समाचार

नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परी दुई बस त्रिशुलीमा

नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परी दुई वटा बस त्रिशुलीमा खसेको आशंका गरिएको छ । पृथ्बीराजमार्ग अन्र्तगत पर्ने सिमलतालमा शुक्रबार बिहान करिब साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले आशंका गरेको छ । वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बस र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा गरी ६५ जना यात्रु भएको हुन सक्ने प्रारम्भिक अध्ययन अनुसार उक्त बसहरु हाल वेपक्ता भएको प्रहरीले जनाएको छ । वेपक्ता बसको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । पानी परेकोले… पुरा पढौ

पोखराका ३ ठाँउमा पहिरोले पुरिदा ८ जनाको ज्यान गयो, २ वेपक्ता (नाम सहित)

दीननाथ बराल,पोखरा २८, असार, अविरल बर्षाका कारण गएराति पोखराका ३ ठाँउमा पहिरोले घर परिदा ८ जनाको मृत्यु भएको छ भने २ जना वेपक्ता हुनु भएको छ । पोखरामा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।पोखरा १९ पुरुन्चौरमा एकै घरका ७ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह््रबिसेमा एक जनाको पहिरोले पुरिएर मृत्यु भएको स्थानियले बताउनु भयो । त्यसै गरी पोखराको शिशुवा र पोखरा ३२ चैतपुर बाह््रबिसेमा एक एक जना… पुरा पढौ

कास्कीमा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु

दीननाथ बराल,पोखरा २८, असार, अविरल बर्षाका कारण कास्कीमा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका तुल बहादुर परिवार उहाँका छोरी ज्वाई अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो । उहाँका अनुसार कास्कीमा ३ ठाँउमा गएराति पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने २ जना वेपक्ता हुनु भएको छ । उक्त घटनाको थप जानकारी केही समय पश्चात हुने प्रहरीले पोखराक्लिकलाई… पुरा पढौ

पोखराको सेतीनदी किनारका स्थानिय अविरल बर्षामा सधै त्रसित (फोटो÷भिडियो)

दीननाथ बराल, पोखरा २७, असार, पोखराको मध्य भाग हुदै बग्ने गरेको सेती नदी किनारमा रहेका स्थानिय बासिहरु ठुलो बर्षा हुदाँ तथा अविरल बर्षा हुँदा सधै त्रसित हुने गर्नु भएको छ । पोखराको सेतीनदी किनारका बासिन्दा अविरल बर्षामा सधै त्रसित हुनु परेको स्थानियले बताउनु भयो । केही दिन देखि पोखरा क्षेत्रमा पनि परेको अविरल बर्षाले गर्दा पोखरा क्षेत्रका केही बस्ती नै पहिरेले बगाउन थालेको छ भने केही पहिरोको उच्च जोखिममा रहेको छ । पोखराको भूवनोट नै कमजोर भएको हुँदा यहाँ ठुलो… पुरा पढौ

राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सम्बन्धि यस अगाडिको मन्त्रिपरिषद् बैठकको निर्णय तत्काल लागु नगर्ने निर्णय

काठमाण्डौं २७, असार राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सम्बन्धि यस अगाडिको मन्त्रिपरिषद् बैठकको निर्णय तत्काल लागु नगर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनु भयो । त्ससै गरी सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८२ साल असार मसान्तसम्म… पुरा पढौ

अनेसासको केन्द्रीय समितिमा सर्वज्ञ वाग्ले

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको २०२४–२६ का लागि सम्पन्न निर्वाचनमा सर्वज्ञ वाग्ले ८५९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विमला निरौला ५९५ मतसहित उपविजेता भइन् ।समितिको वरिष्ठ उपाध्यक्षमा ९५४ मतसहित लालगोपाल सुवेदी विजयी हुँदा अर्का प्रत्यासी राजेन्द्र श्रेष्ठ ४८८ मतसहित उपविजेता भए । समितिको अमेरिका उपाध्यक्षमा सुदीपभद्र खनाल ८१८ मतसहित विजेता हुँदा प्रत्यासी महेश्वर पन्तले ६२२ मतसहित उपविजेतामा चित्त बुझाउन परेको छ । एसिया उपाध्यक्षमा नेपालबाट सरिता अर्याल ७४९ मतले निर्वाचित हुँदा दिनेशराज ज्ञवाली ६७५… पुरा पढौ

इनर ह्विल क्लब अफ अन्नपूर्णको पदस्थापन सम्पन्न

सामजिक क्षेत्रमा कृयाशिल संस्था इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।पोखरामा आयेजित एक कार्यक्रमका बीच पदस्थापन सम्पन्न भएको क्लबले जनाएको हो । कार्यक्रममा नवनिर्वाचित क्लबकी अध्यक्ष रेनु श्रेष्ठलाई पदस्थापन गराइएको छ । उनलाई क्लबकी निवर्तमान अध्यक्ष सरिता शर्माले पदस्थापना गराएकी हुन् । क्लबकी नवनिर्वाचत अध्यक्ष श्रेष्ठले क्लबले अघि सारेका योजनाहरु पुरा गर्न नवनिर्वाचित कार्यसमितिले योजनाबद्ध रुपमा कार्य गर्ने बताउँदै आफूले प्राप्त गरेको यो अवसरलाई अवसरको रुपमा मात्रै नलिई महिला र बालबालिकाको अधिकार… पुरा पढौ

गण्डकीका खेलाडीहरु पुरस्कृत हुँदै, मनाङ र मुस्ताङका खेलाडीहरु पदक विहिन

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए । सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न… पुरा पढौ

पोखरा १७ को वडा कार्यालयले एक आर्थिक वर्षमा ग¥यो साढे ५ करोड बढी राजस्व संकलन

पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुजिँगत खर्च गरेको छ । भने चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि वडाले ४ करोड ८ लाखको बजेट कार्यान्वयन गरेकोमा पुजिगततर्फ २ करोड ७७ लाख बजेटमा २ करोड ३२ लाख र चालु तर्फ १ करोड ८ लाख बजेट बिनियोजन गरेकोमा ८५ लाख ५० हजार खर्च भएको वडा सचिव प्रमिला सुवेदीले जानकारी दिइन् । वडाले सबैभन्दा धेरै रकम पूर्वाधार निर्माणमा खर्च गरेको छ । यसैगरी वडाले ५ करोड… पुरा पढौ

पोखराको स्क्वायर मोटर्समा टीभीएसको नयाँ शोरूम

दीननाथ बराल,पोखरा, असार २६, पोखराको स्क्वायर मोटर्स प्राइभेट लिमिटेडमा नयाँ टीभीएस शोरूम संचालनमा ल्याएको छ । जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा कास्की क्षेत्रको लागि आधिकारीक टिभिएसका दुई पाङग्रे सवारी साधनहरु बिक्रि वितरणको आधिकारीक बिक्रेताको रुपमा स्क्वायर मोटर्सले जिम्मा लिदै सोरुम संचालनमा ल्याएको हो । बुधबार पोखरामा आयोजित एक समारोहका बिच उक्त सोरुमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले पोखरालाई वातावरण मैत्रि सवारी साधनहरु संचालन गर्न महानगरले थालेको प्रयासमा उक्त अभियानले थप टेवा पुग्ने विश्वास… पुरा पढौ