, भारतीय पर्यटक पोखरामा उत्साहजनक

दीननाथ बराल नेपाली नयाँ बर्षको अवसरमा पोखरामा हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ मा ३ लाख दर्शक सहित पर्यटक भित्राउने लक्ष्य राखिएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा पोखरामा यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म ड्यामसाईड देखि लेकसाइडमा आयोजना हुने उक्त महोत्सवमा ३ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ बर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा चैत र… पुरा पढौ

शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर,मुस्ताबका लागि प्रस्थान गरे बाइकर

काठमाण्डौं १९, चैत काठमाडौं – मुस्ताङसम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिबद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥यालीसातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो ¥याली आज पोखराको सराबकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ ।त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ ।पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाईपोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा गण्डकीका… पुरा पढौ

राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता चैत २१ देखि पोखरामा हुने

पोखरामा हुने ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा हाल सम्मै सर्वाधिक पुरस्कार राशी घोषणा गरिएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाउने प्रतियोगिताकी टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज… पुरा पढौ

‘मानव बेचविखनको स्वरुप फेरिएको छ, अवस्था उस्तै छ’

सरोकारवालाहरुले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताएका छन् । पोखरा थिएटरमा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचविखनको स्वरुप फेरिएपनि अवस्था उस्तै रहेको बताएका हुन् । कार्यक्रममा शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङले मानव बेचविखनको स्वरुप र तरिका फेरिएपनि अवस्था उस्तै रहेको बताइन् । उनले होटल, स्पा, रेष्टुरेन्ट जस्ता कुरालाई व्यवस्थित तरिकाले लग्न नसक्दा समाजमा मानव बेचविखन विस्तार हुँदै गएको उल्लेख गरिन् । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले… पुरा पढौ

तीन महिने निःशुल्क कटाई सिलाई तालिम शुरु

पोखरा, १८ चैत व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना र पोखरा महानगरपालिका वडा नं १३ को समन्वयमा निःशुल्क कटाई सिलाई तालिम शुरु भएको छ । पोखरा १३ मा शुरु भएको तीन महिने ३९० कार्यघण्टा एड्भान्स तालिममा २० जना महिलाको सहभागिता रहेको छ ।महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्लेका अनुसार, यस आर्थिक वर्षमा विगतका आर्थिक वर्षमा भन्दा स्थानीय तहमा बढी कार्यक्रम गरिएको जानकारी दिनुभयो ।उहाँले आवश्यकतामा आधारीत भएर तालिमका कार्यक्रमहरु संचालन… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु

प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । परिषदमा आइतबार खेल संघहरु संग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको छ । परिषदले सबै खेल संघहरुलाई बैशाख भित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न भनेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै… पुरा पढौ

पोखरा महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध 

पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बिच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाहरूले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो ।  एसइई पश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम… पुरा पढौ

अघिल्लो सिटमा बस्नु भएकी यात्रु घटनाको बिषयमा के भन्नु हुन्छ त ! (भिडियो सहित)

दीननाथ बराल, आफ्नो परिक्षा सकेको समय त्यस माथि विदेशबाट आफ्ना बाबु स्वदेश आएको अवसरमा बाबा, आमा र भाइसंगै जिपमा पोखराबाट शल्यान तर्फ लागेका सोनिसा सुनार परिवारले आइतबार दोश्रो जीवन पाए सरी भएको छ । एउटै जिपमा सवार भएका १२ जना मध्य २ जनाले ज्यान गुमाउनु परेको अबस्थामा सोनिसा परिवार मध्यम घाइते भई उक्त दुर्घटनामा परी दोश्रो जीवन पाए सरी हुनु भएको छ । चालक नजिक अघिल्लो सिटमा बस्नु भएको सुनारले जिप बढी स्पीडमा रहेको तथा ओरालो र ट्रनिङमा विपरित साइडबाट… पुरा पढौ

This will close in 20 seconds