समाचार

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा ६ जना खेलाडी प्रि—क्वाटरफाइनलमा प्रबेश

पोखरा २१, माघ पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (आइतबार) भएको खेलबाट ६ जना खेलाडी प्रि—क्वाटर फाइनलमा प्रबेश गरेका छन्। अन्तिम १६ भित्र पर्ने खेलाडीहरुमा दिनेश भण्डारी, वाङ्गचुक तामङ्ग, नितेश खण्डेलवाल, आयुष गौतम, सरोज गौतम र राजन लामा रहेका छन्। आइतारको खेलमा काठमाण्डौंका निमा शेर्पालाई काठमाण्डौंकै दिनेश भण्डारीले ४—२ को सेटमा पराजित गरे । अर्को खेलमा काठमाण्डौंका वाङ्गचुक तामाङ्गले वुटवलका कुनल श्रेष्ठलाई ४—३ को सेटमा पन्छाए भने हेटौडाका नितेश खण्डेलवालले पोखराका रोमन शाहीलाई ४—० को सोझो सेटमा… पुरा पढौ

लामपाटाको अब्यबस्थित बसोबासलाई व्यबस्थित गर्नु राज्यको दाहित्व होः पूर्व अर्थमन्त्री बराल

डि.एन.बी.पोखरा २१, माघ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा (हेमजा) २५ स्थित लामपाटाको अब्यबस्थित बसोबासीलाई राज्यले व्यबस्थित पर्दै आधारभुत विकासका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । आइतबार लामपाटा सडकको उद्घाटन गर्दै पूर्व मन्त्री बरालले लामपाटा क्षेत्रको बसोबासलाई ब्यबस्थित पार्दै विकासको आधारभुत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । लामपाटा बासीहरु रैथाने भई सकेको दाबी गर्दै पूर्व मन्त्री बरालले उक्त क्षेत्रलाई अब नमुना बस्तीको रुपमा उज्यालो पाटनको रुपमा विकसित गर्न सुझाव दिनु भयो । नेकपा माओबादी… पुरा पढौ

बगर भाइखलक एट ए साइड भेट्रान फुटबलमा आयोजक को विजयी सुरुवात, प्रशिक्षक केसी सम्मानित

पोखरा २१ माघ बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक एट ए साइड फुटलब प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल… पुरा पढौ

साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा ः विभिन्न सामाजिक कार्य गर्दै

पोखरा २१, माघ पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोही अन्तर्गत आइतबारम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भयो । प्रमुख अतिथि वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता विद्यालयका पूर्व विद्यार्थी सलिल बराललाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने बताए । साथै… पुरा पढौ

कास्कीमा डिजिटल तालिम, महत्वकाक्षा आवश्यकता भन्दा बढी हुँदा सबै क्षेत्रमा समस्या भएको छः मन्त्री जुग्जाली

पोखरा २१, माघ नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । पत्रकार महासंघको सभाहलमा आयोजना गरिएको डिजिटल साक्षरता तालिम सोमबार सम्म चल्नेछ । तालिममा अधिवक्ता सन्तोष सिग्देलले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता एवम् गलत तथा भ्रामक सूचनाका विषयमा प्रशिक्षण दिँदैछन् । पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिममा पोखराका क्रियाशिल पत्रकारहरुको उपस्थिति छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली मगरले समाजमा नकरात्मक सूचना भन्दा सकरात्मक विषयलाई उठान गर्नुपर्ने आवश्यकतालाई… पुरा पढौ

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को

माघ २१, माघ, गण्डकी( यातायात क्षेत्रमा जकडिएर रहेका समस्या समाधानका लागि गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रूपमा अर्थ्याइएको छ । गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नियमावली बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । एक सय तीनवटा नियम र १३ परिच्छेद रहेको सो नियमावलीमा… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा आइतबार देखि तेश्रो चरणका खेलहरु हुने

पोखरा २१, माघ, पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज(आइतबार) देखि तेश्रो चरणका खेलहरु हुने भएकाछन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत शनिबार दोश्रो चरणका खेलहरु सकिएसंगै आइतबार देखि तेश्रो चरणका खेलहरु हुने भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो । शनिबार बिहान भएको दोश्रो चरणको खेलमा वुटवलका सांरग रानाले डिजेका पुजन दवाडीलाई, डिजेका निर्विक लामाले एफएसका आर्यन थापालाई, एएसका रोमन शाहीले पेप्सी कोलाका मिलन तामाङलाई,… पुरा पढौ

पुनहिल कपको उपाधि माछापुच्छ्रे र समीर सुनचाँदीलाई

पोखरा २०, माघ पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । माछापुच्छे्रले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट २५–१७ ले र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । माछापुच्छे्रले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र… पुरा पढौ

शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन पोखराका मेयर आचार्यको आग्रह

पोखरा, २० माघ, पोखरा महानगरका मेयर धनराज आचार्यले शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् । महानगरपालिका वडा नं ३३ भरतपोखरीको शिशुकल्याण माध्यमिक विद्यालयको आफ्नो ४६ औं वार्षिकोत्सव एवम् ४७ औं अभिभावक दिवसको प्रमुख आमन्त्रित ब्याक्तित्वका रूपमा बोल्दै उनले बिश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिए। गुरुहरुले शत प्रतिशत ज्ञान हस्तान्तरण गर्न उनले सुझाव दिए। भरतपोखरीको विकास आफ्नो कर्तव्य हो भन्दै मेयर आचार्यले आफूले सक्दो गरिरहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ वडा अध्यक्ष रामचन्द्र… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन महानगरका वडाहरुलाई मेयरको निर्देशन

पोखरा २०, माघ आगामी फागुन पाँच गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि शनिबार पोखरा महानगरपालिका सँग भएको छलफलको क्रममा पोखराका मेयर आचार्यले म्याराथनको रुटमा पर्ने वडाहरुमा रहेका बाधा–अवरोध हटाउँदै समग्र पोखरा महानगरवाशीलाई म्याराथनमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् । म्याराथनको संरक्षक समेत रहेको पोखरा महानगरले पोखरा अन्तर्राष्ट्रिय म्याराथन महानगरको इभेन्ट समेत भएकाले त्यसको… पुरा पढौ